Tuesday, 30 June 2020

प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालभित्रका शक्तिहरू लागिपरे : प्रम

असार १५, काठमाडौं ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालभित्रका शक्तिहरू लागिपरेको आरोप लगाउनु भएको छ । नेपालले आफ्नो अतिक्रमित भूमि समेटेर नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल शुरू भए पनि आफूलाई कमजोर नठान्न प्रधानमन्त्री ओलीले चेतावनी दिनु भएको छ ।

मदन भण्डारी फाउण्डेशनले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले आफ्ना लागि नभई देशका लागि काम गरेको बताउँदै राष्ट्रिय एकताको विषयलाई नेपालले आत्मसात् गरिसकेको स्पष्ट पार्नुभयो । उहाँले भारत र नेपालमा समेत भइरहेका कतिपय गतिविधिलाई संकेत गर्दै नेपालको राष्ट्रियता अरूले सोचे जस्तो कमजोर नभएको बताउनुभयो । ‘नेपालको राष्ट्रियता यति कमजोर छैन, नक्सा छापेबापत, संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले नसोचे पनि हुन्छ,’ उहाँले भन्नुभयो ।

नेपालले नक्सा जारी गरेपछि दिल्लीका सञ्चारमाध्यम र दूतावासको सक्रियता बढेको, भित्रभित्रै विभिन्न चलखेल भइरहेको र त्यसमा नेपालका केही नेता समेत लागेको आरोप प्रधानमन्त्री ओलीले लगाउनुभयो । चीनसँग पारवहन सम्झौता गरेपछि सरकार ढले पनि अहिले आप्mनो पार्टी पहिले जस्तो अल्पमतमा नरहेको उहाँको भनाइ थियो । आपूmले ‘नयाँ नक्सा जारी गरेपछि गाह्रो हुन्छ’ भनेको सुनेको भन्दै प्रधानमन्त्री ओलीले नेपालले १४६ वर्षसम्म उपभोग गरेको जमीन १९६२ देखि उपभोग गर्न नपाएको र ५८ वर्षदेखि खोसिएकोले आफ्नो जमीनको स्वामित्व लिनमात्र खोजिएको बताउनुभयो । उहाँले नेपालले अरूको जमीन अतिक्रमण गरेको नभई आफ्नै जमीन फिर्ता ल्याउन नक्सा जारी गरेकोले कुनै गल्ती नगरिएको धारणा राख्नुभयो ।

यसैबीच, मदन भण्डारीको सन्दर्भमा बोल्दै उहाँले नेपाली राजनीतिक परिवर्तनमा मदन भण्डारीको ठूलो योगदान रहेको चर्चा गर्नुभयो । भण्डारी सफल र चामत्कारिक व्यक्तित्व रहेको बताउँदै ओलीले उनका विचारको सैद्धान्तिक पूर्वाग्रही दृष्टिबाट विरोधका लागि विरोध गरे पनि उहाँले अघि सारेका मान्यताको विरोध गर्न त्यति सहज नभएको धारणा राख्नुभयो ।

facebook sharing button
twitter sharing button

साउन ७ गतेसम्म लकडाउनलाई निरन्तरता दिने सरकारको निर्णय उद्धार बाहेकका सबै हवाई उडान बन्द

असार १५, काठमाडौं । सरकारले अहिलेको लकडाउनको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराइले जानकारी दिए । 

सरकारले केन्द्रसँग समन्वय गरी प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाई र खुकुलो बनाउन सक्ने निर्णय गरेको उनले जानकारी दिए । मन्त्री भट्टराइका अनुसार उद्धार बाहेकका सबै हवाई उडान, सार्वजनिक सवारीका साधन तथा  विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् भने सरकारले तोकेका २० बाहेक अरू अन्तरराष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ । 

मन्त्री परिषद्को अघिल्लो निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यवसायिक रुपमा हुने सबै राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडानहरुमा असार २१ गते (५ जुलाई, २०२०) सम्मका लागि पुनः प्रतिबन्ध लगाएको थियो । प्राधिकरणको अनुमतिमा यो समयमा पनि उद्धार, मेडिकल कार्गो जस्ता उडानहरु भने हुने मन्त्री भट्टराइले जानकारी दिए । 

सरकारले सुरक्षा मापदण्ड पालना नभएको भन्दै सबैलाई सर्तक रहन  मास्क, सेनेटाइजरको प्रयोग तथा सामाजिक दूरी कायम गर्न पनि आग्रह गरेको उनले बताए । 

सरकारले झन्डै ३ महीनादेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्दै जेठ २८ गतेबाट गरी केही खुकलो बनाएको थियो । अघिल्लो मन्त्रिपरिषद्को बैठकले सरकारी तथा गैरसरकारी कार्यालय, बैंक वित्तीय संस्थाहरू, शैक्षिक संस्थाका कार्यालयहरू बिहान ८ बजेदेखि दिउँसो १ बजे र दिउँसो १ बजेबाट साँझ ६ बजेसम्म गरी दुई सिफटमा चलाउनुपर्ने निर्णय गरेको थियो । 

सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि साउन ७ सम्म बन्द नै रहनेछन् । रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टाइन बनाइएका बाहेकका होटलहरू बन्द नै रहने उनले बताए । मन्त्री भट्टराइका अनुसार अवस्थाको विश्लेषण गरी मोडालिटीको बारेमा पछि थप निर्णय हुनेछ ।

facebook sharing button
twitter sharing button
sharethis sharing button

लेखकद्वारा


Sunday, 21 June 2020

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पार्किङ क्षमता वृद्धि

असार ७, काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको पािर्कङ क्षमता वृृद्धि भएको छ । त्रिभुवन विमानस्थलमा दुई ओटा नयाँ पार्किङ वे’ थपिएसँगै नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलको पार्किङ क्षमतामा वृद्धि भएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रू. १ अर्ब ६ करोडको लागतमा विमानस्थलमा दुईओटा ‘पार्किङ वे’ निर्माणकार्य हालै सम्पन्न भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पहिलोपटक यस्तो पार्किङ वे निर्माण गरिएको हो ।  ‘रिमोट पर्किङ वे’ नाम दिइएका दुई अलग अलग पार्किङ वेको निर्माणले विमानस्थलको कन्जेशन हटाउन सघाउ पुग्ने नेपाल नागरिक उडड्यन प्राधिकरणले जानकारी दिएको छ । 

दुईमध्ये एउटा उत्तरपूर्वी क्षेत्रको पर्किङ वे गत वर्ष जेठ महीनादेखि नै सञ्चालनमा आइसकेको थियो भने दक्षिण तर्फको पार्किङ वे हालै सम्पन्न भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा प्राधिकरणले यी संरचना निर्माण गरेको हो । 

अन्तरराष्ट्रिय टर्मिनलमा नौओटा विमान मात्र पार्किङ गर्न मिल्ने क्षमता रहेकामा अब दुइओटा पार्किङ वे निर्माण सम्पन्न भएपछि १३ ओटा ठूला विमान पार्किङ गर्न सकिने छ ।

उत्तरपूर्व र दक्षिणतर्फका दुईओटै पार्किङ वेमा दुईओटा ठूला (वाइडबडी एयरबस) जहाज र तीनओटासम्म साना (एटीआर) जहाज पार्किङ गर्न सकिने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । रिमोर्ट पर्किङ वे सञ्चालनले विमानस्थलको कन्जेशन हटाउन तथा विमानस्थलमा आइपर्नसक्ने अन्य सुरक्षा चुनौती समाधान गर्न सहयोग पुग्ने नेपाल महाप्रबन्धक पोखरेलले बताए ।

‘पहिले हाम्रो विमान पार्किङ क्षमता कम थियो । जसले गर्दा कतिपय अवस्थामा विमानलाई आकाशमै होल्ड गर्नु पथ्यो । अब हामीसँग कम्तीमा पनि थप पाँच ओटासम्म विमान पार्किङ गर्न सक्ने क्षमता वृद्धि भएको छ,’ उनले भने । यसका साथै ग्राउन्डेड भएका जहाज पार्किङ गर्न तथा कतिपय आपतकापनि अवस्थामा पनि यसको उपयोग गर्न सकिने उनले बताए । 

विमानस्थलमा एउटामात्र धावनमार्ग तथा पर्याप्त पार्किङको अभावमा विमानस्थलमा ट्राफिक चाप बढी भएकोमा यसबाट ट्राफिक चाप व्यवस्थापन गर्न केही सहज हुने विमानस्थल विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले बताए । 

‘विमानस्थलमा नियमित बाहेक चार्टर उडान पनि हुने गर्छन् । नियमित सेड्युलका जहाज पार्किङमा भएको अवस्थामा चार्टर उडान हँुदा कहाँ राख्ने भन्ने समस्या हुन्थ्यो । अब यसले हामीलाई पक्कै सहयोग पुग्ने छ, केसीले भने । 

प्रधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार ‘रिमोट पार्किङ वे’ विमानस्थलको मुख्य पार्किङ वेभन्दा टाढा निर्माण गरिने वैकल्पिक पार्किङ वे हो । विमानमा बम विस्फोट वा आतंबकारी गतिविधिको शंका भए उक्त विमानलाई त्यो स्थलमा पार्किङ गर्ने गरिन्छ । अन्तरराष्ट्रिय विमानस्थलमा कुनै जोखिमपूर्ण विस्फोटक पदार्थ बोकेको वा अपहरणकारीले कब्जा गरेको जहाज अवतरण गराउन मुख्य पार्किङ क्षेत्रभन्दा केही पर रिमोट पार्किङ वे बनाइने गरिएको उनले जानकारी दिए ।  

यस्तै विमानस्थलमा भौतिक तथा मानवीय क्षति नपुगोस भन्नाका लागि तथा यसमा लगेर पार्किङ गरिने प्रवक्ता क्षेत्रीले जानकारी दिए । लकडाउन अघिसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३१ ओटा वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् । 

यस्तै आन्तरिकतर्फ १० हेलिकप्टरसहित २० ओटा वायुसेवा प्रदायक कम्पनीले सेवा दिने गरेका थिए । अहिले लकडाउनको कारण मेडिकल कार्गो, चार्टर तथा उद्धारको लागि हुने उडान उडान मात्र हुने गरेका छन् ।  

Thursday, 18 June 2020

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत रुपमा पारित

असार ४, काठमाडौं  । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभाबाट पनि सर्वसम्मत रुपमा पारित भएको छ ।

 संविधान संशोधन विधेयकमाथि  दफावार छलफल सकिएपछि मत विभाजनको आधारमा संविधान संशोधन विधेयक, २०७७ राष्ट्रिय सभाबाट पनि सर्वसम्मत रुपमा पारित भएको हो ।

 राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभामा तत्काल कायम रहको कुल सांसद संख्या मध्ये प्रस्तावको पक्षमा (हुन्छ भन्ने) ५७ मत प्रस्तावको विपपक्षमा अर्थात (हुन्न भन्ने) मा शुन्य मत र मत दिन्न भन्ने पक्षमा शून्य मत परेकाले राष्ट्रिय सभाबाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ राष्ट्रिय सभाबाट पनि सर्वसम्मत रुपमा पारित भएको घोषणा गरे ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि नयाँ नक्साअनुसार, निशान छाप परिमार्जन गर्न संविधान संशोधन विधेयक ल्याइएको थियो । राष्ट्रिय सभामा कानुनमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

राष्ट्रिय सभामा विधेयकमाथि दफावार छलफलमा बोल्दै सांसदहरुले ऐतिहासिक तथ्य र प्रमाणको आधारका कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएको भन्दै भारतलाई अतिक्रमित भूमीबाट आफ्ना सैनिक फिर्ता लैजान आग्रह गरेका छन् ।  उनीहरुले भारतलाई तथ्य र प्रमाणका आधारमा वाताृको टेबुलमा बस्न भारतलाई आग्रह गरे ।   

प्रतिनिधि सभाले गत शनिवार नेपालको  संविधानको (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले पारित गरेको थियो । प्रतिनिधि सभामा भएको मतदानमा संशोधन विधेयकको पक्षमा उपस्थित सबै २५८ सांसदको मत खसेको थियो ।

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी भएपछि सरकारको निशान छापमा यो नक्सालाई समावेश गर्न संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा संसद्मा सबै राजनीतिक दलबीच अभूतपूर्व एकता सहित दुबै सदनबाट पारित भएको छ ।

सत्तारूढ दलका अतिरिक्त प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत दल संशोधनको पक्षमा उभिँदा दुई तिहाइ बहुमतले संशोधन विधेयक पारित भएको थियो  । दुवै सदनबाट पारित नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ भएपछि प्रमाणिकरण गरी राष्ट्रपतिबाट अनुमोदन भएसँगै लागू हुनेछ । नेपालको दुवै सदनले सर्वसम्मत रुपमा पारित गरेपछि भारतलाई नेपालसँग वार्ताको लागि दबाब पर्ने परराष्ट्रविदहरुको धारणा छ ।

भारतले विवादित कालापानी क्षेत्रमा सडक उद्घाटन गरेपछि सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको थियो । नयाँ नक्सालाई निशान छापभित्रको नक्सामा राख्न सविधान सशोधन विधेयक जेठ ९ गते प्रतिनिधि सभामा दर्ता भएको थियो भने जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत गरिएको थियो । 

Monday, 15 June 2020

राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडानहरुमा असार २१ गते ( ५ जुलाई, २०२०) सम्मका लागि पुन : प्रतिबन्ध

जेठ ३२, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले व्यवसायिक रुपमा हुने सबै राष्ट्रिय तथा अन्तरराष्ट्रिय उडानहरुमा असार २१ गते ( ५ जुलाई, २०२०) सम्मका लागि पुन : प्रतिबन्ध लगाएको छ । 

प्राधिकरणले आइतवार सूचना जारी गर्दै जारी प्रतिबन्धको समय बढाएको हो । तर प्राधिकिकरणको अनुमतिमा यो समयमा पनि उद्धार, मेडिकल कार्गो जस्ता उडानहरु भने हुने प्राधिकरणले जानकारी दिएको छ ।

गत बिहीवार बसको मन्त्रिपरिषद् बैठकले झन्डै ३ महीनादेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गरी विभिन्न क्षेत्रमा लकडाउन खुकुलो बनाएपनि व्यवसायिक हवाई उडानलाई बन्द नै गर्ने निर्णय गरेकोले सोही निर्णयका आधारमा समय थप गरिएको प्राधिकरणका महानिर्देशक राजन कुमार पोखरेलले जानकारी दिए । 

सरकारले गरेको निर्णय अनुसार २१ दिनको लागि यो व्यवस्था लागू गरिएको र त्यसपछिको परिस्थिती अनुसार थप निर्णय हुने उनले बताए । 

‘सरकारले पछिल्लो पटक लकडाउन खुकेलो बनाउँँदा आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरु तत्काल नखुल्ने गरी पहिलो चरणमा मोडालिटी परिवर्तन गरेकोले प्राधिकरणले सोही अनुसार समय थप गरेको हो । 

यो बीचमा उद्धार तथा मेडिकल कार्गो जस्ता अत्यावश्यक उडानको लागि अनुमति लिएर उडान गर्न भने रोकिदैनन्’ उनले भने । गत बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले अन्य विभिन्न क्षेत्रमा लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । 

‘निजीलाई कोरोना परीक्षणको अनुमति अव्यावहारिक’

काठमाडौं । सरकारले निजी प्रयोगशालाहरूलाई पनि कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न दिने भनी गरेको निर्णय अव्यावहारिक भएको निजीक्षेत्रको भनाइ छ । सरकारले जम्मा गरेकै स्वाब निजी प्रयोगशालामा जाँच्न दिनु गलत भएको जनस्वास्थ्यविद्ले बताएका छन् ।

सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिने निर्णय गरेको हो । संकलित नमूनाहरू प्रक्रिया पूरा गरी निजी प्रयोगशालाहरूलाई पनि जाँच्न दिइने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आइतवारको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.गौतमले पीसीआर टेस्टका लागि संकलन भएका नमूना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने निर्णय भएको बताए । त्यसरी परीक्षण गर्दा लाग्ने खर्च सरकारले नै बेहोर्ने डा. गौतमले बताए । मन्त्रालयले परीक्षणका लागि ५ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
सरकारको निर्णयअनुसार सरकारले संकलन गरेका स्वाबका नमूना मात्र निजी प्रयोगशालाले परीक्षण गर्न पाउनेछन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नौओटा निजी प्रयोगशालाले परीक्षणका लागि आवदेन दिए पनि सरकारले हालसम्म कुनै पनि निजी प्रयोगशालालाई परीक्षण अनुमति भने दिएको छैन ।

सरकारले निजी प्रयोगशालालाई पनि कोरोना परीक्षणको अनुमति दिने निर्णय गरे पनि यो निर्णय अव्यावहारिक र अपरिपक्व भएको निजी प्रयोगशालाका सञ्चालकसमेत रहेका जनस्वास्थ्यविज्ञ डा.समीरमणि दीक्षितले बताए । सरकारले निजी प्रयोगशाला सञ्चालकहरूले निवेदन दिएको ३ महीनासम्म पनि ठोस निर्णय गर्न नसकेको र अहिले भनिएका प्रावधानले कोरोना प्ररिक्षण गर्न गाह्रो हुने बताए । ‘सरकारले अहिलेसम्म कति प्रयोगशालालाई अनुमति दिने भन्ने निर्णय गर्न सकेको छैन । अर्को सरकारी प्रयोगशालाले संकलन गरेको नमूनामात्र निजीलाई परीक्षणका लागि दिने भनेपछि मापदण्ड पूरा भए पनि निजी प्रयोगशालामा सबैले स्वेच्छाले परीक्षण गर्छु भन्दा नपाउने भयो । त्यसैले यो निर्णय अपरिपक्व छ,’ उनले भने ।

डा. दीक्षितका अनुसार निश्चित रकम लिएर निजी प्रयोगशालालाई परीक्षण गर्न दिनुपर्छ । जसले रकम तिरेर गर्न सक्छ ऊ आपैm गर्छ । नसक्नेलाई सरकारले निःशुल्क नै गर्छ । यसो गर्दा परीक्षणको दायरा पनि बढ्ने उनको धारणा छ । अहिले नै परीक्षण गर्न हजारौं नमूना बाँकी रहेकाले निजीक्षेत्रलाई नमूना दिँदा पनि सरकारी निकायले कसरी दिने भन्ने नै अन्योल देखिएको उनले बताए ।

नेपालमा आइतवारसम्म कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा गरी आइतवारमात्रै ४२५ जना कोरोना संक्रमित थपिएका छन् । यसैगरी आइतवारसम्म कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएकोे छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हालसम्म ९७४ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

विदेशबाट बैंकिङ प्रणालीबाट आउने लगानीलाई सहजता प्रदान गर्न सीएनआईको माग

असार १, काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)ले स्वघोषणा गरेर विदेशबाट बैंकिङ प्रणाली मार्फत नेपालमा आउने लगानीलाई सहजता प्रदान गर्न सरकारलाई सुझाव दिएको छ । 

परिसंघले उद्योग व्यवसाय विस्तार गर्न, स्वदेशी लगानीकर्तालाई उत्साहीत गर्न र विदेशी लगानी भित्र्याउनको लागि सघाउ पुर्‍याउने उद्देश्यले आर्थिक, उद्योग–व्यवसाय सम्बन्धि विद्यमान कानूनमा रहेका झन्झटिला र असहज व्यवस्थाहरुलाई संशोधन/खारेज/निलम्बन गरी लगानीको वातावरण सृजना गर्न पनि सरकासँग आग्रह गरेको छ । 

आर्थिक क्षेत्र चलायमान बनाई लगानी आकर्षित गर्न विद्यमान कानूनमा भएका व्यवस्थाहरुलाई सुधार गरी सरकारको तर्फबाट छिटो छरितो रुपबाट लगानीको वातावरण बनाउन यस्तो सुझाव दिइएको सीएनआइले जानकारी दिएको छ । 

परिसंघका अध्यक्ष शतिष मोर सहितको प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवं (कोभिड–१९) नियन्त्रण उच्चस्तरिय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई भेटेर (कोभिड–१९) बाट लकडाउनका कारण उद्योग व्यवसाय सञ्चालनमा कठिनाई र आर्थिक गतिबिधि चलायमान बनाउन विभिन्न सुझाव दिएको थियो । 

परिसंघले ईआईए र आईईईको सम्बन्धमा विद्यमान व्यवस्था, उद्योगको लागि भूमिमा लगाईएको हदवन्दी र उद्योगको वन क्षेत्रको भोगाधिकार सम्बन्धी व्यवस्थामा सुधार गर्न पनि सुझाव दिएको परिसंघका अध्यक्ष सतिश मोरले जानकारी दिए । 

‘हामीले सरकारलाई पहिले पनि अप्रासांगिक नियम कानूनहरुको संशोधन÷खारेज तथा निलम्बन गरी लगानीको वातावरण सृजना गर्न माग गरेका थियौं उनले भने अहिले कोरोनाको संकटकै समयमा उच्चस्तरिय समितिले विद्यमान ऐन कानूनमा तत्काल सुधारका उपायबारे सुझाव दिन परिसंघलाई आग्रह गरे बमोजिम सुझाव पेश गरेका छौं । लगानीको वातावारण बनाउने हो भने यी सुझाव लागू गर्नु पर्छ ।’ 

परिसंघले औद्योगिक वातावरण सृजना गर्नको लागि उद्योग दर्ता प्रकृयामा विद्यमान अवस्थामा रहेको झन्झटिलो प्रकृया हटाई उद्योग विभागबाट तीन दिन भित्रमा स्वीकृतिको प्रकृया सकिनु पर्ने, लगानी बोर्डबाट गरिनु पर्ने सम्पूर्ण निर्णय १५ दिन भित्रमा गसिक्नुपर्ने प्रावधान ल्याउन आग्रह पनि गरेको छ । 

अध्यक्ष मोरका अनुसार विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई समेत पूँजी बजारमा लगानी गर्ने वातावरण तयार गर्न, स्वदेशी उद्योगी व्यवसायीहरुलाई विभिन्न क्षेत्रमा अवसर प्रदान गर्ने नीति अवलम्बन गर्दै ग्लोबल टेण्डरको न्यूनतम सीमा रू. एक सय करोड रहेकोमा त्यसलाई बढाएर रू. तीन सय करोड गर्र्नु सुझाव दिइएको छ । 

त्यसैगरी आन्तरिक पूँजीलाई प्रोत्साहन गर्नको लागि कम्तिमा पाँच वर्षको समय तोकी महिला तथा वालवालिकाको नाममा बैंकमा जम्मा हुने रू. १५ लाख सम्मको निक्षेप सहज माध्यमबाट बैंकसम्म ल्याउने व्यवस्था मिलाउनु पन,सरकारले विशेष प्रकारको दीर्घकालीन बोण्ड जारी गर्ने र सो बोण्डमा गरिने लगानीलाई सहज गरिनु पर्ने, सो बोण्ड विदेशीले समेत खरीद गर्न पाउने व्यवस्था गरिनु पर्ने परिसंघको सुझाव रहको उनले बताए । 

उपप्रधानमन्त्री पोखरेलले परिसंघको सुझावलाई सकारात्मकरुपमा लिई छलफलको माध्यमबाट कार्यान्वयमा जाने धारणा व्यक्त गरेको अध्यक्ष मोरले जानकारी दिए । सरकार पनि औद्योगिक वातावरण तयार गरी रोजगारीका क्षेत्रहरु सृजना गर्न चाहन्छ भने त्यो वातावरण बनाएर अघि बढ्नु पर्ने मोरले बताए । सरकारले गत महीना व्यवसायीहरुलाई सुझाव पेश गर्न आग्रह गरेको थियो । 

Saturday, 13 June 2020

राष्ट्रियताको पक्षमा देश एक ढिक्का : संविधान संशोधनले भारतलाई वार्तामा बस्न दबाब

जेठ ३१, काठमाडौं । परराष्ट्र विज्ञहरुले नेपालले जारी गरेको नयाँ नक्सा र संविधान संशोधनले नेपाल राष्ट्रियताको पक्षमा एक ढिक्का भएको र यसले भारतलाई वार्तामा बस्न दबाब पर्ने प्रतिक्रिया दिएका छन् । 
शनिवार प्रतिनिधिसभाले दुई तिहाईभन्दा बढि मतबाट नेपालको संविधान (दोस्रो संशोधन) विधयेक २०७७ पारित गरेपछि आर्थिक अभियानसँग कुरा गर्दै विज्ञहरुले अब नक्सा जारी भएको र प्रमाणका आधारमा अतिक्रमित भूमी फिर्ता लिन तत्काल पहल थाल्न सरकालाई आग्रह गरे । 
उनीहरुले नेपालले पटक पटक वार्ताको आग्रह गर्दा पनि भारत असल छिमेकीको रुपमा जिम्मेवार ढंगले प्रस्तुत हुन नसकेको र सहज वार्ताको मौका गुमाएको भन्दै भारतकै कारण नेपालले नयाँ नक्सा सार्वजनिक गर्न बाध्य भएको बताए । 
पूर्व राजदूत एवं परराष्ट्रविज्ञ हिरण्यलाल श्रेष्ठले प्रतिनिधिसभाबाट संविधान सशोधन विधयेक पारित भएकोले अब तत्काल राजनीतिक, कूटनीतिक र आवश्यक परे सैन्य कूटनीति प्रयोग गरेर भएपनि सीमा फिर्ता लिनु पर्ने बताए । उनले नेपाल दुवै छिमेकीको सुरक्षा स्वार्थमा प्रयोग नहुने कुरा स्पष्ट पार्दै अब भारतलाई प्रमाणको आधारमा नेपाली भूमी छोडेर जाने वातावरण सिर्जना गर्नु पर्ने बताए ।  
उनले नेपालले आफ्नो भूभाग फिर्ता ल्याउन गरेको यो निर्णयले उनीहरुलाई राजनीतिक र कूटनीतिक दबाब पर्ने बताउँदै भारतसँग राजनीतिक, कूटनीतिक तथा आवश्यक परे सैन्य कूटनीति समेत प्रयोग गरेर तत्काल वार्ता गर्नु पर्नेमा जोड दिए । 
यस्तै पूर्व राजदूत दीपकुमार उपाध्यायले पनि शान्त कूटनीतिको माध्यमबाट भारतलाई वार्तामा बसालेर उनीहरलाई कालापानी क्षेत्रबाट बर्हिगमन गराउनु पर्ने प्रतिक्रिया दिए । हामी दुवै देशको राष्ट्रिय सुरक्षा चासोमा आफ्नो भूमी प्रयोग गर्न नदिने कुरा आश्वस्त पार्दै वार्ताका माध्यमबाट समस्या समाधानको उपाय खोज्नु पर्ने बताए । 
उपाध्यायले भारतले आफू असल छिमेकी भएको प्रमाणित गर्न पनि सहज ढंगले वार्तामा बसेर प्रमाणका आधारमा टुङ्गोमा पुग्नुको विकल्प नभएको बताए । 
प्रतिनिधिसभाको शनिवारको बैठकले नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले पारित गरेको हो । संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लागि संसदमा मतदान हँुदा संविधान संशोधनका लागि भएको मतदानमा २५८ मत खसेको थियो । 
‘संविधान संशोधनका लागि भएको मतदानमा २५८ मत खसेकोमा पक्षमा सबै २५८, हुन्न भन्ने पक्षमा शून्य र दिन्न भन्ने पक्षमा शून्य मत रहकाले २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको’ सभामुख अग्नि सापकोटाले घोषणा गरे । 
संसदमा सहभागी समाजवादी पार्टीकी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन् । उनले राखेको संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरिदिएपछि उनी प्रतिनिधि सभाको बैठक बहिष्कार गरेर बाहिरिएकी थिइन् । सरकारले ल्याएको संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा नेपाल, समाजवादी पार्टी, राप्रपा, जनमोर्चा र नेमकिपाले मतदान गरेका हुन् । 
सरकारले वास्तविक भूमि अनुसारको नेपालको नक्सा निशान छापमा समेट्न संविधान संशोधन विधेयक ल्याएको थियो । संविधानको धारा ९ को उपधारा २ अनुसारको अनुसूची ३ मा नेपालको निशान छाप रहेको छ । उक्त निशान छापमा भएको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्र समावेश थिएन । 
सरकारले उक्त क्षेत्रहरु समेटेर गत जेठ ७ गते नयाँ नक्सा जारी गरेको थियो भने जेठ १८ गते प्रतिनिधि सभामा नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पेश गरेको थियो । अब राष्ट्रियसभाबाट पनि यो विधयेक पारित भएर राष्ट्रपतिबाट लालमोहर लागू भएसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ ।
भारतले नेपाललाई वेवास्ता गर्दै गर्दा नेपालका राजनीतिक दल एकठाउँमा उभिएर राष्ट्रिय एकता प्रर्दशन गर्दै संविधान संशोधन विधयेक पारित गरेका छन् । संविधान संशोधनको दफावार छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक तथ्यका आधारमा काली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको बताउँदै संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन रहेको बताएका थिए । कांगे्रसले केन्द्रीय समिति र संसदीय दलको बैठकले संशोधनको पक्षमा पूर्ण समर्थन गर्ने निर्णय गरेको थियो ।  
यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद पुष्पकमल दाहाल प्रचण्डले नेपालको राष्ट्रिय स्वाधिनता र भौगोलक एकतालाई सुदृढ गर्ने समय आएको उल्लेख गर्दै नेपालको स्वाधिनता र राष्ट्रियताका सवालमा सबै दल एक भएको बताए । 
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानका बारेमा आफूहरुका केही असहमति रहेपनि राष्ट्रियताको सवालमा आफूहरु एकै ठाउँमा रहेको बताए । सुगौली सन्धी अनुसार महाकाली पश्चिमको भूमि भारतको भनेपनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा राष्ट्रघाती महाकाली सन्धीमा उल्लेख  गरिएकोले महाकाली सन्धी गर्नेहरुले माफी माग्नुपर्ने जिकिर गरे । 
यस्तै जनता समाजवादीकै अर्का नेता राजेन्द्र महतोले पनि राष्ट्रियताको सवालमा मधेशी जनतामाथी सधै प्रश्न उठाउने गरेपनि वास्तविक सीमा रक्षक मधेशी जनता भएको बताए । महतोले महाकाली सन्धिलाई राष्ट्रघातको संज्ञा दिँदै त्यो सन्धी गर्नेहरुलाई टुडिखेलमा झुण्ड्याउनु पर्ने माग राखे । 
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्गदेनले संविधानका केही वस्तु र संविधान संशोधनको दफाबार छलफलका क्रममा नेकपा अध्यक्ष तथा सांसद प्रचण्डले राजतन्त्रले गुमाएको भूमी गणतान्त्रिक सरकारले फिर्ता गराउको भन्ने अभिव्यक्ति प्रति आपत्ती जनाए । संसदमा बोल्ने अन्य विभिन्न सांसदहरले नक्सा अनुसार अतिक्रमित भूमी फिर्ताको पहल गर्न सरकारलाई आग्रह गरे । प्रतिनिधी सभाबाट पारित विधयेक राष्ट्रिय सभाबाट भने पारित हुन बाँकी छ । 

प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक सर्वसम्मत अनुमोदन

काठमाडौ । प्रतिनिधिसभाले नेपालको  संविधानको (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले पारित गरेको छ । संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि शनिवार संविधान संशोधनका लागि भएको मतदानमा संशोधन विधेयकको पक्षमा प्रतिनिधिसभामा उपस्थित सबै २५८ सांसदको मत खसेको थियो ।
कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी भएपछि सरकारको निशान छापमा यो नक्सालाई समावेश गर्न संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा संसद्मा रहेका सबै राजनीतिक दलबीच अभूतपूर्व एकता देखियो ।
सत्तारूढ दलका अतिरिक्त प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत दल संशोधनको पक्षमा उभिँदा दुई तिहाइ बहुमतले संशोधन विधेयक पारित भएको हो ।
‘संविधान संशोधनका लागि भएको मतदानमा २५८ मत खसेकोमा पक्षमा सबै २५८, हुन्न भन्ने पक्षमा शून्य र दिन्न भन्ने पक्षमा शून्य मत रहकाले २७५ सदस्यीय संसद्मा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाइभन्दा बढी मतले पारित भएको’ प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले घोषणा गरे ।
संसद्मा सहभागी सांसद सरिता गिरी भने मत विभाजन प्रक्रियामा सहभागी भइनन् । उनले राखेको संशोधन प्रस्ताव सभामुख सापकोटाले अस्वीकृत गरिदिएपछि उनी प्रतिनिधिसभाको बैठकबाटै बाहिरिएकी थिइन् ।
भारतले विवादित कालापानी क्षेत्रमा सडक उद्घाटन गरेपछि सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेको थियो । नयाँ नक्सालाई निशान छापभित्रको नक्सामा राख्न सविधान सशोधन विधेयक जेठ ९ गते प्रतिनिधिसभामा दर्ता भएको थियो भने जेठ १९ गते प्रतिनिधिसभामा प्रस्तुत गरिएको थियो । अब राष्ट्रिय सभाबाट पनि यो पारित भएर राष्ट्रपतिबाट लालमोहर लागेसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ ।
संविधान संशोधन विधेयक पारित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादका विषयमा भारतसँग वार्ता अघि बढ्ने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले भारतसँग वार्ता अगाडि बढाइने बताउनुभएको हो । ‘राष्ट्रियता र भौगोलिक अखण्डताको पक्षमा यो बहुत राम्रो कुरा हो । केही साथी अनुपस्थित हुनु बेग्लै कुरा हो
विपक्षमा कोही छैनन् । सिंगो देश एकजुट भएको छ, उहाँले भन्नुभयो, ‘अब छिट्टै वार्ता हुनेछ ।’ भारतले गतवर्ष आप्mनो नयाँ नक्सा जारी गर्दा नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको भूभागलाई समेत आफ्नो नक्सामा समेटेको थियो । 
गत वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको कालापानी, लिपुलेक हुँदै चीनको मानसरोवर जोड्ने सडकको उद्घाटन गरेपछि त्यसको चर्को विरोध नेपालमा भयो । त्यसलगत्तै नेपाल सरकारले भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर कूटनीतिक नोट थमाएको थियो । नेपालले सीमा विवादका बारेमा वार्ता गर्न राखेको प्रस्ताव भारतले कोरोना महामारीको कारण देखाउँदै टार्दै आएको थियो । यद्यपि यही समयमा भारतले चीनसँग सीमा विवादका बारेमा वार्ता गरेको छ ।
राष्ट्रियताको पक्षमा अभूतपूर्व एकता
आन्तरिक मुद्दामा असहमति भए पनि संसद्मा रहेका सबै दलले राष्ट्रियतको पक्षमा शनिवार एकता देखाए । विधेयकमाथिको दफावार छलफलमा बोल्ने सबै शीर्ष नेता संशोधनको पक्षमा देखिए ।
सत्तारूढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक एकतालाई सुदृढ गर्ने समय आएको उल्लेख गर्दै नेपालको स्वाधीनता र राष्ट्रियताका सवालमा सबै दल एक भएको बताए । ‘राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउन लागेको छ,’ उनले भने । भारतलाई अप्ठ्यारोमा पार्न यो विधेयक नल्याएको बताउँदै दाहालले नेपाली जनताको भावनालाई बुझ्न भारतलाई आग्रहसमेत गरे ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ऐतिहासिक तथ्यका आधारमा काली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेको बताउँदै संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन रहेको बताए । कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकले संशोधनको पक्षमा पूर्ण समर्थन गर्ने निर्णय गरेको थियो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानका बारेमा आफूहरूका केही असहमति रहे पनि राष्ट्रियताको सवालमा आफूहरू एकै ठाउँमा रहेको बताए । उनले मधेशीहरूलाई सधैं राष्ट्रियताको सवालमा प्रश्न उठाउने गरेको गुनासो गर्दै सुगौली सन्धिभन्दा पछाडि हटेर गरिएको महाकाली सन्धिमा राष्ट्रघात भएको बताए । सुगौली सन्धिअनुसार महाकाली पश्चिमको भूमि भारतको भने पनि महाकाली नदीको भूभाग नै सीमा भएको कुरा राष्ट्रघाती महाकाली सन्धिमा उल्लेख गरिएकाले महाकाली सन्धि गर्नेहरूले माफी माग्नुपर्ने जिकीर गरे ।
जनता समाजवादीकै अर्का नेता राजेन्द्र महतोले पनि राष्ट्रियताको सवालमा मधेशी जनतामाथि सधैं प्रश्न उठाउने गरे पनि वास्तविक सीमारक्षक मधेशी जनता भएको बताए । उनले नक्साले मात्रै गुमेको भूमि फिर्ता नआउने भएकाले अविलम्ब भारतसँग वार्ता गर्न सरकारलाई सुझाव दिए । महतोले संविधानका कतिपय विषयमा आफ्ना असहमति जारी रहे पनि राष्ट्रियताको सवालमा समाजवादी पार्टी संसद्मा संविधान संशोधनको पक्षमा रहेको बताए ।
अबको बाटो कूटनीतिक वार्ता
परराष्ट्रविद्हरूले अब सरकारले भारतसँग सीमा विवाद सुल्झाउन वार्ता अगाडि बढाउनुपर्ने बताएका छन् । पूर्वराजदूत एवम् परराष्ट्रविज्ञ हिरण्यलाल श्रेष्ठले प्रतिनिधिसभाबाट संविधान संशोधन विधयेक पारित भएकाले अब तत्काल राजनीतिक, कूटनीतिक र आवश्यक परे सैन्य कूटनीति प्रयोग गरेर भए पनि सीमा फिर्ता लिनुपर्ने बताए ।
उनले नेपाल दुवै छिमेकीको सुरक्षा स्वार्थमा प्रयोग नहुने कुरा स्पष्ट पार्दै अब भारतलाई प्रमाणका आधारमा नेपाली भूमि छोडेर जाने वातावरण सृजना गर्नुपर्ने प्रतिक्रिया दिए । त्यस्तै भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले पनि शान्त कूटनीतिको माध्यमबाट भारतलाई वार्तामा बसालेर कालापानी क्षेत्रबाट बर्हिगमन गराउनुपर्ने बताए । ‘हामीले दुवै देशको राष्ट्रिय सुरक्षा चासोमा आफ्नो भूमि प्रयोग गर्न नदिने कुरामा आश्वस्त पार्दै वार्ताका माध्यमबाट समस्या समाधानको उपाय खोज्नुपर्छ,’ उनले भने ।
समझदारीको उल्लङ्घन : भारत
नेपालको संविधान संशोधनले सीमा विवादलाई वार्ताबाट हल गर्ने समझदारीको उल्लंघन भएको प्रतिक्रिया भारतले दिएको छ । प्रतिनिधिसभाले दुई तिहाइबाट संविधान संशोधन गरेपछि भारतीय विदेश मन्त्रालयका तर्फबाट आएको प्रतिक्रियामा भारतले शनिवार गरिएको संविधान संशोधनप्रति असहमति व्यक्त गरेको छ ।
‘नेपालको संसद्ले भारतको भूभाग समावेश गरिएको नयाँ नक्साका लागि संविधान संशोधन विधेयक पारित भएको घटनालाई हामीले चासोका साथ हेरेका छौं र यसले दुवै देशबीच सीमासम्बन्धी विवादित मुद्दालाई वार्ताद्वारा सुल्झाउने समझदारीको उल्लंघन भएको छ,’ विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘कृत्रिम तरीकाले भूभागको विस्तार ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएकाले उक्त नक्सा मान्य नभएको’ समेत भारतले बताएको छ ।

राष्ट्रियताको पक्षमा देश एक ढिक्का : संविधान संशोधनले भारतलाई वार्तामा बस्न दबाब 

राष्ट्रियताको पक्षमा देश एक ढिक्का : संविधान संशोधनले भारतलाई वार्तामा बस्न दबाब 

राष्ट्रियताको पक्षमा देश एक ढिक्का : संविधान संशोधनले भारतलाई वार्तामा बस्न दबाब 

राष्ट्रियताको पक्षमा देश एक ढिक्का : संविधान संशोधनले भारतलाई वार्तामा बस्न दबाब 

Thursday, 11 June 2020

८० दिनपछि लकडाउनको मोडालिटी परिवर्तन

जेठ २९, काठमाडौं  । सरकारले झण्डै तीन महीनादेखि जारी लकडाउनको मोडालिटी परिवर्तन गरी खुकुलो बनाएको छ । 
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार राती बसेको बैठकले मोडालिटी परिवर्तन गर्दै स्वास्थ्य सुरक्षाका आधारभूत मान्यता परिपालन गर्ने गरी विभिन्न क्षेत्रमा लगाएको प्रतिवन्ध खुकुलो बनाउने निर्णय गरेको हो । 
गत चैत ११ गते शुरुमा एकसाताका लागि लकडाउन घोषणा गरेको सरकारले पटक– पटक समय थप्दै जेठ ३२ गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो । लकडाउनको समय बढ्दै जनजीवन कस्टकर हुँदै जाँदा विज्ञ तथा निजी क्षेत्रले लकडाउनको मोडालिटी परिर्वतन गर्न सरकालाई दबाब दिंदै आएका थिए । 
देशका कतिपय प्रमुख सहरहरुमा लकडाउन उल्लंघन गर्दै पसलहरु खोल्नेक्रम समेत बढ्दै जाँदा सरकारले कलडाउनको मोडालिटी परिवर्तन गरेको हो । 
मन्त्रिपरिषद बैठकले अहिलेलाई सरकारी तथा गैर सरकारी कार्यालय, बैक वित्तीय संस्थाहरु, शैक्षिक संस्थाका कार्यालयहरु खोल्ने निर्णय गरेको बिहीवार सञ्चार मन्त्रालययमा आयोजित पत्रकार सम्मेलनमा अर्थ तथा सञ्चार मन्त्री डा युवराज खतिवडाले जानकारी दिए । 
मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै उनले यस्ता कार्यालयहरु बिहान ८ बजे देखि दिउँसो १ बजेसम्म र दिउँसो १ बजेबाट साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा चलाउने निर्णय भएको बताए । 
उनका अनुसार एकै समयमा मानिसहरुको बढी भिड नहोस भनेर यस्तो निर्णय गरिएको हो । मन्त्रिपरिषद बैठकले उद्योग, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोर्सहरु पनि खुला गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारले निजी सवारीहरु जोरबिजोर प्रणालीमा चलाउन दिने, व्यक्तिको पैदल आवागमन, साइकल र मोटरसाइकल (मोटरसाइकलमा १ जना) सवारी गर्न पाइने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेका डा खतिवडाले जानकारी दिए ।
तर अन्तरराष्ट्रिय सिमानाकाबाट हुने आवात जावत,अनुमति प्राप्त बाहेकका अन्तरराष्ट्रिय तथा आन्तरिक  उडानहरु, सार्वजनिक यातायात, शैक्षिक संस्था सिनेमाहल,सपिङ्ग मल,जीम खाना,सैलुन,व्युटिपार्लर तथा सबैप्रकारका सभा सम्मलेन गोष्ठि लगायत सञ्चालन गर्न यस अघि लगाइएको प्रतिवन्ध भने कायमै रहको डा खतिवडाले जानकारी दिए । 

बन्दाबन्दी खुकुलो पार्दै व्यवसाय सञ्चालन गर्न दिने सरकारको निर्णय

२०७७ जेठ, २८  काठमाडौं ।
सरकारले चैत ११ गतेदेखि लगाएको बन्दाबन्दी केही खुकुलो पार्दै व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधवार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले बन्दाबन्दीको मोडालिटी परिवर्तन गर्दै पसल तथा निजी सवारीसाधन जोरबिजोरका आधारमा चलाउन दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले यस वर्ष कक्षा १० को एसईईको नियमित परीक्षा नगर्ने पनि निर्णय गरेको छ ।
यो व्यवस्था काठमाडौं उपत्यका लगायत कोरोना संक्रमण कम भएका स्थानमा मात्रै लागू गर्ने निर्णय गरिएको छ । कोरोना उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले बताए । समितिको प्रस्तावअनुसार सरकारले बन्दाबन्दी तीन चरणमा खुकुलो पार्नेछ  ।
बन्दाबन्दी लम्बिँदै जाँदा जनजीवन असहज र अर्थतन्त्र अस्तव्यस्त हुन थालेपछि सरकारमाथि बन्दाबन्दी खुकुलो पार्नुपर्ने चौतर्फी दबाब बढ्दै गएको थियो ।
लामो समयसम्म बन्दाबन्दी जारी रहँदा व्यवसायीले त्यसको अवज्ञा गर्न थालेपछि गत बुधवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दाबन्दीको मोडालिटी र भावी कार्यदिशाका बारेमा स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतसँग छलफल गर्नुभएको थियो । विज्ञहरूले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै बन्दाबन्दीको मोडालिटी परिवर्तन गर्न सुझाव दिँदै आएका थिए ।
बुधवार दिउँसो प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री ओलीले बन्दाबन्दीबारे सरकारले निर्णय लिने बताउनुभएको थियो । बुधवारको बैठकले स्वास्थ्य मापदण्डहरू अपनाएर व्यापार, कृषि तथा उद्योग सञ्चालन खुकुलो पार्ने निर्णय गरेको हो ।
बुधवारको निर्णयसँगै जोर गते जोर नम्बरका निजी सवारीसाधन तथा बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइनेछ । तर, सार्वजनिक यातायात भने तत्काल खोलिने छैन । त्यस्तै, विद्यालय, सिनेमा हलजस्ता धेरै भीडभाड हुने ठाउँहरू पनि तत्काल खुला गरिने छैन ।
बन्दाबन्दीको परिमार्जित मोडालिटीका बारेमा सरकारको बिहीवार गरिने नियमित पत्रकार सम्मेलनमा विस्तृत जानकारी दिइनेछ । सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म बन्दाबन्दी गरेको थियो । त्यसपछि सातपटक बन्दाबन्दीको अवधि लम्ब्याइएको थियो । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि कोरोना उच्चस्तरीय समितिको सिफारिशमा सरकारले पछिल्लोपटक जेठ ३२ गतेसम्म बन्दाबन्दीको अवधि बढाएको थियो ।
यस वर्ष एसईईको नियमित परीक्षा नगरी कानूनी रूपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतीजा सार्वजनिक गरिने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको मन्त्री त्रिपाठीले जानकारी दिए ।
बुधवारको मन्त्रिपरिषद् वैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यस्तो प्रस्ताव लगेका थिए । अब विद्यालयहरूले अन्तरिम मूल्यांकनको नम्बर परीक्षा बोर्डमा पठाउने तथा त्यसकै आधारमा ग्रेड निर्धारण गरेर परीक्षाफल सार्वजनिक हुनेछ ।
गत चैत ६ गतेबाट शुरू हुने भनिएको एसईई परीक्षा चैत ५ गतेको कोरोना उच्चस्तरीय समन्वय समितिको कोरोना जोखिम बढ्न सक्ने आशंकापछि स्थगित गरिएको थियो । मन्त्रिपरिषद्ले सरकारी कार्यालयहरू असार १ देखि पूर्णरूपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, रेस्टुराँहरूलाई खाना लैजान सेवा (टेक अवे सर्भिस) दिने गरी सञ्चालन गर्न दिइने भएको छ ।

Wednesday, 10 June 2020

नेपाली कांग्रेसले प्रधानमन्त्री ज्ञापनपत्र बुझाएको छ ।

जेठ २८, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । 
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले बुधवार बिहान १० बजे बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाएको नेपाली कांग्रेसले जानकारी दिएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सोमवार बसेको बैठकले कोरोना संक्रमण रोकथाम तथा उपचारमा सरकार असफल भएको भन्दै यसको लागि सरकारले गर्नुपर्ने काम, राहत तथा उद्धारको लागि आगामी कामको बारेमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । 
सोही अनुरुप वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा नेताहरू गोपालमान श्रेष्ठ, डा प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखक सहभागी टोलीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । 
ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले ज्ञापनपत्रमा उल्लेखित सुझावहरूलाई सकारात्मक र गंभीरतापूर्वक लिएर आवश्यकताअनुसार कार्यान्वयन गरिने जानकारी गराएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पोडेलले जानकारी गराए । 
कांग्रेसले कोभिड- १९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अनुगमन गर्न सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरिएको र सो समितिले सरकारले गरिरहेका कामहरुको अनुगमन पनि गरिरहेको कांग्रेसले जानकारी दिएको छ ।

Monday, 8 June 2020

अवस्था सामान्य भएको ६ महीनामै गौतम बुद्ध विमानस्थलबाट उडान शुरु हुने

जेठ २६, काठमाडौं । कोरोनाको संक्रमणको अवस्था सामान्य भएको ६ महीनामै गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान शुरु गर्न सकिने भएको छ । 
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले विमानस्थलको अधिकांश काम सकिएकोले कोरोना संक्रमण हटेको कम्तीमा ६ महीनामै उडान गर्न सकिने बताए  ।
आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक माथि संसदमा सोमवार भएको छलफलका क्रममा सांसदहरुले राखेका प्रश्न, जिज्ञासा एवं सुझावका सम्बन्धमा जवाफ दिँदै पर्यटन मन्त्री भट्टराइले सो जानकारी दिए । 
‘कोभिड-१९ को असर नभएको भए थुप्रै माननीयज्यूहरु भैरहवा अन्तरराष्ट्रिय विमानस्थलबाट दोहा कतार उड्ने सौभाग्य पाउनुहुन्थ्यो । कोभिड-१९ को स्थिति कम भएको ६ महीनाभित्र भैरहवाबाट विश्वका जुनसुकै ठाउँमा जान सकिन्छ,’ उनले भने ।
उनले भैरहवा र पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थलका लागि उच्च प्राथमिकतामा राखी आवश्यक वजेट विनियोजन गरिएको जानकारी दिए । आगामी आर्थिक वर्षमा दुवै विमानस्थलहरु निर्माण सम्पन्न भै सञ्चालनयोग्य हुने र दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निजगढको निर्माण पनि यसै आर्थिक वर्षबाट शुरु गरिने मन्त्री भट्टराइले बताए । 
यस्तै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा बुटिक विमानस्थलमा रुपान्तरण गरी दैनिक २४ घन्टा नै सञ्चालनयोग्य बनाउने र विराटनगर, भरतपुर, सुर्खेत, नेपालगञ्ज र धनगढी विमानस्थललाई स्तरोन्नति गर्ने कार्यक्रम रहेको उनले बताए । 
विनियोजन विधेयकमा पर्यटन मन्त्रालयसँग सम्बन्धित शीर्षकमा  जवाफ दिँदै मन्त्री भट्टराइले पर्यटनबाट धेरै गर्न सकिने आशा सहित नेपाल भ्रमण वर्ष शुरु गरिएपनि विश्वमहामारीको रुपमा रहेको कोभिड–१९ को संक्रमणको कारण सबैभन्दा बढि प्रभाव पर्यटन मन्त्रालय अन्तर्गतकै काममा परेकोले चाहे अनुरुप गर्न नसकिएको स्वीकार गरे । 
‘कोभिड -१९ को प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ । त्यसैले यो मन्त्रालय र मन्त्रि आफै पीडित छन् माननीयज्यूहरुको पीडित मन्त्री प्रति धेरै टिप्पणी वा गुनासा छैनन् भन्ने लाग्छ उनले भने यो परस्थिती कै कारण केही सीमितताका बीच बजेट बनेकोले चाहेर पनि सबै कुरा बजेटमा समावेश गर्न सकिएको छैन । त्यसैले यसलाई सोही अनुरुप बुझिदिनुहुने छ ।’
यद्यपी उनले पूर्वाधारको विकास र कोरोनाको कारण समस्याग्रस्त पर्यटन उद्योगलाई पुनर्जिवित गर्न कर एवं ब्याजदरमा छूटका साथै रू. ५० अर्बको पुनरुत्थान कोषको समेत व्यवस्था गरिएका बताए । 
सन् २०१९ मा नेपालमा करीब १२ लाख पर्यटक आएको र यस क्षेत्रबाट कुल गाहस्थ उत्पादनमा २ दशमलव ७ प्रतिशत योगदान रहको जानकारी दिँदै उनले पर्यटन तथा संस्कृति क्षेत्रमा रू. ५ अर्व २७ करोड, हवाई क्षेत्र नेपाल सरकारबाट रू. २० अर्ब ४५ करोड र नेपाल नागरिक उड्डयन प्राधिकरणको आन्तरिक तर्फ अनुमानित रू. १० अर्बभन्दा बढी रकम विनियोजन गरिएको जानकारी दिए । नेपालको तुलनात्मक लाभको क्षेत्रको रुपमा रहेको पर्यटन क्षेत्रको विकासको लागि अहिलेको बजेट आफैमा कम भएपनि दीर्घकालीन विकासका मार्गतर्फ अग्रसर भएको बताए । 
सांसदहरुले पर्यटन मन्त्रालय अन्तर्गतको बजेटमा पनि संघीयता र विकेन्द्रीकरणको भावना र मर्म नसमेटिएको गुनासो गरिरहँदा मन्त्री भट्टराइले भने सोही भावना र मर्म अनुसार प्रदेश र स्थानीयस्तरमा यथासम्भव समानुपातिक र समावेशी अवधारणा बमोजिम कार्यान्वयन हुने गरी बजेट तथा कार्यक्रम तयार पारिएको स्पष्टिकरण दिए । 
उनले प्रदेशमा न्यूनतम एक प्रमुख पर्यटकीय गन्तव्य निर्माणका साथै स्थानीय तहहरुमा समेत पर्यटन पूर्वाधार र पर्यटकीय उपज निर्माणका लागि साझेदारी कार्यक्रम अगाडि बढाइएको र त्यसमा साझेदारी कार्यक्रमतर्फ रू. ७९ करोड विनियोजिन गरिएको जानकारी दिए । 
यसैबीच मन्त्री भट्टराइले नेपाल वायुसेवा निगमको दीर्घकालीन सुधारको लागि रणनीतिक साझेदार ल्याउने वा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरण गर्ने गरी आन्तरिक तयारी गरेको पनि जानकारी दिएका छन् । निगमलाई व्यवसायिक र प्रतिष्पर्धी बनाउन यसको व्यवसायिक क्षमता बढाउने र खर्च कटौतीको कामलाई पनि सँगसँगै लगिने मन्त्री भट्टराइले बताए ।

Sunday, 7 June 2020

चार्टर उडानमा क्यानको प्रतिबन्ध

काठमाडौं । ट्राभल व्यवसायीहरूले केही दिनका लागि नियमित हवाई सेवा खोलिदिन पर्यटन मन्त्रालयलाई आग्रह गरेका छन् । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उद्धार गरेर ल्याउने नीति लिएपछि नियमित उडानबाट उनीहरूलाई नेपाल ल्याउन ट्राभल व्यवसायीहरूले केही दिनका लागि नियमित उडान गर्न दिन माग गरेका छन् ।
चार्टर उडानमा जथाभावी भाडा लिन थालेपछि नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कूटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबै उडानमाथि रोक लगाएको छ । नियमितभन्दा धेरै नै महँगो भाडा लिन थालेपछि विदेशमा अलपत्र परेका नेपालीले आपत्ति व्यक्त गरेका थिए । विपद्को अवस्थामा चार्टर उडानको नाममा वायुसेवा कम्पनी तथा ट्राभल एजेन्सीले यात्रुसँग आपूmखुशी भाडा लिएको गुनासो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेपछि मन्त्रालयकै निर्देशनमा क्यानले आइतवारैदेखि चार्टर उडानमा रोक लगाएको हो । प्राधिकरणले जरुरी सूचना जारी गर्दै कूटनीतिकबाहेकका उडान रोकिएको जानकारी गराएको छ ।
सरकारले विदेशमा रहेका नेपाली ल्याउने नीतिगत निर्णय गरिसकेको अवस्थामा नियमित उडान गर्दा नेपालबाट बाहिर जान चाहने र आउन चाहने दुवैका लागि सस्तो भाडामा आउन जान पाउने भएकाले अन्तरराष्ट्रिय मापदण्डअनुसार नियमित उडान शुरू गर्न आग्रह गरिएको नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले जानकारी दिए । ‘कतिपय व्यवसायीबाट चार्टरको नाममा बढी भाडा दिने काम भएकैले क्यानले यो निर्णय गरेको हो । नियमित उडान सस्तो हुन्छ । त्यसैले केही दिनका लागि नियमित उडान खोल्न हामीले मन्त्रालयलाई आग्रह गरेका छौं,’ उनले भने ।
उडानको टिकट विक्री गर्ने जिम्मा पनि समानुपातिक रूपमा नाट्टा सदस्यहरूले नै पाउनुपर्ने माग मन्त्रालयसमक्ष राखेको छ । चार्टर उडान गर्दा ५ प्रतिशत वैधानिक कमिशन लिन पाउने व्यवस्था भएकाले त्यसले ट्राभल व्यवसायीलाई केही राहत हुने गुरागार्इंले बताए ।
नेपालबाट सबै प्रकारका व्यावसायिक यात्रु उडान प्रतिबन्ध गरिएको अवस्थामा कूटनीतिक माध्यमबाट हुने उडानलाई मात्रै उडान अनुमति दिइने प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले जानकारी दिए । प्रवक्ता क्षत्रीका अनुसार व्यावसायिक प्रकृतिका चार्टर गर्दा ट्राभल एजेन्सीहरूले यात्रुहरूबाट बढी रकम असुलेको भन्ने गुनासो आए पनि मन्त्रालयकै निर्देशनमा यो निर्णय गरिएको हो ।
बाहिरबाट नेपाली ल्याउँदा नेपाली विमान सेवा कम्पनीको पहुँच भएका स्थानमा नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाली जहाज जान नसक्ने स्थानका लागि मात्र विदेशी विमानसेवा कम्पनीलाई दिनुपर्ने माग पनि गरिएको नाट्टा अध्यक्ष गुरागाईंले बताए । आपूmहरूको मागका सम्बन्धमा मन्त्रालयले कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा लैजाने जानकारी दिएको उनले बताए ।
प्राधिकरणको यो निर्णयले सबैभन्दा बढी असर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर उडानमा पर्ने देखिएको छ । क्यानको निर्णयले निगमको उडानमा प्रत्यक्ष प्रभाव पार्ने हुँदा उडान रोक्नुभन्दा नियमनलाई बढी जोड दिनुपर्ने निगमका प्रवक्ता अर्चना खड्काले बताइन् । ‘यो समयमा अत्यावश्यक काम पर्ने मानिसले नै यात्रा गर्ने हो । यदि कसैले गलत गरेको छ भने सम्बद्ध निकायले त्यसको अनुगमन गरेर जानुपर्ने हो । तर, कूटनीतिक माध्यमबाट हुने उडानबाहेक अन्यमा रोक लगाएपछि त्यसको असर निगमलाई पक्कै पर्छ,’ उनले भनिन् । यो बीचमा सबैभन्दा बढी चार्टर उडान निगमले नै गरेको छ । निगमले लकडाउनको अवस्थामा दैनिकजसो चार्टर उडान गर्दै आएको थियो । निगमले आइतवार बेलुका ९ बजे जापानको नारिता र सोमवार अस्ट्रेलियाको क्यानबेरामा चार्टर उडान गर्ने तालिका रहेको प्रवक्ता खड्काले जानकारी दिइन् ।
लकडाउन अघिसम्म नेपालबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान गर्दै आएका थिए । लकडाउनको समयमा चैत १४ गतेदेखि जेठ २४ सम्म ११० ओटा चार्टर उडान भएको प्राधिकरणले जानकारी दिएको छ । सरकारले गत चैत ९ गतेदेखि लागू हुने गरी नेपालमा अन्तरराष्ट्रिय उडान गर्ने सबै वायुसेवा प्रदायक कम्पनीको उडान स्थगन गरेको थियो ।

Saturday, 6 June 2020

उच्चस्तरीय समितिको बैठक विना निश्कर्ष

जेठ २४, काठमाडौं  । लकडाउन खुकुलो पार्ने मोडालिटी तय गर्न शनिवार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक विना निश्कर्ष टुंगिएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले दुई दिनभित्र लकडाउन खुकुलो पार्ने गरी मोडालिटी पेस गर्न उच्चस्तरिय समितिलाई निर्देशन दिएको थियो ।
मोडालिटीका बारेमा बैठकमा छलफल भएपनि टुंगोमा पुग्न सनकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए । 
लामो समयसम्म लकडाउन जारी राख्दा व्यवसायीले अवज्ञा गर्न थालेपछि बुधवार प्रधानमन्त्रीले लकडाउनको मोडालिटी र भावी कार्यदिशाका बारेमा विज्ञहरुसँग छलफल गर्नुभएको थियो । यस्तै बिहीवारको मन्त्रिपरिषद् बैठकबाट मोडालिटी तय गर्ने जिम्मेवारी उक्त समितिलाई दिइएको थियो । 
‘बैठकमा लकडाउनका बीच पनि आर्थिक क्रियाकलापलाई कसरी चलायमान बनाउने भन्ने बारेमा छलफल भयो, तर यसमा थप छलफल आवश्यक भएकोले उच्चस्तरिय समितिको बैठक फेरि बसेर निर्णयमा पुग्ने भनिएको छ’, उनले भने । 
उनका अनुसार बन्दाबन्दिको अवस्थामा पनि आर्थिक क्रियाकलाप, अस्पताल, विकास निर्माणका काम र आधारभूत आवश्यक्ताका कुराहरुलाई चरणबद्ध रुपमा सहज बनाउनेतर्फ समितिमा छलफल भएको छ । 
स्वास्थ्य मन्त्रालयले बनाएको स्वास्थ्य सुरक्षा निर्देशका र गृह मन्त्रालयले बनाएको अन्य निर्देशिकाको अनुशरण गर्दै लकडाउनलाई सहज बनाउनेतर्फ नै छलफल केन्द्रित भएको उनले बताए । 
गत चैत ११ गतेदेखि देशभर लागू लकडाउन पटक–पटक म्याद थप्दै पछिल्लो समय आगामी जेठ ३२ गतेसम्म लम्ब्याइको छ । जसको कारण व्यवसायीहरुले लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सुझाव सहित दबाब पनि दिदैं आएका छन् । सोही अनुसार सरकार लकडाउनको नयाँ मोडालिटी परिवर्तन गर्न जुटेको छ । 

असार एक गतेदेखि आन्तरिक हवाई सेवा शुरु हुने

जेठ २४, काठमाडौं  । लकडाउनकै बीच  आन्तरिक विमानमा कुल सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर असार एक गतेदेखि आन्तरिक हवाई सेवा शुरु हुने भएको छ । यसको लागि नियामक निकाय नागरिक उड्डयन प्रािधकरणले (क्यान) निर्देशिका जारी गरिसकको छ । 
क्यानका अनुसार सोही निर्देशिका अनुसार कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट टिम (सीसीएमसी) ले असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्ने मन्त्रिपरिषदमा लैजाँदै छ । सम्भवतः आइतवार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्नेछ ।
मन्त्रिपरिषद्बाट स्वीकृत भएपछिमात्र यो प्रस्ताव कार्यान्वयनमा जाने क्यानले जानकारी  दिएको छ । 
निर्देशिका जारी भइ नियामक निकाय,विमानस्थल र विमानसेवा कम्पनीहरु तयारी अवस्थामा रहको र यसको लागि सरकाको निर्णयको प्रतिक्षा रहेको क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । 
सीसीएमसीले तयार पारी उच्चस्तरीय राजनीतिक संयन्त्रमा पेस भएको उक्त प्रस्तावमा कुल क्षमताको ४० प्रतिशत यात्रु राखेर हवाई सेवा खुला गर्ने उल्लेख गरिएको छ । यद्यपि विमानसेवा प्रदायक कम्पनीहरुले ४० प्रतिशत क्षमतामा जहाज उडान गर्दा विमान सेवा कम्पनीले उल्टो नोक्सान व्यहोर्नुपर्ने भएकोले यसलाई ५० प्रतिशत गर्न आग्रह गरेको प्रवक्ता क्षेत्रीले बताए । अहिले सोही अनुसार प्राधिकरण सहमत भएको हवाई सेवा सञ्चालक संघ (आवोन) ले जानकारी दिएको छ । 
सोही निर्देशिका अनुसार विमान सेवा कम्पनीहरुले आ आफ्नो स्ट्याण्डर्ड अपरेशन पर्सुुडियर्स (एसओपी) तयार पारी क्यानमा पेश गरिसकेका छन् । विमानसेवा कम्पनीहरुले आ आफ्नो स्ट्याण्डर्ड अपरेशन पर्सुुुडियर्स (एसओपी) तयार पारी क्यानमा पेश गरिसकको र आफुहरु क्यानले जारी गरेको निर्देशिका अनुसार सेवा शुरु गर्न तयार रहेको (आवोन) का प्रवक्ता योगराज शर्मा कंडेलले बताए ।
 
‘हामीले क्यानको निर्देशिका अनुसार सबै तयारी गरेका छौं, सम्भवतः असार १ गतेबाटै लागू हुने गरी यो निर्णय कार्यान्वयनमा जाने अपेक्षा गरेका छौं’,उनले भने । 
यसको लागि नेपाल नागरिक उड्डन प्राधिकरणले विमानसेवा कम्पनी, विमानस्थल र यात्री र कर्मचारीले उडान गर्दा के गर्ने के नगर्ने भन्ने उल्लेख गरि आन्तरिक उडानको निर्देशिका जारी गरेको छ । 
प्राधिकरणले जारी गरेको निर्देशिका अनुसार कोभिड–१९ सँंग मिल्ने चार प्रकारका लक्षण भएका बिरामीले हवाई उडान गर्न पाउने छैनन् । जसमा ज्वरो, रुघा खोकी, स्वासप्रस्वाशमा समस्या र स्वाद वा गन्ध थाहा नपाउने जस्ता लक्षण भएका व्यक्तिहरु पर्नेछन् । 
हवाई उडान पहिले हरेक यात्रुहरूको ज्वरो चेक गरिने,वाई उडान गर्ने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने र उडानका बेला सम्बन्धित व्यक्तिको तापक्रम ३८ डिग्री सेल्सियल वा १०० दशमलव ४ डिग्री फरेनहाइट भन्दा कम हुनुपर्ने निदेर््शिकामा उल्लेख  छ ।
विमानस्थलमा भेटघाट तथा स्वागत सत्कारमा प्रतिबन्ध लगाइएको छ । 
यसका अतिरिक्त विमानसेवा कम्पनीहरुलाई एकै पटक उडान नगरी फरक फरक समयमा उडानको व्यवस्था मिलाउने क्यानका प्रवक्ता क्षेत्रीले जानकारी दिए ।
कोभिड–१९ कै बीच विभिन्न देशहरुले आन्तरिक हवाई उडान सुरु गर्न लागेपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले पनि अन्तरराष्ट्रिय उडानको लागि नयाँ निर्देशिका (गाइडलाईन) सार्वजनिक गरेको छ ।
अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) परिषदले डब्लुएचओ र विभिन्न संस्थाको सुझावमा परिषदको उड्डयन रिकभरी टास्क फोर्सले (कार्ट) रिपोर्ट तयार पारी सार्वजनिक गरेको हो ।
आईकाओले अब विस्तारै उडान प्रतिबन्ध खुल्ने र यात्रु बढ्दै जानेहुँदा  विमानसेवा कम्पनी र विमानसेवा कम्पनीहरुले सार्वजनिक स्वास्थ्य सुरक्षामा मापदण्ड सार्वजनिक गर्नुपर्ने बताएको छ । 

लकडाउनको नयाँ मोडालिटी तय गर्न उच्चस्तरीय समितिलाई निर्देशन

जेठ २२, काठमाडौं  । मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो पार्ने मोडालिटी दुई  दिनभित्र पेस गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिलाई निर्देशन दिएको छ । लकडाउनको नयाँ मोडालिटी तय गर्न बिहीवार बसेको बैठकले सो निर्देशन दिएको हो ।
लामो समयसम्म लकडाउन जारी राख्दा व्यवसायीले अवज्ञा गर्न थालेपछि बुधवार मात्रै प्रधानमन्त्रीले लकडाउनको मोडालिटी र भावी कार्यदिशाका बारेमा विज्ञहरुसँग छलफल गर्नुभएको थियो ।
लकडाउनको मोडालिटी परिवर्तनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार साँझ विज्ञहरुसँग ५ घण्टा छलफल गर्नुभएको थियो । त्यस क्रममा स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।   
बैठकले समितिले ल्याएको कार्ययोजनापछि पुनः मन्त्रिपरिषद्को बैठक बस्ने र निर्णय गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्दयेश त्रिपाठीले जानकारी दिए ।
 प्रधानमन्त्रीले लकडाउन खुकुलो बनाउने गरी कुन निकाय खुला गर्ने वा कुन निकाय खुला नगर्ने भन्ने विषयमा खाका तयार पार्न समितिलाई निर्देशन दिनु भएको उनले बताए ।  
चैत ११ गतेदेखि देशभर लागू लकडाउन पटकपटक म्याद थप्दै पछिल्लो समय यही जेठ ३२ गतेसम्म लम्ब्याइए पछि व्यवसायीहरुले पनि लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छन् । सोही अनुसार सरकारले लकडाउनको नयाँ मोडालिटी तय गर्न लागेको हो । 

Thursday, 4 June 2020

कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिलेसम्म करीब रू. १० अर्ब खर्च

जेठ २१, काठमाडौं । कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले अहिलेसम्म करीब रू. १० अर्ब खर्च गरेको छ । 
बुधवार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो । कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरण गरी सरकारले रू. ९ अर्ब ८७ करोड खर्च गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए । 
यो रकम कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारहरुबाट समेत गरी खर्च भएको उनले जानकारी दिए । बिडारीका अनुसार कतिपय स्थानीय तहको खर्च विवरण आइनसककोले यो रकम अझै बढ्ने छ । 
कोरोना कोष र संघीय सरकारबाट रू. ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको बिडारीले जानकारी दिए । 
समितिको बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको  थियो । मंगलवार निजी क्षेत्रका प्रतिनिधीहरुले लकडाउनको माडालिटी परिवर्तन गर्न समिति संयोजक तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग आग्रह गरेका थिए । 
जनजीवन सहज बनाउँदै लक डाउनलाई कसरी लैजाने भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग पनि छलफल भएको र बैठकमा तहगत रुपमा लक डाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयारी गरी सरकारलाई बुझाउने समझदारी भएको उनले बताए । 
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक पोखरेलसँग सिंहदरबारमा मंगलवार निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिले छलफल गर्दै लकडाउनको मोडल परिर्वतन गर्ने सुझाव दिएका थिए । 
उनीहरुले अर्थतन्त्र चलायमान बनाउनेबारे तत्काल नसोच्ने हो भने कोरोना भाइरसले निम्त्याउने समस्या भन्दा भोकमरीको समस्या विकराल हुने भन्दै उद्योग सञ्चालनको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका थिए । 
तर बुधवार समितिको बैठक अघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटी र भावी रणनीतिबारे विज्ञहरुसँग छलफल गरेकोले उच्चस्तरिय समितिले यसबारेमा ठोस निर्णय नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

Wednesday, 3 June 2020

लकडाउनको मोडल परिवर्तन गर्नुपर्नेमा निजी क्षेत्रको जोड

जेठ २०, काठमाडौं  । कोरोना भाइरस ( कोभिड– १९) को संक्रमण रोक्न भन्दै सरकारले ७१ दिनदेखि लागू गरेकोे लकडाउनको कारण व्यवसाय चौपट भएको भन्दै व्यवसायीहरुले लकडाउनको स्वरुप (मोडल) परिवर्तन गर्न सरकारलाई सुझाव दिएका छन् । 
उनीहरुले जोखिमको स्तर हेरेर क्षेत्रगत रुपमा समय समेतको व्यवस्थापन गरी लकडाउनको स्परुप परिवर्तन आग्रह गरेका छन् ।
कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलसँग सिंहदरबारमा मंगलवार निजी क्षेत्रका सबै पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिले छलफल गर्दै लकडाउनको मोडल परिर्वतन गर्ने सुझाव दिएका हुन् ।  
छलफलमा सहभागी संगठनका प्रतिनिधिले अर्थतन्त्र चलायमान बनाउनेबारे तत्काल नसोच्ने हो भने कोरोना भाइरसले निम्त्याउने समस्या भन्दा भोकमरीको समस्या विकराल हुने भन्दै उद्योग सञ्चालनको व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका थिए ।
 व्यवसायीहरले लकडाउन लम्बिँदै जाँदा उत्पादन, बजारीकरणमा सहभागी मजदूर, लगानीकर्ता सबै प्रभावित हुने भन्दै व्यवसायीले लकडाउन खुकुलो पारेर क्षेत्रगत वर्गीकरण गरी उद्योग खोल्ने वातावरण मिलाउनु पर्ने बताए । 
सबैतिर एकैनासले लकडाउन गर्दा अर्थतन्त्रको अवस्था नाजुक बन्दै गइरहेकोले जोखिम हेरेर रेड, ग्रिन र एल्लो जोन गरेर लकडाउन खुकुलो बनाउन आग्रह गरिएको उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।
त्यसैगरी चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले जोखिम मुल्यांकन गरी सुरक्षित क्षेत्र र समय छुट्याएर लडाउन खुल्ला गरि उद्योगधन्दा संञ्चालनको व्यवस्था मिलाउन आफुहरुले सरकारसंग आग्रह गरेको बताए ।
यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सामाजिक दुरी कायम गरि सार्वजनिक यातायातका साधन पनि संञ्चालन गर्नु पर्ने बताए ।
नेपाल निर्यात व्ंयवसायी महासघका महासचिव तथा पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापाले यसरी नै लकडाउनलाई निरन्तरता दिएर मात्र समस्या समाधान नहुने भन्दै व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन सुझाव दिएको जानकारी दिए । 
वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा शर्तसहित अत्यावश्यक र अन्य उद्योगहरू सुरक्षा मापदण्ड अपनाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 
विभिन्न ४४ प्रकारका उद्योग संञ्चालन गर्न दिने निर्णय पछि केही उद्योगहरु चलेपनि उद्योगको लागि आवश्यक पास उपलब्ध नहुनु, राजधानी बाहिर गएका कामदार फर्कने व्यवस्थाको साथै उत्पादन विक्रीका लागि बजार  नहुनाले समस्या सृजना भएको व्यवसायिको धारणा छ ।
 व्यवसायीहरुको सुझावपछि समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वास्थ्य विज्ञ लगायत विभिन्न निकायका प्रतिनिधिसँग छलफल गरि आवश्यक निर्णय लिने आवश्वासन दिएको निर्यात व्ंयवसायी महासघका महासचिव दुर्गाविक्रम थापाले बताए । 

Monday, 1 June 2020

पर्यटन क्षेत्र टिकाउने गरी बजेट नआएको हानको टिप्पणी

जेठ १९, काठमाडौं । होटल संघ नेपाल (हान)ले कोभिड–१९ बाट सृजित विषम परिस्थितिका बीच आएको आव २०७७/०७८ को वार्षिक बजेटमा पर्यटन क्षेत्र टिकाउन अपेक्षा गरिएका आर्थिक राहतका मूलभूत कार्यक्रम समावेश नभएको प्रतिक्रिया दिएको छ । 
५ प्रतिशतमा रू.५० अर्बको पुर्नस्थापना कोषको घोषणा सकारात्मक भए तापनि होटल उद्योगमा कार्यरत १० लाख भन्दा बढीको रोजगारी कसरी टिकाउने भन्ने तर्फ बजेट मौन रहेको उल्लेख गर्दै ऋण लिएर कर्मचारीको तलब दिने अवस्थामा होटल उद्योगहरु नभएको होटल संघ नेपालले जानकारी दिएको छ । 
हानले हालको परिस्थितिमा होटल उद्योगहरु कम्तिमा २ वर्षभन्दा अघि न्यूनतम स्तरमा आर्थिक रुपमा सक्षम हुन नसक्ने हुँदा ऋण लिएर लामो समयसम्म कामदार कर्मचारीको तलबलगायत जग्गा, भवन, भौतिक संरचनाको भाडा व्यवस्थापन गर्न नसकिने होटल संघ नेपालले स्पष्ट पारेको छ । 
झन्डै ३ महीनासम्म लम्बिँदै गएको बन्दाबदीको अवधिमा राजस्व, कर, महसुल लगायत छूट गरी कामदार कर्मचारीहरुलाई जीवन व्यापनका लागि न्यूनतम पारिश्रमिक सुरक्षा कोष जस्ता शीर्षकबाट व्यहोरिने विश्वव्यापी प्रचलन समेत नेपाल सरकारले बजेटमा घोषणा गर्न नसकेको हानका अध्यक्ष सिर्जना राणाले बताइन् । 
१०औं खरबको लगानी साल बसाली अर्बैको कर तिर्ने विदेशी विनिमयको मूख्य स्रोत होटल उद्योगको स्थापना, संचालन र विकासमा अर्बैको ऋण प्रभाव भएको होटल उद्योगमा ऋणको सावा ब्याज भुक्तानी समेत कम्तीमा २ वर्षअघि गर्न नसकिने यथार्थलाई बजेटमा सम्बोधन गरेको ५ प्रतिशत ब्याजमा एक खर्बसम्मको पुनर्कर्जा सुविधा सकारात्मक रहेको हुँदा हुँदै पनि यसको कार्यान्वयन पक्ष कर्मचारीतन्त्रबाट कसरी हुने कुरामा पूर्ण रुपमा भर पर्ने पनि होटल संघ नेपालले उल्लेख गरेको छ ।
२०७७/०७८ को बजेटले पर्यटन/होटल उद्योगलाई आयकर लगायतमा केही छूट दिएको साथै मूल्य अभिवृद्धि कर भुक्तानी गर्ने अवधि बढाएको भए तापनि उद्योगधन्दा नै केही वर्षसम्म शून्यको अवस्थामा रहने हुँदा दिइएको सुविधा प्रयोगबिहीन हुने अध्यक्ष राणाले बताइन् । 
पर्यटन/होटल उद्योगका लागि २०७७/०७८ को  बजेटले आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि निजामति कर्मचारी लगायत संगठित क्षेत्रका कामदार कर्मचारीहरुलाई देश दर्शन गर्ने कार्यक्रमका लागि आर्थिक खर्चसमेतको प्रोत्साहन गर्ने नीति सकारात्मक रहेको र यसका लागि होटल उद्योग प्रमुख सरोकार पक्षको हैसियतले प्रतिबद्ध रहने संघले जानकारी दिएको छ । 
बजेटले कोभिड–१९ को विश्वव्यापी प्रभावबाट नेपाली जनताको स्वास्थ्य, दैनिकी जीवनयापन लगायत समग्र अर्थतन्त्रको कसरी संरक्षण गर्ने मूल उद्देश्यको परिपूर्ति गर्ने राष्ट्रिय मूल दायित्व वहन गर्नुपर्ने भएकाले बजेटले घोषणा गरेको अन्य नियमित किसिमका विकासका कार्यक्रमको सम्पादन र उपलब्धि गर्ने गराउने दिशामा कठिनाइ उत्पन्न हुन सक्ने आशंका संघले गरेको छ । 
बजेटले सामाजिक सुरक्षा कोषमा दर्ता रहेका उद्योग प्रतिष्ठानहरुका कामदार कर्मचारीहरुले बन्दाबन्दीको समयमा जम्मा गर्नुपर्ने रकम नेपाल सरकारबाट व्यहोरिने सकारात्मक घोषणाका बाबजुद पनि कामदार कर्मचारीको अनिच्छाले गर्दा दर्ता हुन नसकेको भए तापनि राज्यले यसतर्फ सहानुभूतिपूर्वक व्यवहार गरी उपलब्ध सुविधा सबैलाई दिलाई दिन पनि होटल संघ नेपालले विज्ञप्ति मार्फत अनुरोध गरेको छ । 
संघले विज्ञप्तिमा वर्तमानको कठिन परिस्थितिमा नेपाल र नेपालीको हीतका लागि नेपाल सरकारले निजी क्षेत्रको दक्षता र योगदानलाई बढीभन्दा बढी प्रोत्साहन गरी सम्पूर्ण निजी क्षेत्रको मनोवल बढाउने कार्य गर्न अपिल समेत गरेको छ ।

त्रिभुवन विमानस्थलको धावनमार्ग आइकाओ मापदण्डको बन्यो

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) मापदण्डअनुसार बनेको छ । लकडाउन अवधिमा विमानस्थलको दक्षिण कोटेश्वर क्षेत्र (रनवे जिरो–टु) तर्फ ३ सय मीटर धावनमार्ग विस्तार गरिएको हो । यससँगै विमानस्थलको धावनमार्गको कुल लम्बाइ ३ हजार ३०० मीटर पुगेको छ ।
धावनमार्ग विस्तारपछि अन्तरराष्ट्रिय उडानका जहाजलाई उडान तथा अवतरणका लागि थप सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ । यसअघि गतवर्ष असारमा प्राधिकरणले करीब ४० वर्षभन्दा बढी समयसम्म सामान्य मर्मत गरेर सञ्चालन गरिएको धावनमार्गमा पुरानो पिच उप्काएर नयाँ हाल्ने काम सम्पन्न गरेको थियो ।
धावनमार्ग विस्तारको कामले विमानस्थल अन्तरराष्ट्रिय मापदण्डको बनेको विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र केसीले बताए । ‘हामीलाई अन्तरराष्ट्रिय नियामक निकाय आइकाओले पटकपटक धावनमार्ग कम भएको भन्दै आएको थियो । तर, विस्तार गर्न विमानस्थल पूर्णरूपमा बन्द गर्नुपर्ने अवस्था थियो । ‘कोरोना महामारीको समयमा उडान बन्द भएको समयलाई सदुपयोग गरी यो काम हामीले सम्पन्न गरेका छौं,’ उनले भने । कोरोना महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि लागू गरेको बन्दाबन्दीकै अवस्थामा धावनमार्ग विस्तारको काम सकिएको केसीको भनाइ छ ।
गतवर्ष गरिएको धावनमार्गको रिह्याव र अहिले भएको विस्तारले विमानस्थलको धावनमार्ग नयाँ मात्र बनेको नभई विमानस्थल सञ्चालनको क्षमतासमेत बढेको प्राधिकरणको दाबी छ ।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत रू. ८४ करोडको लागतमा धावनमार्ग विस्तार सम्पन्न भएको हो । आयोजना निर्माणका लागि कालिका टुन्डी जेभी कन्ट्याक्टर र ए वान विल्डर्स सबकन्ट्याक्टर छनोट भएका थिए । चैत ११ देखि जारी बन्दाबन्दीसँगै आन्तरिक र अन्तरराष्ट्रिय दुवैतर्पmका नियमित उडान अवतरणमा प्रतिबन्ध गरिएपछि बेलुका ६ देखि बिहान ६ बजेसम्म १२ घण्टा धावनमार्ग विस्तारको काम गरिएको थियो । ‘३ सय मीटर लामो धावनमार्ग विस्तार गरी कालोपत्र गर्ने काम सकिएको छ । अब ‘रनवे लाइट र एप्रोच लाइट’ राख्ने काम मात्रै बाँकी छ । रनवे लाइट विदेशबाट ल्याउनुपर्ने तर लकडाउनका कारण त्यो आउन ढिलाइ भएकाले केही समय लाग्न सक्छ,’ आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच वैज्ञानिक  सहकार्यका लागि छलफल  २०८१ पुष २३  नेपाल उद...