Thursday, 24 September 2020

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हप्तामा २ दिन बिदाको प्रस्ताव इन्धन मूल्य र हवाई भाडा पुनरवलोकनको ठोस प्रस्ताव पेश गर्न प्राधिकरणलाई निर्देशन

 २०७७ असोज, ९

काठमाडौं । कोरोना महामारीका कारण ठप्पप्राय भएको पर्यटन गतिविधिलाई चलायमान बनाउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन बिदाको प्रस्ताव अघि सारेको छ ।

मन्त्रालयले २ दिन बिदाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीवार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा २ दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो ।

कार्यदलमा पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेका छन्, जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको समेत प्रतिनिधित्व रहनेछ ।

आन्तरिक पर्यटन चलायमान बनाउन यसले सहयोग गर्ने अपेक्षासहित २ दिनको बिदाको प्रस्ताव तयार पारिएको पर्यटन मन्त्री योगेश भट्टराईले बताए । ‘यसले लाखौं मानिस बिदा मनाउन आन्तरिक पर्यटकका रूपमा एक ठाउँबाट अर्को ठाउँमा जान सक्छन्, यसले  पर्यटनलाई चलायमान बनाउन सघाउ पुग्छ,’ उनले भने ।

मन्त्री भट्टराईका अनुसार १ दिनको बिदाले मानिसहरू कहीँ घुम्न जान चाहेर पनि समय अभावमा जान नसक्ने हँुदा २ दिनको बिदा दिँदा टाढा घुम्ने जान चाहनेलाई समय पनि हुनेछ भने बसाइ अवधि लम्बिँदा खर्च पनि बढ्नेछ ।

त्यस्तै बिहीवारको बैठकले पशुपतिनाथ मन्दिर, लुिम्बनीलगायत खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) मा पेश गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभावकारी बनाउन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त रूपमा कार्यक्रम बनाएर आउँदो बैठकमा पेश गर्ने निर्णयसमेत गरिएको छ ।

हवाई इन्धनको मूल्य पुनरवलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी हप्ता दिनभित्र मन्त्रालयमा पेश गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले बताएको छ ।

बैठकले बंगलादेश, इन्डोनेशिया, रसिया, दक्षिण कोरिया, फिनल्यान्डसँग भएको हवाई सम्झौता असोजभित्र तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने निर्णयसमेत गरेको छ ।
दुईदिने बिदाको प्रस्ताव पारित भएमा पर्यटकीय गतिविधि बढ्ने नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् ।

‘पहिलेदेखि नै यो प्रस्तावका बारेमा छलफल भए पनि कार्यान्वयन हुन सकेको थिएन । अब अहिले त्यो प्रस्तावमा निर्णय गरेर कार्यान्वयनमा लैजाने समय आएको छ । यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउ पुग्छ भन्ने लाग्छ,’ उनले भने ।

यससँगै अहिले पनि विदेशी पर्यटक नेपाल आउन चाहेको र कतिपय बुकिङ अभैm क्यान्सिल नभएको जानकारी दिँदै जोशीले नेपाल आउन चाहने पर्यटकका लागि नेपाल खुला छ भन्ने गरी क्याम्पेन गर्नुपर्ने बताए । ‘अहिले सामान्य अवस्थामा जस्तो पर्यटक आउन सक्ने अवस्था छैन । तर, जो नेपाललाई माया गर्छन्, नेपाललाई राम्रोसँग बुझेका छन्, त्यस्ता ‘नेपाल प्रेमी’ पर्यटक अहिले पनि आफ्नो पुरानो बुकिङ रद्द नगरी पर्खेर बसेका छन् । यो नेपालका लागि सुखद पक्ष हो, त्यसलाई हामीले क्यास गर्नुपर्छ,’ उनले भने ।

नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणिकुमार लामिछानले पर्यटन बोर्डले अन्तरराष्ट्रिय क्षेत्रबाट पर्यटक आगमन हुने अवस्था नरहँदा पनि आन्तरिक पर्यटन चलायमान बनाउन बिदाको अवधारणा ल्याउनुपर्ने लबिङ गरिरहेको सन्दर्भमा यो प्रस्ताव कार्यान्वयन हँुदा नेपाली पर्यटनमा सकारात्मक प्रभाव पार्ने बताए ।

Wednesday, 16 September 2020

हवाई रूट सम्बन्धमा अझै टुंगो लाग्न सकेको छैन

 काठमाडौं । भैरहवामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम सकिनै लाग्दासमेत विमानस्थल सञ्चालनका लागि तय हुने भनिएको महेन्द्रनगर र नेपागञ्ज हवाई रूट सम्बन्धमा अझै टुंगो लाग्न सकेको छैन ।ती दुई रूटबारे भारतले सहमति नदिँदा विमानस्थल सञ्चालनको अन्योल पनि यथावत् छ । हवाई रूटमा भारतको असहमति हटाउन कूटनीतिक पहल आवश्यक भएको विज्ञहरूले बताउँदै आएका छन् ।

प्रधानमन्त्री केपी ओलीको पछिल्लो भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो हवाई रूटका विषयमा छलफल भए पनि त्यसपछि थप प्रगति नभएको पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

उड्डयन क्षेत्रका विज्ञ, मन्त्रालयका अधिकारीहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले यो विषयलाई उच्चस्तरीय कूटनीतिक तहबाटै पहल गर्नुपर्ने बताउँदै आएका छन् ।

हवाई रूटबारे भारतको राजनीतिक नेतृत्वले अहिलेसम्म हुँदैन नभने पनि त्यहाँको कर्मचारीतन्त्रका कारण यो विषय टुंगोमा पुग्न नसकेको पर्यटन मन्त्रालयका अधिकारीहरूको धारणा छ ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन मन्त्रालय सम्हालेयता विभिन्न मञ्चमा यस विषयमा भारतसँग कूटनीतिक पहल गर्ने बताउँदै आए पनि त्यसले कुनै सार्थक परिणाम दिन सकेको छैन ।

मन्त्री भट्टराईले गौतमबुद्ध विमानस्थल अंग्र्रेजी वर्ष सन् २०२१ को शुरूबाट सञ्चालनमा आउने र सोहीअनुरूप सबै काम भइरहेको जिकीर गर्दै आएका छन् ।

२०७५ असार २ गते नेपालमा सम्पन्न दुईपक्षीय वार्तामा भारत नेपाललाई थप चारओटा हवाई रूट दिन सहमत भएको थियो । तर, एयरपोर्ट अथोरिटी अफ इन्डियाले प्राविधिक विषय नमिलेको तथा त्यसको सुरक्षा मूल्यांकन (सेफ्टी एसेसमेन्ट) गर्न थप समय लाग्ने भन्दै तत्काल थप हवाई रूट दिन नसकिने जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो ।

भारतले गत असारमा भैरहवा, जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरबाट पनि प्रवेशबिन्दु दिन सहमति जनाएको थियो । तर, पछि पश्चिमका रूटमा सहमति नदिई भैरहवा र जनकपुरबाट मात्र क्रशबोर्डर हवाई प्रवेशबिन्दु दिन सहमति जनाएको थियो ।

यो रूटमा भारतले सुरक्षा चासो देखाउँदै अनुमति दिन नमानेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीको धारणा छ । पूर्वपश्चिम दुवैतर्पmलाट आउने विमानहरू हालसम्म सिमरा नजीकैको ‘रोमियो’ बिन्दुबाट नेपाल प्रवेश गर्छन् ।

भारत, हङकङ, सिंगापुर, मलेशिया, ढाका, बैंककलगायत ठाउँबाट आउने हवाईजहाज यही विन्दुबाट नेपाल प्रवेश गर्दै आएका छन् ।

नेपालले भारतसँग सिमराबाहेक महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, जनकपुर र विराटनगरको हवाई रूटसमेत उपलब्ध गराउन माग गर्दै आएको थियो ।

नेपाल बाहिर जाने जहाजले महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट बिन्दु प्रयोग गर्छन् । भारतको नयाँदिल्ली ‘फ्लाइट इन्फरमेशन रिजन’ (एफआईआर) बाट नेपाल प्रवेश गर्दा महेन्द्रनगरको प्रवेश बिन्दु छोटो पर्छ ।

तर, अनुमति नभएका कारण सिमरातर्फबाट घुमेर आउँदा इन्धन र हवाई दूरी बढी पर्न जान्छ । यस्तै, पोखराको हकमा नेपालको पश्चिमी भेगबाट आएका विमानहरू सिमरा पुगेर फेरि पोखरातिर मोडिनुपर्ने बाध्यता छ ।

त्यसको साटो नेपालगञ्जको आकाश हुँदै सीधै पोखरा अवतरण गर्दा रूट छोटो पर्ने मात्र नभई इन्धन पनि बचत हुने विज्ञको धारणा छ ।

प्राधिकरणका अनुसार यी दुई नयाँ प्रवेशबिन्दुमार्फत विमानहरू नयाँदिल्लीबाट काठमाडौं अवतरण गर्दा १४ नटिकल माइल दूरी घट्छ । भैरहवामा अवतरण गर्नुपर्दा १ सय ६९ र पोखराका लागि एक १ सय ६५ नटिकल माइल दूरी कम पर्छ । महेन्द्रनगर र नेपालगञ्ज रूट तत्काल नदिए पनि हाल सहमति दिएका रूटलाई व्यवस्थापन गर्ने गरी तयारी थाल्नुपर्ने प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम बताउँछन् । ‘हामीले मागेको पश्चिमका रूट दिन भारत सहमत भए नेपाललाई सहज हुनेछ । तर, त्यो नदिए पनि हाल सहमति भएका क्रशबोर्डर रूटबाटै सञ्चालनको तयारी गर्न बाँकी काम पूरा गर्नुपर्छ,’ उनले भने ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेटेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छन् । हालसम्म विमानस्थलको भौतिक प्रगति ९२ प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत रहेको पर्यटन मन्त्रालले जानकारी दिएको छ ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार अधिकांश उपकरण आइसके पनि अन्तरराष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन नसक्दा जडानका काम प्रभावित भएका छन् । विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ । ब्यागेज ह्यान्डलिङ, यात्रु सुरक्षा परीक्षण मेशिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा रहेको उनले बताए ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ मा शुरू भएको विमानस्थलको काम विभिन्न अवरोधले धकेलिँदै आएको छ ।

पछिल्लोपटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थल निर्माण अवधि थपिए पनि कोरोना संक्रमणका कारण थप ढिलाइ हुने देखिएको छ । विमानस्थल चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन समूहले निर्माण गरिरहेको छ ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रू. ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले बताएको छ ।

५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान

 काठमाडौं । सरकारले असोज १ बाट आन्तरिक उडान खोल्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकहरूले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेका छन् ।

सोमवारको मन्त्रिपरिषद् बैठकले असोज १ देखि शुरू हुने आन्तरिक हवाई उडानमा सीट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने निर्णय गरेको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधवार भएको छलफलमा असोज १ बिहीवारदेखि उडान खुला गर्ने निर्णय सार्वजनिक भए पनि ५० प्रतिशत यात्रु राखेर मात्र उडान गर्न नसकिने जानकारी हवाई व्यवसायीहरूले मन्त्रालयलाई दिएका छन् । ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्ने विषय अव्यावहारिक भएकाले असहमति व्यक्त गरेको वायुसेवा सञ्चालक संघका महासचिव तथा समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्की बताउँछन् ।

‘पहिलो कुरा उडानको मितिमै अन्योल देखिएको छ । अर्को कुरा विमान सेवा सञ्चालन गर्दा सबै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिने भएकाले आधा मात्र यात्रु राखेर उडाउनू भन्नु व्यावहारिक भएन । यसले दोब्बर भाडा बढ्छ । यस्तो अवस्थामा यात्रुले कसरी दोब्बर भाडा तिर्न सक्छन् ?’ उनले प्रश्न गरे ।

लामो समयदेखि बन्द उडान शुरू गर्ने सरकारको निर्णय स्वागतयोग्य भए पनि आधा यात्रु राखेर उडान गर्ने निर्णय असान्दर्भिक रहेकाले सच्याउनुपर्ने कार्की बताउँछन् । त्यसका लागि मन्त्रालयमा आग्रहसहितको पत्र दर्ता गरिएको उनले जानकारी दिए ।मन्त्रालयले यसअघि तोकिएको भाडादर लिन पाउने गरी सहमति गर्न प्रस्ताव गरे पनि त्यसरी उडान सम्भव नभएकाले स्ट्रोल र ट्रंक रूटमा तत्काल उडान नभर्ने निर्णय भएको संघका प्रवक्ता तथा हेली एभरेस्टका सञ्चालक योगराज कँडेलले बताए ।

यसबारे पर्यटन सचिवमार्फत सरकारलाई जानकारी गराइएकाले पुनर्विचार गर्नेमा आफूहरू सकारात्मक रहेको उनको भनाइ छ ।सरकारले कोरोना महामारीका कारण करीब ५ महीनाभन्दा बढी समयदेखि बन्द गरेको अन्तरराष्ट्रिय उडानलाई भदौ १६ गते (सेप्टेम्बर १ तारीख) बाट नियन्त्रित रूपमा खोलेको थियो ।

यस्तै, भदौ १६ गतेबाट नै आन्तरिक उडान खोल्ने निर्णय गरे पनि काठमाडौंलगायत विभिन्न जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि आन्तरिक उडानलाई पुनः बन्द गर्ने निर्णय गरेको थियो ।पछिल्लोपटक उडान खोल्न व्यवसायीहरूले दबाब दिँदै आएका थिए । लामो समयदेखि बन्द आन्तरिक उडान खोल्ने निर्णय भए पनि अन्ततः आधा वा पूरा क्षमता भन्ने विषयले उडान हुने÷नहुनेमा थप अन्योल सृजना भएको छ ।

बहराइनका राजकुमार नेपालमा
कोरोना महामारीकै बीच बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीसहितको टोली नेपाल भ्रमणमा आएको छ । बहराइनका राजकुमारसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणका लागि बुधवार काठमाडौं आइपुगेको हो ।महामारीका बीचमै बहराइनका राजकुमारको नेपाल भ्रमण हुनुले पर्यटनमा नयाँ आशा पलाएको व्यवसायीको धारणा छ ।काठमाडौं आइपुगेका राजकुमार ६ दिन गोकर्ण फरेस्ट रिसोर्टमा क्वारेन्टाइनमा बस्ने र सातौं दिन सोलुखुम्बुको लुक्ला प्रस्थान गर्ने कार्यक्रम रहेको सेभेन समिटका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए । १८ जनाको टोलीमध्ये १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् ।

राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्युड गाइड खटाइनेछ ।

Saturday, 12 September 2020

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : हवाई रूटबारे अन्योल कायमै

 २०७७ भदौ, २८

काठमाडौं । भैरहवामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम सकिनै लाग्दासमेत विमानस्थल सञ्चालनका लागि तय हुने भनिएको महेन्द्रनगर र नेपागञ्ज हवाई रूट सम्बन्धमा अझै टुंगो लाग्न सकेको छैन ।ती दुई रूटबारे भारतले सहमति नदिँदा विमानस्थल सञ्चालनको अन्योल पनि यथावत् छ । हवाई रूटमा भारतको असहमति हटाउन कूटनीतिक पहल आवश्यक भएको विज्ञहरूले बताउँदै आएका छन् ।प्रधानमन्त्री केपी ओलीको पछिल्लो भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो हवाई रूटका विषयमा छलफल भए पनि त्यसपछि थप प्रगति नभएको पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

उड्डयन क्षेत्रका विज्ञ, मन्त्रालयका अधिकारीहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले यो विषयलाई उच्चस्तरीय कूटनीतिक तहबाटै पहल गर्नुपर्ने बताउँदै आएका छन् ।हवाई रूटबारे भारतको राजनीतिक नेतृत्वले अहिलेसम्म हुँदैन नभने पनि त्यहाँको कर्मचारीतन्त्रका कारण यो विषय टुंगोमा पुग्न नसकेको पर्यटन मन्त्रालयका अधिकारीहरूको धारणा छ ।पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन मन्त्रालय सम्हालेयता विभिन्न मञ्चमा यस विषयमा भारतसँग कूटनीतिक पहल गर्ने बताउँदै आए पनि त्यसले कुनै सार्थक परिणाम दिन सकेको छैन ।

मन्त्री भट्टराईले गौतमबुद्ध विमानस्थल अंग्र्रेजी वर्ष सन् २०२१ को शुरूबाट सञ्चालनमा आउने र सोहीअनुरूप सबै काम भइरहेको जिकीर गर्दै आएका छन् ।२०७५ असार २ गते नेपालमा सम्पन्न दुईपक्षीय वार्तामा भारत नेपाललाई थप चारओटा हवाई रूट दिन सहमत भएको थियो । तर, एयरपोर्ट अथोरिटी अफ इन्डियाले प्राविधिक विषय नमिलेको तथा त्यसको सुरक्षा मूल्यांकन (सेफ्टी एसेसमेन्ट) गर्न थप समय लाग्ने भन्दै तत्काल थप हवाई रूट दिन नसकिने जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो ।

भारतले गत असारमा भैरहवा, जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरबाट पनि प्रवेशबिन्दु दिन सहमति जनाएको थियो । तर, पछि पश्चिमका रूटमा सहमति नदिई भैरहवा र जनकपुरबाट मात्र क्रशबोर्डर हवाई प्रवेशबिन्दु दिन सहमति जनाएको थियो ।

यो रूटमा भारतले सुरक्षा चासो देखाउँदै अनुमति दिन नमानेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीको धारणा छ । पूर्वपश्चिम दुवैतर्पmलाट आउने विमानहरू हालसम्म सिमरा नजीकैको ‘रोमियो’ बिन्दुबाट नेपाल प्रवेश गर्छन् ।भारत, हङकङ, सिंगापुर, मलेशिया, ढाका, बैंककलगायत ठाउँबाट आउने हवाईजहाज यही विन्दुबाट नेपाल प्रवेश गर्दै आएका छन् ।नेपालले भारतसँग सिमराबाहेक महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, जनकपुर र विराटनगरको हवाई रूटसमेत उपलब्ध गराउन माग गर्दै आएको थियो ।

नेपाल बाहिर जाने जहाजले महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट बिन्दु प्रयोग गर्छन् । भारतको नयाँदिल्ली ‘फ्लाइट इन्फरमेशन रिजन’ (एफआईआर) बाट नेपाल प्रवेश गर्दा महेन्द्रनगरको प्रवेश बिन्दु छोटो पर्छ ।

तर, अनुमति नभएका कारण सिमरातर्फबाट घुमेर आउँदा इन्धन र हवाई दूरी बढी पर्न जान्छ । यस्तै, पोखराको हकमा नेपालको पश्चिमी भेगबाट आएका विमानहरू सिमरा पुगेर फेरि पोखरातिर मोडिनुपर्ने बाध्यता छ ।त्यसको साटो नेपालगञ्जको आकाश हुँदै सीधै पोखरा अवतरण गर्दा रूट छोटो पर्ने मात्र नभई इन्धन पनि बचत हुने विज्ञको धारणा छ ।

प्राधिकरणका अनुसार यी दुई नयाँ प्रवेशबिन्दुमार्फत विमानहरू नयाँदिल्लीबाट काठमाडौं अवतरण गर्दा १४ नटिकल माइल दूरी घट्छ । भैरहवामा अवतरण गर्नुपर्दा १ सय ६९ र पोखराका लागि एक १ सय ६५ नटिकल माइल दूरी कम पर्छ । महेन्द्रनगर र नेपालगञ्ज रूट तत्काल नदिए पनि हाल सहमति दिएका रूटलाई व्यवस्थापन गर्ने गरी तयारी थाल्नुपर्ने प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम बताउँछन् । ‘हामीले मागेको पश्चिमका रूट दिन भारत सहमत भए नेपाललाई सहज हुनेछ । तर, त्यो नदिए पनि हाल सहमति भएका क्रशबोर्डर रूटबाटै सञ्चालनको तयारी गर्न बाँकी काम पूरा गर्नुपर्छ,’ उनले भने ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेटेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छन् । हालसम्म विमानस्थलको भौतिक प्रगति ९२ प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत रहेको पर्यटन मन्त्रालले जानकारी दिएको छ ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार अधिकांश उपकरण आइसके पनि अन्तरराष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन नसक्दा जडानका काम प्रभावित भएका छन् । विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ । ब्यागेज ह्यान्डलिङ, यात्रु सुरक्षा परीक्षण मेशिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा रहेको उनले बताए ।सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ मा शुरू भएको विमानस्थलको काम विभिन्न अवरोधले धकेलिँदै आएको छ ।पछिल्लोपटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थल निर्माण अवधि थपिए पनि कोरोना संक्रमणका कारण थप ढिलाइ हुने देखिएको छ । विमानस्थल चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन समूहले निर्माण गरिरहेको छ ।एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रू. ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले बताएको छ ।

Wednesday, 9 September 2020

काठमाडौं उपत्यकामा शर्तसहितको निषेधाज्ञा थप खुकुलो

 काठमाडौं । व्यावसायिक क्षेत्रले निषेधाज्ञा जारी भए आआफ्ना व्यवसाय सञ्चालन गरी अवज्ञा गर्ने बताइरहँदा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई बिहीवारबाट केही खुकुलो बनाइने भएको छ ।

बुधवार बसेको उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भदौ २५ देखि निषेधाज्ञालाई केही खुकुलो पार्दै व्यापार, व्यवसाय र उद्योग कलकारखाना चलाउन शर्तसहित अनुमति दिएको हो ।बैठकले बुधवार मध्यरातदेखि भदौ ३१ गते मध्यरातसम्मका लागि लागू हुने गरी निषेधाज्ञाका बेलामा विभिन्न सेवा सञ्चालन गर्न छूट दिने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गर्दै आएको छ ।

पछिल्लो समय निजीक्षेत्रले सरकारलाई निषेधाज्ञा खुकुलो बनाउन दबाब दिन थालेको थियो । निजीक्षेत्र र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको आइतवारको छलफलमा पनि निजीक्षेत्रको यही माग थियो । यसबीचमा अटोमोबाइल व्यवसायीले निषेधाज्ञा थपिए अवज्ञा गर्ने चेतावनी दिएका थिए भने यातायात व्यवसायीले असोजबाट सार्वजनिक यातायात सञ्चालन गर्ने बताएका थिए ।

स्थानीय प्रशासनको पछिल्लो निर्णयअनुसार उपत्यकाभित्र जोरबिजोर प्रणालीमा निजी र सार्वजनिक यातायात सञ्चालन गर्न पाइने भएको छ । १६ सीट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने, भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनिका बालबालिका २ जना राखी चलाउन सकिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै, निजी सवारीसाधन पनि स्वास्थ्य मापदण्ड पालना गरी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिइनेछ । तर, मालवाहक तथा अत्यावश्यक सामग्री आपूर्ति गर्ने सवारीसाधनको हकमा भने जोरबिजोर लागू हुने छैन ।

निषेध गरिएका क्षेत्रहरू
जारी निषेधाज्ञामा खुला स्थानमा भीडभाड हुन, भेला हुन तथा जुलुस गर्न तथा नित्य पूजापाठबाहेक धार्मिक स्थलमा अन्य गतिविधि सञ्चालन गर्न पाइने छैन ।

भीडभाड हुने उद्योग कलकारखाना, व्यापार व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्डविपरीत हुने क्रियाकलाप गर्न पनि निषेध गरिएको छ ।शैक्षिक संस्थाहरू सञ्चालन गर्न, सुरक्षा मापदण्डविपरीत श्रमिकको ओसारपसार गर्न, सभा, गोष्ठी, तालीम, सेमिनार सिनेमा हल, पार्टी प्यालेस, सैलुन ब्युटीपार्लर, चिडियाखाना सञ्चालनमा पनि रोक लगाइएको छ ।

आलोपालो प्रणालीबाट पसल खोल्न पाइने
बिहीवारदेखि उपत्यकामा वारअनुसार आलोपालो गरी पसल खोल्न दिने व्यवस्था गरिएको छ । बजारमा बढी भीड बढ्न नदिन समय र वारअनुसार पसल खोल्न दिन लागिएको हो ।खाद्यान्न, दूध, फलफूल, तरकारी, मासु विक्री गर्ने पसलहरू दैनिक बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला रहनेछन् । त्यस्तै, विकास निर्माणसँग सम्बद्ध सामग्री विक्री गर्ने पसल व्यवसाय र सोको ढुवानी गर्ने सवारीसाधन दिउँसो २ देखि बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।यस्तै, तयारी खाद्यवस्तुको टेकअवे र अनलाइन डेलिभरी दिउँसो १२ देखि बेलुका ७ बजेसम्म मात्र गर्न पाइनेछ ।

सहकारी संस्थाहरू स्वास्थ्य मापदण्ड अपनाएर बिहान ११ देखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्तापसल, कस्मेटिकलगायत पसल मापदण्ड पालना गरेर साताको सोमवार, बुधवार र शनिवार खोल्न पाइनेछ ।भाँडा र भान्साजन्यका साथै सोही प्रकृतिका अन्य पसल साताको आइतवार, मंगलवार र शुक्रवार मात्र खोल्न पाइनेछ ।

फर्निचर र अटोमोबाइलसम्बन्धी पसल सातामा सोमवार र बुधवार खुला रहनेछन् । फुटपाथ, ठेला, स्टेशनरी इलेक्ट्रिक र इलेक्ट्रोनिक पसल र डिपार्टमेन्ट स्टोरहरू बिहान ११ सम्म र बेलुका ४ देखि ७ बजेसम्म खुल्नेछन् ।सवारीसाधनका वर्कसपहरू बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ । तर, यी सबैमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

Sunday, 30 August 2020

लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा भदौ मसान्तपछि मात्रै खुल्ने

 भाद्र १५, काठमाडौं । सरकारले लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा भदौ मसान्तपछि मात्रै खोल्ने निर्णय गरेको छ ।

आइतवार  राती बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेदेखि चल्न दिने भनेको लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सञ्चालन गर्ने समय भदौ मसान्तसम्म सारेको छ ।  

यसअघि सरकारले भदौ १५ गतेबाट लामो, मध्यम तथा छोटो दूरीको सार्वजनिक बस सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यस्तै सार्वजनिक बस सेवा, स्कुल–कलेजका परीक्षा, खेलकुद प्रशिक्षण पनि भदौ मसान्तपछि मात्रै खुला हुने भएका छन् । सरकारले अन्तर जिल्ला  यातायात र आन्तरिक हवाई उडान पनि भदौ मसान्तसम्म नखोल्ने भएको छ ।
 

थप तीनओटा देशमा हवाई सम्झौता गर्ने सरकारको तयारी नियमित उडानमा बढी भाडा नलिन सचेत गराउने मन्त्रालयको निर्णय

 भदौ, १४ काठमाडौं । सरकारले तीनओटा देशमा हवाई सम्झौता गर्ने तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतवार भएको मन्त्रालयको उच्च स्तरीय व्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको प्रकृया अघि बढाउने निर्णय गरेको हो । 

नेपालले हालसम्म ४० ओटा मुलुकहरुसँग द्विपक्षीय हवाई सेवा सम्झौता तथा समझदारी–पत्रमा हस्ताक्षर गरेको छ । अन्तरराष्ट्रिय उडानतर्फ ३ ओटा नेपाली वायुसेवा र २७ ओटा विदेशी वायुसेवा गरी ३० ओटा वायुसेवाले १५ मुलुकका ३२ ओटा गन्तव्यमा उडान सञ्चालन गरिरहेका छन् ।  

नेपालले पछिल्लो पटक १ अक्टोबर २०१९ मा अस्ट्रेलियासँग हवाई सम्झौता गरेको थियो । अष्ट्रेलिया नेपालसँग हवाई सम्झौता गर्ने ४० औं मुलुक हो । नेपालले दक्षिण एशिया, दक्षिण पूर्व एशिया र मध्यपूर्वका कुनै २ विन्दु उपयोग गर्दै मध्यवर्ती विन्दु भएर पाँचौ ट्राफिक अधिकार (फिफ्थ फ्रीडम) उपभोग गर्न पाउन गरी अष्ट्रेलियासँग सम्झौता गरेको थियो । त्यसअघि नेपाल ३९ औं मुलुकका रुपमा कम्बोडियासँग हवाई सम्झौता गरेको थियो । 

सम्झौताको तयारी गरिएका देशमध्ये फिनल्यान्ड आफैले नेपालसँग हवाई सम्झौताका लागि रुचि देखाएको थियो । अन्य मुलुकसँग नेपाल आफैले चासो बढाएको थियो । 

यसैबीच आइतवारको बैठकले भदौ १६ गतेदेखि नियमिति उडान हुने हुँदा वायुसेवा कम्पनीहरुले कोभिड-१९ को महामारी पूर्व नियमित अवस्थामा लिने हवाई भाडा दरभन्दा बढी नलिनतर्फ सबै वायुसेवा निगमहरुसँग समन्वय गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीहरुलाई सचेत गराउने निर्णय गरेको छ । 

यसअघि भएका विभिन्न चार्टर उडानमा विमान सेवा कम्पनी र ट्राभल एजेन्सीहरु मिलेर बढि भाडा लिएको भन्दै मन्त्रालयले छानविन समिति गठन समेत गरेको थियो । तर समितिले दिएको प्रतिवेदन अनुरुप मन्त्रालयले कारबाही भने गरेको छैन । 

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयको वार्षिक कार्ययोजनामा समावेश गरिएका माईलस्टोनहरुलाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए । उनले कामलाई प्रभावकारी बनाउन र समयमै सम्पन्न गर्नतर्फ सबैको ध्यान जानुपर्ने बताए ।  

यसैबीच मन्त्रालयले नेपालीहरु स्वदेश फिर्ति लगायतका विषयलाई अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति बनाएको छ । समितिको सदस्यहरुमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुुनिल शर्मा रहेका छन् । 

समितिलाई हवाई उडान भाडादर यात्रुहरुको परिवहनका विषयमा अनुगमन गर्ने, होटलले प्रदान गर्ने मापदण्डको विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण प्रदान गर्ने, हान लगायतका संघ संस्थाहरुसँग आवश्यक समन्वय गर्ने र स्वदेश फिर्ता प्रकृयासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने कार्यादेश तोकिएको छ । 

यस्तै बैठकले हिमाल आरोहणका लागि खटाईने सम्पर्क अधिकृत र रेस्क्यु लगायतका विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय समेत गरेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

Friday, 28 August 2020

आन्तरिक उडानमा विदेशीले तिर्ने डलर भाडा हटाउने तयारी

 काठमाडौं । आन्तरिक उडानको हवाई भाडामा नेपाली र विदेशीका निम्ति एकरूपता कायम गर्ने उद्देश्यले सरकारले डलर फेयर प्रावधान हटाउने तयारी गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापा संयोजकत्वको हवाई भाडा पुनरवलोकन समितिले पाँच क्षेत्रबाहेक सबैमा लागू रहेको डलर फेयर हटाउन सरकारलाई सिफारिश गरेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त प्रावधान हटाउने तयारी गरेको हो ।

उक्त समितिमा निजी वायुसेवा संघका उपाध्यक्ष यती एयरका प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र संघका महासचिव एवम् समिट एयरका प्रबन्धक मनोज कार्की पनि सदस्यका रूपमा थिए ।

तर, नेपाली वायुसेवा सञ्चालकहरूले भने सरकारले आन्तरिक उडानमा स्वदेशी र विदेशीलाई एउटै भाडा दर कायम गरे अहिलेको भाडादरभन्दा कैयौं गुणा महँगो हुन सक्ने भन्दै विरोध गरेका छन् । निजी वायु सेवाहरूले आन्तरिक उडानमा विदेशीका निम्ति डरलमा भाडा लिँदै आएका छन् ।

समितिले चितवनको भरतपुर, मुस्ताङको जोमसोम, कास्कीको पोखरा, सोलुखुम्बुको लुक्ला र संखुवासभाको तुम्लिङटार विमानस्थलमा हुने उडानमा मात्र विदेशीसँग डलरमा हवाई भाडा लिन पाइने सिफारिश गरेको छ ।

मंगलवार मन्त्रालयमा गत आर्थिक वर्षको वार्षिक प्रगति पुस्तिका सार्वजनिक कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले समेत डलर फेयर हटाउने विषयमा काम भइरहेको बताएका थिए ।

तर, हवाई सेवा सञ्चालकहरूले भने डलर फेयर हटाउँदा विमान सेवा कम्पनीहरू बन्द हुने अवस्था आउन सक्ने भन्दै उक्त निर्णयको विरोध गरेका छन् । आन्तरिक उडानमा स्वदेशी र विदेशीका निम्ति समान भाडा दरको प्रावधान कार्यान्वयन गरे सरकारलाई तालाचाबी बुझाउन बाध्य हुने वायुसेवा कम्पनीहरूले चेतावनी दिएका छन् ।

विदेशीसँग डलर फेयर लिएकै कारण सोही आधारमा नेपाली यात्रुलाई सहुलियत दरमा सेवा प्रदान गरिएको वायुसेवा सञ्चालक संघले बताएको छ ।

संघ पदाधिकारीका अनुसार सरकारले डलर फेयर प्रावधान हटाए आन्तरिक हवाई भाडा अहिले तिर्दै आएभन्दा करीब तीन गुणा बढी हुनेछ । यस्तो भाडा नेपाली हवाई यात्रुले थेग्नै नसक्ने संघको दाबी छ ।

भाडामा स्वदेशी–विदेशीलाई समानता गरिए निजीक्षेत्रका आन्तरिक हवाई सेवा बन्द गर्नुपर्ने अवस्था आउन सक्ने वायुसेवा सञ्चालकहरूको टिप्पणी छ ।
मन्त्री भट्टराईले भने यस विषयमा वायुसेवा सञ्चालकसँग परामर्श गरेरै निर्णयमा पुगिने जानकारी दिए ।

‘भाडादरका विषयमा अध्ययन गर्न कार्यदल नै गठन भएको छ ।

सोही कार्यदलले दिएको सुझावअनुसार वायुसेवा कम्पनीहरूसँग सहमति गरेर एकरूपता ल्याउने प्रयास भएको हो,’ मन्त्री भट्टराईले भने ।

आन्तरिक उडानको टुंगो छैन
यसैबीच पर्यटनमन्त्री भट्टराईले मुलुकका धेरै ठाउँमा निषेधाज्ञा जारी भएका कारण तत्काल उडान सुचारू हुने अवस्था नभएको बताएका छन् ।

केही हिमाली र पहाडी जिल्लामा भने उडान सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिए । ‘देशका विभिन्न ठाउँहरूमा निषेधाज्ञाको जारी रहेकाले तत्काल विमान चल्ने अवस्था छैन । तर, मन्त्रालयले केही हिमाली र पहाडी जिल्लाबाट उडान सञ्चालन गर्न सकिनेबारे छलफल चलाइरहेको छ । वायु सेवा सञ्चालकहरूसँग कुरा गरेर निष्कर्षमा पुग्छौं । मन्त्रिपरिषद्मा यससम्बन्धी प्रस्ताव लग्ने तयारी भइरहेको छ । उक्त प्रस्ताव पारित भएपछि छिट्टै उडान थाल्छौं,’ उनले भने । आउँदो दशैंतिहार लक्षित गरी आन्तरिक उडान सुचारू हुने मन्त्री भट्टराईले बताए ।

यसैबीच पर्यटन मन्त्रालयले गत आवमा कुल बजेटको ६० प्रतिशत खर्च गरेको छ । मन्त्री भट्टराईले आव ०७६/०७७ मा विविध कारणले उत्साहजनक प्रगति नभए पनि निराशै हुनुपर्ने अवस्था भने नरहेको बताए । त्रिभुवन विमानस्थलको रनवे, ट्याक्सी वेजस्ता लामो समयसम्म हुन नसकेका काम सम्पन्न भएको, गौतम बुद्ध विमानस्थल र पोखरा विमानस्थल निर्माणको कामले बन्दाबन्दीका बेला पनि निरन्तरता पाइरहेको मन्त्री भट्टराईले दाबी गरे । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपालका विभिन्न ठाउँमा रोकिएका पर्यटकलाई उद्धार गरी स्वदेश फिर्ता पठाइएकाका कारण नेपालको पर्यटन क्षेत्रको छवि उँचो बनेको बताए ।

 

Thursday, 27 August 2020

निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि विनियोजित डेढ अर्बभन्दा बढी रकम खर्च हुन सकेन

 काठमाडाैं । बाराको निजगढमा निर्माण गर्ने भनिएको दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका लागि आर्थिक वर्ष २०७६/७७ विनियोजित डेढ अर्बभन्दा बढी रकम खर्च हुन सकेन । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वन मन्त्रालयबीच समन्वय नहुँदा विमानस्थल निर्माणका लागि विनियोजित उक्त रकम खर्च हुन नसकेको हो ।

निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बनाउन पहिलो चरणमा रूख काट्ने तथा बस्ती स्थानान्तरणलगायत कामका लागि बजेट छुट्ट्याइए पनि वन मन्त्रालयसँगको समन्वय अभावमा कामै नभएपछि उक्त रकम खर्च हुन नसकेको पर्यटनमन्त्री योगेश भट्टराईले बताए । मन्त्रालयबाट गत आर्थिक वर्षमा भएका प्रगति विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री भट्टराईले कतिपय काम अन्तरमन्त्रालय समन्वयमै गर्नुपर्ने भए पनि त्यो हुन नसक्दा समग्र विकास आयोजनाहरू नै प्रभावित हुने गरेको जानकारी दिए ।

‘निजगढ विमानस्थलमा करीब डेढ अर्ब रुपैयाँ तथा भैरहवा विमानस्थलमा करीब ३ अर्ब रकम खर्च हुन नसक्दा मन्त्रालयको समग्र प्रगतिमा बाधा पुगेको छ । निजगढमा वन मन्त्रालयसँगको समन्वय हुन नसक्दा समस्या आएको हो,’ उनले भने ।

भैरहवाको हकमा भने निर्माण रोकिँदा, विमानस्थलका लागि आवश्यक प्राविधिक सामान ल्याउन तथा त्यसको भुक्तानी हुन नसक्दा रकम खर्च नभएको हो ।

विमानस्थल निर्माणका लागि काटिने रूख र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) का सम्बन्धमा सर्वोच्च अदालतमा दुई मुद्दा परेपछि पर्यटन र वन मन्त्रालयबीचको समन्वयमा पनि समस्या आएको थियो । पर्यटन मन्त्रालयले रूख कटान आदेशका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजान वन मन्त्रालयलाई पत्र पठाइसकेको थियो । पर्यटनले पहिलो चरणमा एउटा धावन मार्ग, टर्मिनल भवन बनाउन रूख काट्नुपर्ने भन्दै वनलाई पत्र पठाएको थियो ।

यसअघि नागरिक उड्डयन प्राधिकरणले नेपाली सेनालाई रूख काट्ने र ‘पेरिफेरियल’ सडक निर्माण जिम्मा दिइसकेको थियो । तर, विवाद उब्जिएपछि सेनाले पनि काम गर्न नसक्दा विनियोजित बजेट खर्च हुन सकेन ।

हाल वन मन्त्रालय तथा प्रदेश सरकारसँगको समन्वयमा विमानस्थल बन्ने १ हजार ९ सय हेक्टर क्षेत्रभित्र रूख गणना जारी रहेको छ । हालसम्म ६० हजार रूख गणना भइसकेको छ ।

विमानस्थल क्षेत्रभित्र पर्ने जग्गाको मुआब्जा वितरण करीब ९० प्रतिशत सकिएको र टाँगिया बस्ती स्थानान्तरणका लागि वैकल्पिक स्थानको खोजी भएको मन्त्री भट्टराईले बताए ।
चालू आर्थिक वर्षमा निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण शुरू गर्ने, भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने र पोखरा विमानस्थल सम्पन्न गरी सञ्चालनको तयारी गरिने सरकारको योजना छ ।

Monday, 24 August 2020

चिनियाँ जहाज व्यवस्थापनको विषयमा पर्यटन मन्त्रालयले माग्यो अर्थसँग राय

 वि सं २०७७ भाद्र ८ सोमवार

https://www.abhiyandaily.com/newscategory-detail/373358

काठमाडौं । गत साउन १५ देखि उडान बन्द गरिएका ६ ओटा चिनियाँ जहाज वस्थापनको विषयमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयसँग राय मागेको छ । चिनियाँ जहाज सञ्चालन गर्दा निगमले आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७६/७७ सम्म करीब २ अर्ब ३० करोड रुपैयाँ घाटा बेहोरेको थियो ।

निगम सञ्चालक समितिको गत साउनमा बसेको बैठकले चिनियाँ जहाजबाट उडान गर्न नसकिने निर्णय गर्दै जहाज व्यवस्थापनका लागि पर्यटन मन्त्रालयमा प्रस्ताव पठाएको थियो । निगम सञ्चालक समितिले चिनियाँ जहाजका कारण ठूलो घाटा लागेकाले आगामी दिनमा उडानलाई निरन्तरता दिन सकिने आधार नभएको भन्दै बन्द गर्ने निर्णय गरेको थियो ।

निगमले जहाजको उडान बन्द गरेसँगै त्यसको कारणसहितको निर्णय पर्यटन मन्त्रालयमा पठाएपछि थप राय माग्न उक्त प्रस्ताव अर्थ मन्त्रालयमा पेश गरिएको पर्यटन मन्त्रालयले बताएको छ । निगम सञ्चालक समितिले घाटामा गएपछि चिनियाँ जहाज चलाउन सकिँदैन भनेर निर्णय नै गरिसकेको अवस्थामा अब के गर्ने भन्नेबारे सरकारले निर्णय गरेर निगमलाई व्यवस्थापनको जिम्मा दिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले जानकारी दिए ।

‘चिनियाँ जहाजबाट उडान सम्भव नभएपछि नयाँ ल्याउनुको विकल्प छैन । त्यसका लागि निगमलाई प्रक्रिया शुरू गर्न भनिसकेको छु,’ उनले भने, ‘चिनियाँ जहाज सरकारले बेच्ने, भाडामा लगाउने वा अन्य कुनै विकल्पमध्ये जुन सहज हुन्छ, सोहीअनुसार व्यवस्थापन गर्न निगमलाई जिम्मेवारी दिइनेछ ।’

सरकारले आन्तरिक उडानका लागि १८–सीटे चारओटा वाई–१२ र ५६–सीटे दुईओटा एमए–६० गरी ६ ओटा चिनियाँ जहाज विभिन्न चरणमा ल्याएको थियो । तीमध्ये अहिले एमए–६० र एउटा वाई–१२ जहाज मात्र उडानयोग्य छन् । अर्को एमए–६० र दुईओटा वाई–१२ जहाज भने लामो समयदेखि ग्राउन्डेड अवस्थामा छन् । नेपालगञ्जमा दुर्घटना भएको अर्को वाई–१२ त्यही ग्राउन्डेड छ । ६ ओटा जहाजमध्ये दुईओटा चिनियाँ सरकारको अनुदानमा उपलब्ध हुन् भने चारओटा सहुलियतपूर्ण ऋणमा ल्याइएका हुन् ।

निगमको प्रस्तावपछि अब के गर्ने भन्नेबारे अर्थ मन्त्रालयसँग राय मागिएको पर्यटन मन्त्रालयका सहसचिव तथा सूचना अधिकारी सुरेश आचार्यले जानकारी दिए । मन्त्रालययको रायपछि मात्रै चिनियाँ जहाज भाडामा दिने, बेच्ने वा आफै सञ्चालन गर्ने भन्ने विषयमा स्पष्ट हुने उनले बताए । ‘यी जहाजमध्ये दुईओटा नेपाल सरकार र चीन सरकारबीच अनुदान सम्झातौमा आएका छन् । बाँकी चारओटा पनि सहुलियतपूर्ण ऋणमा ल्याइएको हो,’ उनले भने, ‘यी जहाज सरकार आफैले किनेको र अर्थ मन्त्रालयले किस्ता तिरिरहेको अवस्थामा अब कसरी जाने भन्ने अर्थको रायपछि मात्र थाहा हुन्छ ।’

सहसचिव आचार्यका अनुसार जहाज सञ्चालन हुन नसकेको अवस्थामा वितरक (सप्लायर्स)सँग पनि सुझाव लिनुपर्ने प्रावधान सम्झौतामा रहेकाले सबै प्रक्रिया पूरा गरेर मात्र निगमलाई जहाज व्यवस्थापनको जिम्मा दिइनेछ ।

उडान बन्द गरिएका चिनियाँ जहाज राज्यकै सम्पत्ति भएकाले यसबारे सरकारले नै निर्णय गर्ने निगमका कार्यकारी अध्यक्ष सुशील घिमिरेले बताए । निगम सञ्चालक समितिले चिनियाँ जहाजको बीमा रकम अन्य जहाजहरूको भन्दा करीब ३५ प्रतिशतले बढी रहेको, पाइलटहरू उपलब्ध नहुँदा सञ्चालन महँगो परेकाले बन्द गर्नुपरेकोे निष्कर्ष निकालेको थियो । यस्तै समितिले यी जहाजको पार्टपुर्जा समान क्षमताका अन्य जहाजभन्दा करीब ७५ प्रतिशतले महँगो रहेको, जहाज ग्राउन्डेड भइसकेपछि पार्टपुर्जा अर्डर गर्दा अधिक समय लाग्ने गरेको लगायत कारण देखाउँदै उडान बन्द गर्ने निर्णयसहित मन्त्रालयमा जानकारी पठाएको थियो ।

Saturday, 22 August 2020

भदौ १६ गतेदेखि निश्चित शर्तसहित नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने

 भदौ ६, काठमाडौं । सरकारले बन्दाबन्दीको पाँच महीनापछि अर्थात आगामी भदौ १६ गतेदेखि निश्चित शर्तसहित नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने भएको छ । कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशहरूबाट शर्तसहितको नियमित उडान गर्ने भएको हो ।

मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले भदौ १६ गतेदेखि शर्तसहित निश्चित आधारमा नियमित उडान शुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

मन्त्री डा खतिवडाले दैनिक ५०० जना यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय भएको बताए । त्यस प्रयोजनका निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने जिम्मेबारी दिइएको छ । मन्त्रालयले निश्चित आधारमा उडान तालिका तयार गर्नेछ ।  

प्रवक्ता डा खतिवडाका अनुसार पीसीआर परीक्षण सहज भएका मुलुकहरू मलेशिया, यूएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र यूरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउनेगरी नियमति उडान गरिनेछ ।
    
    बैठकले पीसीआिर सहज नभएका मुलुकहरू कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ ।    नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर उडान गरेर ल्याउन सकिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

    यसरी आउने यात्रुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ । विदेशबाट आउने यात्रु काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ । पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरू एउटै विमानमा आए सबैलाई क्वारेन्टाइनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्छ ।

यस्तै पीसीआर टेष्ट सहज नभएका मुलुकहरूमा चार्टर फ्लाइट मात्र सञ्चालन  हुने जनाइएको छ । पीसीआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा संक्रमण फैलिने जोखिम रहने भन्दै उनले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर उडान गर्न सकिने बताए । 

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारी संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म देशभर बन्दाबन्दी लागू गरेको थियो ।

तत्कालीन परिस्थितिमा संक्रमणदर कम भएको आँकलन गरी विज्ञहरूको सुझावमा सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तरराष्ट्रिय व्यवसायिक उडान शुरु गर्ने घोषणा गरेको थियो । तथापि, राजधानी काठमाडौंसहित देशभर कोभिड–१९ का संक्रमित बढेपछि सरकारले पुनः भदौ १५ गतेसम्म व्यावसायिक उडान नखोल्ने निर्णय गरेको थियो ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल मुलुकभर कोभिड–१९ संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । व्यवसायिक उडान ठप्प हुदाँ वायु सेवा प्रदायक कम्पनीलाई नराम्ररी असर परेको छ । यसले मुलुकको समग्र हवाई क्षेत्र थलिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० ओटा वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् 

Tuesday, 18 August 2020

मौद्रिक नीति कार्यान्वयनको लागि राष्ट्र बैंकले अधिकतम प्रयास गर्छ: गभर्नर अधिकारी

https://www.facebook.com/watch/live/?v=821485261989261

http://www.nepalinetwork.com/news-details/1405

भाद्र १५ सम्मको अवस्था हेरेर मात्र पर्यटन , उड्डयन क्षेत्र खोल्ने नखोल्ने निर्णय हुन्छ : मन्त्री भट्टराई

http://www.nepalinetwork.com/news-details/1408

https://www.facebook.com/radionrn/videos/300578781046173

आन्तरिक उडानका लागि नयाँ विमान किन्ने योजनामा नेवानि ग्राउन्डेड चिनियाँ हवाई जहाज के गर्ने भन्ने विषयमा सरकार नै बेखबर

 https://www.abhiyandaily.com/newscategory-detail/372998

। २०७७ भदौ, २

काठमाडौं 

अर्बौं रुपैयाँ लागतमा किनिएका चिनियाँ जहाजको उडान हालै बन्द गरेको नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि पाँचओटा नयाँ जहाज किन्ने प्रक्रिया अघि बढाएको छ । आन्तरिक उडानमा बलियो उपस्थिति जनाउने भन्दै निगमले व्यापारिक योजना (बिजनेश प्लान) तयार पारेर सरोकारवाला पर्यटन मन्त्रालयमा पेश गर्ने तयारी गरेको छ ।

आन्तरिक उडानमा बलियो उपस्थिति जनाउने उद्देश्यसहित पर्यटन मन्त्रालयमा बिजनेश प्लानसहितको प्रस्ताव पेश गर्ने तयारी भएको निगमले जानकारी दिए पनि ग्राउन्डेड चिनियाँ विमान के गर्ने भन्ने टुंगो उक्त योजनामा समेटिएको छैन ।

यसबारे मन्त्रालय र निगमका उच्च अधिकारीहरू आन्तरिक उडानमा बलियो उपस्थिति जनाउन नयाँ विमान किन्न लागिएको स्पष्टीकरण मात्र दिन्छन् । पहिलो चरणमा पाँचओटा नयाँ विमान किन्ने बिजनेश प्लानसहित मन्त्रालयसँग करीब रू.७ अर्ब बजेटको प्रस्ताव लैजाने तयारी भएको निगमका कार्यकारी अध्यक्ष घिमिरेले बताए । यसअघि किनिएका चिनियाँ विमानका कारण निगमलाई आर्थिक रूपमा घाटा लागेपछि नयाँ विमान किन्ने बिजनेश प्लानसहित प्रक्रिया अगाडि बढाइएको घिमिरेले जानकारी दिए ।

पर्याप्त अध्ययनविनै राजनीतिक दबाबमा चीनको एभिक इन्टरनेशनलबाट किनिएका विमानका कारण आलोचित हुँदै आएको निगमको सञ्चालक समितिको बैठकले साउन १५ बाट यी जहाजको उडान सधैंका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

निगमले आन्तरिक उडानमा प्रयोग गर्दै आएका चिनियाँ जहाजको उडान साउन १५ गतेबाट बन्द गर्ने निर्णय गरेको थियो । हाल निगमसँग चारओटा वाई–१२ र २ ओटा एमए–६० गरी ६ ओटा चिनियाँ जहाज छन् । अहिले निगमसँग आन्तरिक उडानका लागि दुईओटा ट्वीनअटर जहाज मात्रै उडान भर्नयोग्य छन् भने अर्को मर्मत मा रहको छ । मर्मतमा रहेको विमान बनेपछि निगमले तीनओटा ट्वीनअटरमार्फत आन्तरिक उडान गर्नेछ ।

आन्तरिक उडानमा निगमको उपस्थिति कमजोर रहेकाले थप विमान किनेर उपस्थिति बलियो बनाउन नयाँ योजना अगाडि सारिएको अध्यक्ष घिमिरेले बताए । ‘निजीक्षेत्रका विमान सेवा कम्पनीहरू जहाँ बढी नाफा देख्छन्, त्यहाँ सेवा दिन तयार हुन्छन् । त्यो स्वाभाविक पनि हो । उनले भने, ‘तर, निगमसँग सामाजिक उत्तरदायित्व पनि जोडिएको छ ।
दुर्गम क्षेत्रमा सेवा दिएर आन्तरिक उडानमा बलियो उपस्थिति देखाउन नयाँ जहाज खरीद आवश्यक छ ।’

अध्यक्ष घिमिरेका अनुसार बिजनेश प्लान बनाउन समिति गठन गरी आवश्यक कामहरू भइरहेका छन् । समितिले जहाजको मोडल, सीट क्षमता र रूटलगायत आवश्यक व्यावसायिक योजना तयार पारिरहेकाले छिट्टै मन्त्रालयमा बिजनेश प्लान पेश गरिने घिमिरेले जानकारी दिए ।

निगम सञ्चालक समितिले चिनियाँ विमान उडानबाट निरन्तर घाटा भएको भन्दै उडान बन्द गर्नुपर्ने सुझाव पर्यटन मन्त्रालयलाई दिएको थियो । तर, मन्त्रालयले चिनियाँ विमानको उडान सेवा बन्द गर्ने निर्णयबारे थप पुस्ट्याइ माग गरेको अध्यक्ष घिमिरेले बताए ।

चिनियाँ जहाज सञ्चालन गर्दा निगमले आर्थिक वर्ष २०७१/७२ देखि आव २०७६/७७ सम्म करीब २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी घाटा बेहोर्नु परेको छ । ‘उडान बन्द गरिएका चिनियाँ विमान राज्यकै सम्पत्ति भएकाले यसबारे सरकारले नै निर्णय गर्नेछ,’ घिमिरेले भने ।

आन्तरिक उडानमा करीब ३ प्रतिशत मात्रै बजार अंश ओगटेको निगमले चिनियाँ जहाजको उडान पनि बन्द भएपछि त्यो अंशसमेत गुमाउनेछ ।

Thursday, 6 August 2020

पर्वतीय पर्यटनमा आवद्ध डेढ लाखभन्दा बढि श्रमशक्ति बेरोजगार तत्कालै ४ हजार अल्पकालीन रोजगारी सिर्जना गर्ने मन्त्रालयको योजना

 https://www.abhiyandaily.com/newscategory-detail/372357

साउन २३, काठमाडौं । कोरोना भाइरसका कारण पर्वतीय पर्यटन (ट्रेकिङ र पर्वतारोहण) क्षेत्रमा आवद्ध डेढ लाखभन्दा बढि श्रमशक्ति बेरोजगार बनेका छन् । यस्तै सिजनको साढे चार महीना यो क्षेत्र पूर्ण रुपमा ठप्प हुँदा यस क्षेत्रमा आवद्ध नेपालको पर्वतीय पर्यटन क्षेत्रले करीब रू. १० अर्बभन्दा बढिको नोक्सानी ब्यहोर्नु परेको ट्रेकिङ तथा पर्वतारोहणसँग सम्बन्धित संस्थाहरुले जानकारी दिएका छन् । 

नेपाल माउण्टेनियरिङ एशोसिएशन (एनएमए)का अनुसार पर्वतारोहण क्षेत्रमा मात्र प्रत्यक्ष र अप्रत्यक्ष गरी १ लाख २५ हजारभन्दा बढि जनशक्ति आवद्ध छन् । यस्तै ट्रेकिङ एजेन्सिज एशोसिएशन नेपाल (टान)का अनुसार ट्रेकिङ क्षेत्रमा २५ हजार जनाभन्दा बढि जनशक्ति आवद्ध छन् । नेपाल पर्यटन बोर्डका तथ्यांक अनुसार भने नेपालको पर्वतारोहण तथा पदयात्रामा करीब ९० हजार मजदूर कार्यरत रहेका छन् । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले लकडाउन तथा सो अवधिपछि तत्कालै रोजगारी सिर्जना गर्न सकिने क्षेत्रहरू पहिचान गरी ३० दिनको लागि करीब ४ हजार रोजगारी सिर्जना गर्ने योजना बनाएको बताए । तर लकडाउनको अवस्था सहज नबन्दा त्यो कार्यान्वयन हुने अवस्था देखिएको छैन । 

कोरोनाको कारण यो जनशक्ति पूर्णरुपमा बेरोजगार बनेको एनएमएका महासचिव कुल बहादुर गुरुङले जानकारी दिए । ‘राजस्वका हिसाबले करोडौंको राजस्व गुमेको छ । एउटा पर्यटक आउँदा उसले तिर्ने राजस्वसँगै उसले गर्ने अन्य खर्च जोड्दा ठूलो रकम खर्चेको हुन्छ । अहिले यो क्षेत्र शून्य आय र शून्य रोजगारीको अवस्थामा छ’ उनले भने । 

सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना पर्यटकले नेपाल भ्रमण गरेकोमा करीब २ लाख पर्यटक टे«किङ तथा पर्वतारोहणको लागि नेपाल आएको पर्यटन मन्त्रालयको तथ्यांकमा उल्लेख छ । यो देश भित्रिने कुल पर्यटकमध्ये १६ प्रतिशत हो । 

पर्वतीय पर्यटनका लागि आउने संख्या प्रतिशतमा थोरै देखिएता पनि पर्यटकको बसाइ अवधि र उनीहरुले गर्ने प्रतिव्यक्ति औसत खर्चका आधारमा देशको पर्यटन क्षेत्रमा ट्रेकिङ तथा पर्वतारोहणका लागि आउने पर्यटकको योगदान बढि रहेको टानका अध्यक्ष खुम सुवेदीले बताए । ‘नेपालका अधिकांश ट्रेकिङमार्गका लागि पर्यटक कम्तीमा तीन हप्ता नेपालमा बस्ने गर्दछन् । यस्तै पर्वतारोहणमा जाने पर्यटकले ट्रेकिङमाभन्दा कैयौं गुणा बढी समय र रकम खर्च गरेको हुन्छ । यसर्थ, नेपाल आउने पर्यटकको औसत खर्च अनुपात र नेपाल बसाई अवधिभन्दा ट्रेकिङ र पर्वतारोहणका लागि आउने पर्यटकहरुको योगदान निकै बढी रहेको हुन्छ । यो सबै कोरोनाको कारण गुमेको छ,’ उनले भने ।

खासगरी राज्यलाई सिधै प्राप्त हुने राजस्व तथा पर्यटकले गर्ने अन्य खर्चको समग्र हिसाब गर्दा रू. १० अर्बभन्दा बढिको नोक्सानी अनुमान गरिएको ती संस्थाहरुको धारणा छ । संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका अनुसार कोरोनाको कारण नेपालको समग्र पर्यटन क्षेत्रले ४२ अर्ब रुपैयाँभन्दा बढिको नोक्सानी ब्यहोर्नु परेको छ । पर्यटन विभागका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा विभागले पर्वतारोहणबाट रू. ५६ करोड र एनएमएले रू. १२ करोड गरी ६८ करोड राजस्व संकलन गरेका थिए । 

पर्यटन विभागका अनुसार नेपाल बस्ने पर्यटकको औसत बसाई अवधि १३ दिन र प्रतिदिन उनीहरुले गर्ने खर्च ४८ अमेरिकी डलर छ । टानका महासचिव सरिता लामाका अनुसार पर्यटन विभाग, ट्रेकिङ तथा पर्वतारोहण शाखामा दर्ता रहेका झण्डै ३ हजार एजेन्सीमध्ये ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)मा १ हजार ९८० ओटा कम्पनी आबद्ध छन् । 

वार्षिक २ लाख हाराहारी आउने ट्रेकरमध्ये करीब आधा जति र पर्वतारोहणमा आउने करीब ६ हजार पर्यटकले यी एजेन्सीमार्फत सेवा लिई आर्थिक कारोबार एवं लाखौंको रोजगारी सिर्जना गर्ने गरेकामा महामारीेको कारण पूर्ण बेरोजगारीको अवस्था सृजना भएको उनले बताइन् ।  महासचिव लामाका अनुसार सामान्य नै भएपनि पूर्ववत् अवस्थामा फर्किन कम्तीमा पनि २ देखि ३ वर्ष लाग्ने छ । सरकारले असंगठित क्षेत्रका कामदार, मजदूरहरुलाई राहत दिने घोषणा गरेपनि त्यो राहत कसरी पाउने भन्ने अन्यौल रहेकोले रोजगार गुमाउनेहरुले राहत पाउन नसकेको टुरिष्ट गाइड एशोसिएशन (टुर्गन)का अध्यक्ष केदार तामाङले बताए । बेरोजगार श्रमिकहरुको हकमा हिमाल तथा ट्रेकिङ ट्रेल सरसफाई, साइनेज निर्माण जस्तो काममा लगाउने भनेपनि त्यसको खास कार्ययोजना नबन्दा रोजगार गुमाएकाहरू थप समस्यामा परेको उनले बताए । 

Monday, 3 August 2020

चिनियाँ जहाज उडान बन्द : आन्तरिक उडानमा निगमको बजार अंश थप घट्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा प्रयोग गर्दै आएको चिनियाँ जहाज बिहीवारबाट औपचारिक रूपमा बन्द गरेसँगै आन्तरिक उडानमा निगमको बजार अंश घट्ने भएको छ ।

नेपालको आन्तरिक उडानमा निगमको बजार अंश सुदृढ गर्न ल्याइएका ६ ओटै चिनियाँ जहाज पूर्णरूपमा सञ्चालन गर्न नसक्दा निगमले आप्mनो बजार अंश बढाउन त सकेन नै, उल्टै घाटा सहनुपर्‍यो ।

पर्याप्त अध्ययनविनै राजनीतिक दबाबमा चीनको एभिक इन्टरनेशनलबाट किनिएका जहाजका कारण आलोचित हुँदै आएको निगमको सञ्चालक समितिको बैठकले साउन १५ बाट यी जहाजको उडान सधैंका लागि बन्द गर्ने निर्णय गरेको थियो ।

निगमका अनुसार आन्तरिक उडानमा निगमको अहिले करीब ३ प्रतिशत बजार अंश रहेको छ । चिनियाँ जहाजको उडान बन्द गर्ने निर्णयसँगै यो बजार अंशसमेत थप गुम्ने निश्चित छ । यसको मुख्य कारण आन्तरिक उडानका लागि निगमसँग पर्याप्त जहाज नहुनु नै हो । बन्दाबन्दी खुलेसँगै सरकारले भदौ १ गतेबाट आन्तरिक र बाह्य उडान खुला गर्ने निर्णय गरेपछि निजी विमान सेवा कम्पनीले आफ्नो उडान शुरू गर्न तयारी तीव्र पारेका छन् । तर, निगम भने जहाजकै अभावमा आप्mनो अंश गुमाउन बाध्य हुँदै छ ।

चिनियाँ जहाज प्रयोगमा नल्याउने भएसँगै निगमसँग आन्तरिक उडानका लागि तीनओटा ट्वीनअटर विमान छन् । तर, तीमध्ये एउटा ट्वीनअटर मर्मतमै रहेकाले उडान गर्ने अवस्थामा दुईओटा मात्रै रहेको निगमले बताएको छ ।

अब यिनै दुई ट्वीनअटरमार्फत आन्तरिक उडानमा सेवा दिने निगमकी प्रवक्ता अर्चना खड्का बताउँछिन् । ‘बिहीवारबाट चिनियाँ जहाजबाट हुने उडान औपचारिक रूपमा बन्द भएकाले अब निगमसँग रहेका ट्वीनअटर विमानबाटै आन्तरिक उडान गरिनेछ,’ उनले भनिन्, ‘त्यसमा पनि एउटा मर्मतमै रहकाले हाल दुईओटाबाट मात्रै उडान गरिनेछ ।’

हाल रहेका १७–१९ सीटे दुई ट्वीनअटर जहाजले दुर्गम भेगमा सेवा दिने निगमको भनाइ छ । यससँगै धेरै यात्रु हुने मुख्यमुख्य ट्रंक रूटमा भने निगमको सेवा अब नहुने देखिएको छ ।

यसअघि निगमले भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी, सिमरा, विराटनर र चन्द्रगढीलगायत ट्रंक रूटमा चिनियाँ एम–६० जहाजमार्फत उडान गर्दै आएको थियो ।

नेपालको आन्तरिक उडानमा निजीक्षेत्रकै विमानसेवा कम्पनीहरूको वर्चस्व छ । नेपालका प्रमुख ट्रंक रूटहरूमा बुद्ध एयर, यति एयर तथा श्री एयरलाइन्स निगमभन्दा निकै बलिया छन् ।

निगमले चिनियाँ जहाज विस्थापन गरेपछि आन्तरिक उडान प्रतिस्पर्धी बनाउन निगमले नयाँ जहाज किन्ने विषयमा छलफल अघि बढाएको प्रवक्ता खड्का बताउँछिन् । यसका लागि एकीकृत आन्तरिक व्यावसायिक योजनाको प्रतिवेदन तयार गरी लागू गर्ने बताइएको छ ।

आन्तरिक उडानका लागि निगमले १८–सीटे चारओटा वाई–१२ तथा ५६–सीटे दुईओटा एमए–६० गरी ६ ओटा चिनियाँ जहाज विभिन्न चरणमा ल्याएको थियो । तीमध्ये अहिले एमए–६० र एउटा वाई–१२ जहाज मात्र उडानयोग्य छन् । अर्को एमए–६० र दुईओटा वाई–१२ जहाज भने लामो समयदेखि ग्राउन्डेड छन् । नेपालगञ्जमा दुर्घटना भएको अर्को वाई–१२ त्यही ग्राउन्डेड छ ।

चिनियाँ जहाज सञ्चालन गर्दा निगमले आर्थिक वर्ष २०७१/७२ देखि आर्थिक वर्ष २०७६/७७ सम्म २ अर्ब ३० करोड रुपैयाँ घाटा बेहोर्नु परेको थियो ।

उडान शुरु हुँदासम्म हवाइसेवा कम्पनीमा करीब ५ अर्ब नोक्सानीको अनुमान

साउन १८, काठमाडौं । कोरोना महामारीको कारण करीब साढे चार महीना व्यवसायिक उडान बन्द रहँदा नेपालको निजी क्षेत्रको हवाई सेवा कम्पनीहरुले करीब रू.५ अर्बभन्दा बढीको नोक्सानी व्यहोर्नु पर्ने स्थिति देखिएको छ । 
 

सिजनकै समयमा चार महीनाभन्दा बढी व्यवसायिक उडानहरु बन्द हँुदा सो नोक्सानी व्यहोर्नु पर्ने अनुमान हवाई सेवा सञ्चालक संघ (आवोन) को रहेको छ । गत वर्ष चैत ११ गतेबाट जारी गरिएको लकडाउन साउन ७ गतेबाट खुला गरिएपनि हवाई उडानहरु भने अझै बन्द छन् ।

सरकारले  आगामी भदौ १ गतेबाट मात्रै उडान सेवा खुला गर्ने बताएको छ ।  
लकडाउनको समयमा केही राहत तथा चार्टर उडानबाहेक कुनै उडान हुन नसक्दा उड्ड्यन क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु परेको आवोनका प्रवक्ता महासचिव मनोज कार्कीले जानकारी दिए । 

उनले कोरोनाले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र अन्तर्गत उड्डयन क्षेत्र परेकोले यसलाई पहिलेकै अवस्थामा ल्याउन डेढ देखि दुई वर्षको समय लाग्न सक्ने बताए । 
लकडाउनले गर्दा प्रायः उडानहरु ठप्प भएकोले यो अवधिमा निजी क्षेत्रका हवाई सेवा प्रदायकहरुले करीब रू.५ अर्ब बराबरको नोक्सानी व्यहोरेको महासचिव कार्कीले जानकारी दिए । 

‘हवाई सेवा कम्पनीहरुले दैनिक ४ लाख ५० हजार डलर अर्थात् दैेनिक रू.५ करोडभन्दा बढी आम्दानी गर्ने गर्दथे । चैतदेखि भदौ १ सम्ममा यो बीचमा केही अन्तरराष्ट्रिय उडानमा हिमालय एअरलाइन्सका केही राहत तथा मेडिकल उडानहरू, अन्य वायुसेवा कम्पनीका केही राहत उडानबाहेकका उडान नभएको अवस्थामा करीब रू.५ अर्बको नोक्सानी हुने हाम्रो अनुमान छ’, उनले भने । 

अन्तरराष्ट्रिय उद्दार तथा मेडिकल उडानमा नेपाल वायुसेवा निगम र हिमालय एअरलायन्सले केही उडान गरेपनि आन्तरिकमा ज्यादै न्युन उडान भएको र सिजनमै भएको लकडाउनले उड्डयन क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

यो रकममा नेपाल वायुसेवा निगमको नोक्सान भने जोडिएको छैन । यसअघि निजी क्षेत्रका हवाई सेवा प्रदायकले पर्यटन मन्त्रालयमा करीब रू.१० अर्ब नोक्सानी व्यहोर्नु पर्ने आंकलनसहितको विवरण पेश गरेका थिए । 

यस्तै लकडाउनको चार महीनाको अवधिमा उक्र क्षेत्रमा आवद्ध कुल जनशक्तिको १० प्रतिशत जनशक्ति मात्रै काममा आएको र ९० प्रतिशत जनशक्ति घरमै बस्न बाध्य भएको आवोनका प्रवक्ता योगराज शर्मा कंडेलले बताए । 

‘उडानहरु नहँुदा हामीले सबै जनशक्तिलाई काम दिने अवस्था रहेन । यो बीचमा बढीमा १० प्रतिशत जति जनशक्तिलाई मात्र काममा बोलाएका थियौं । अब खुलेपनि तत्कालै सबै जनशक्ति काममा फर्कने अवस्था नरहन पनि सक्छ’, उनले भने, ‘तत्काल उडान शुरु भएपनि पहिले जस्तो यात्रुको चाप नरहन सक्छ । यो अवस्थामा सबै जनशक्ति काममा फर्कन समय पक्कै लाग्ने छ ।’ 

उनका अनुसार उड्डयन क्षेत्रमा प्रत्यक्ष रुपमा करीब ४ हजार र अप्रत्यक्ष रुपमा करीब १५ हजार जनशक्ति आवद्ध छन् । उडान बन्द हुँदा कर्मचारीको पारिश्रमिक भुक्तानीमा पनि असर परेको आवोनले बताएको छ । प्रवक्ता कंडेलका  अनुसार उडान नियमित नभएपनि कर्मचारीहरुको करीब ५० प्रतिशत तलव भुक्तानी गरिएको र ५० प्रतिशत जति बाँकी नै रहेको छ । 

सन् २०२० को जनवरी अर्थात् विसं २०७६ पुसको दोस्रो साता) बाट शुरु भएकोे भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको योजना रहेकाले भ्रमण वर्षले उड्यन क्षेत्रमा आय वृद्धि हुने अपेक्षा गरिएकोमा महामारीको कारणले उड्डयन क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको आवोनका प्रवक्ता कंडेलले बताए ।  

नेपालमा आउने पर्यटकमध्ये करीब ८० प्रतिशत पर्यटक हवाई मार्गबाट आउने गरेको र यो भ्रमण वर्षमा  अझै बढ्ने अपेक्षा हवाई सेवा कम्पनीहरुको थियो । यसले गर्दा आन्तरिक रूपमा चल्ने विमान कम्पनीको उडान चाप र आम्दानी दुवै बढ्ने अपेक्षा थियो । तर, सन २०२० को शुरुबाट नै महामारीको रुपमा संसारभर फैलिएको कोरोना भाइरसका कारण उड्डयन व्यवसाय ठप्प बन्न पुगेको थियो । 

सरकारले भदौ १ गतेबाट उडान शुरु गर्ने निर्णय गरिसकेकोले अब सञ्चालन खर्च तथा तलब भुक्तानीको लागि कम्पनीहरुलाई तत्काल नगद अभाव रहने हँुदा सरकारले स्थापना गर्ने भनेको रू.५० अर्बको कोष तत्काल व्यवस्था गर्नुपर्ने उनको धारणा छ ।  

हाल नियमित उडानका १० ओटा वायुसेवा कम्पनी र १० ओटा हेलिकप्टर कम्पनी पनि छन् । यी वायुसेवासँग ६० ओटा जहाज नियमित उडानका जहाज र ३३ ओटा हेलिकप्टर रहेको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ ।

आन्तरिक उडान गर्ने कम्पनीलाई टिक्न अहिले ठूलो चुनौती सृजना  भएको छ । सिजनमा प्रतिघण्टा २ हजार १०० अमेरिकी डलरसम्ममा उडान गर्ने  विमानको अहिले चार्टर दर करीब १ हजार डलर प्रतिघण्टामा सीमित भएको उनको धारणा छ । 
एक वर्षमा एउटा हेलिकप्टरले १ हजार ५०० घण्टासम्म र फिक्सविङ्सले ८०० घण्टासम्म उडान गर्ने गरेको संघको तथ्यांक छ । आन्तरिक उडानमा विदेशी पर्यटकबाट डलर फेयरमा भाडा लिइने हुँदा वायुसेवा कम्पनीहरुलाई केही राहत हुने गरेपनि अब उडान हुँदा त्यो अवस्था नरहने भएकोले पनि नोक्सानीलाई कभर गर्न समय लाग्ने आवोनको धारणा छ । 

बन्दाबन्दी खुले पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले तत्काल सबै उडान सम्भव नहुने भएकाले भदौ १ देखि आन्तरिक तथा अन्तरराष्ट्रिय दुवैतर्फ सीमित उडान हुने हुनाले उड्यन क्षेत्र लयमा फर्कन समय लाग्ने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयमा महाप्रबन्धक  देवेन्द्र केसीले बताए । 

उडान खुले पनि पहिले जस्तो यात्रुहरू पनि नहुने भएकाले दुवैतर्फ सीमित उडान गरिनेछ । अवस्था हरेर क्रमशः उडानहरु थप्दै लैजाने उनले जानकारी दिए ।

विमानस्थल कार्यालयका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पिक सिजनमा आन्तरिक तथा बाह्य गरी ५०० मुभमेन्ट (उडान तथा अवतरण) हुने गथ्र्यो भने सामान्य अवस्थामा दैनिक ३७० ओटा जति मुभमेन्ट हुने गर्दथ्यो ।

पशुपतिको प्रस्तावित गुरुयोजनाप्रति स्थानीयको विरोध प्रस्तावित गुरुयोजना अध्ययन गर्न कार्यदल गठन

साउन १८, काठमाडौं । पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनाप्रति स्थानीय बासिन्दाले विरोध गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रस्तावित गुरुयोजनालाई विस्तृत अध्ययन गरी स्थानीय सरोकारवाला समेतको राय सुझावका आधारमा अन्तिम प्रतिवेदन तयार गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ । 

कार्यदलमा मन्त्रालयका सहसचिव तथा संस्कृति महाशाखाका प्रमुख प्रदीप कोइराला, सहसचिव तथा योजना महाशाखा प्रमुख कमल भट्टराई र पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम रहेका छन् । कोषले केही दिन अघि मात्रै नयाँ गुरुयोजना निर्माण गरेर सोही अनुसार जाने प्रस्ताव गरेको थियो । 

कोषको प्रस्तावित गुरुयोजनाका बारेमा सार्वजनिक रुपमा अनेक खालका टिकाटिप्पणी भएपछि मन्त्रालयले आइतवार स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला सहितको छलफल आयोजना गरेको थियो । 

स्थानीयहरुले गुरुयोजनाको नाममा बस्ती स्थान्तरण गर्दा मौलिक संस्कृति नाश हुने भन्दै गुरुयोजना तत्काल रोक्न माग गर्दै संर्घष समितिका नामबाट पर्यटन मन्त्री भट्टराइलाई समक्ष ज्ञापन पत्र बुझाएका थिए । स्थानीय बासिन्दा तथा सारेकारवालाहरुले विसं २०५६ सालको पहिलो गुरुयोजनाको समीक्षा नगरि अर्को गुरुयोजनामा अगाडी बढ्नु नहुने धारणा राखेका थिए । 

छलफलमा पर्यटन मन्त्री योगेश भट्टराईले गुरुयोजनाका सन्दर्भमा सबै पक्षसँग छलफल/परामर्श गरेर १ महीनाभित्र प्रतिवेदन बुझाउने समयसीमा सहित तीन सदस्यीय कार्यदलको घोषणा गरेको जानकारी दिए । सरकारले तोकेको कार्यदेशभित्र रहेर कोषले गतिविधी सञ्चालन गरिरहेको उल्लेख गर्दैै उनले पशुपतिका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वलाई ओझेलमा पार्ने गरि कुनै पनि काम नहुने बताए । 

‘विसं२०४३ सालमा सरकारले तोकेको कोषको चार किल्लालाई मुख्य आधार बनाएर कोषले आफ्नो गुरुयोजना बनाएको छ । त्यो चार किल्ला भित्रपनि केहि ‘कोर’ क्षेत्र छ, त्यो क्षेत्रलाई मानव वस्ती रहित बनाउनै पर्छ । बाँकीको हकमा निजी संरचना निर्माण गर्दा पशुपतिको महत्व ओझेलमा नपर्ने गरि निश्चित मापदण्ड बनाउनु पर्ने हुन्छ । 

मन्त्री भट्टाराईले भने ‘तर अहिले जस्तो जथाभावी संरचना निर्माण गर्दै जाने हो भने पशुपतिले आफ्नो साख गुमाउने छ ।’ गुरुयोजनाका नाममा बाहिर हल्ला चलाइए जस्तो हिजोका जात्रा तथा पर्वहरु नाश गर्न नखोजिएको बताउँदै उनले सबै पक्षलाई पशुपतिको साख जोगाउने गरी मिलेर काम गर्न आग्रह गरे ।

मन्त्री भट्टराइले मुलुक संघीय संरचनामा गईसकेको अवस्थामा पशुपति विकास कोषको हिजोको सांगठनिक संचरना पनि परिवर्तन गर्नुपर्ने बताए ।

उनले स्थानीय, प्रदेश र संघीय तीन तहको सरकार बनिसकेको अवस्थामा तीनै तहको प्रतिनिधित्व हुने गरी सांगठनिक संरचना परिर्वतन गर्न ऐन संशोधन गर्नेबारे सोच बनाइरहेको जानकारी दिए ।

कार्यक्रममा सांसद गगन थापाले गुरुयोजनाका सन्दर्भमा सार्वजानिक रुपमा टिकाटिप्पणी भएपछि यसबारेमा छलफल आवश्यक भएको बताए । उनले प्रस्तावित गुरुयोजना अहिले जहाँ पुगेको छ, केहि समयका लागि त्यहि रोकेर थप छलफल तथा परामर्श गर्न सुझाव दिए ।

जात्रा/पर्व संचालनका लागि १० करोडको अक्षयकोष
सोही कार्यक्रममा मन्त्री भट्टराईले पशुपति क्षेत्रमा सञ्चालन हुने मुख्य जात्रा तथा पर्व सञ्चालनका लागि रू. १० करोडको अक्षयकोष स्थापना गर्ने घोषणा गरे । 

सो कोषमा पाँच करोड पशुपति क्षेत्र विकास कोषका तर्फबाट जम्मा गर्ने भन्दै मन्त्री भट्टराईले बाँकी रू. ५ करोड महानगरपलिकाको तर्फबाट जम्मा गर्न महानगरका जनप्रतिनिधिलाई आग्रह गरे ।

काठमाडौंमा मनाईने इन्द्रजात्रा सञ्चालनका लागि पनि आफू आएपछि यहि मोडेल अघि बढाइएको सन्र्दभ जोड्दै मन्त्री भट्टराईले सो अक्षयकोष सञ्चालनका लागि जात्रा/पर्व सञ्चालन गर्ने समूहका एक–एक जना प्रतिनिधि, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषका प्रतिनिधि रहने बताए । पशुपतिमा वर्षमा मुख्य नौ ओटा जात्रा तथा पर्व हुने गरेको विकास कोषले जानकारी दिएको छ । 

अन्तरराष्ट्रिय उडानको लागि १२ ओटा कम्पनीको प्रस्ताव

काठमाडौं । सरकारको भदौ १ बाट आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णयसँगै आन्तरिक तथा अन्तरराष्ट्रिय विमान सेवा कम्पनीहरूले उडानको तयारीलाई तीव्रता दिएका छन् । अन्तरराष्ट्रिय उडानका लागि सोमवारसम्म नेपालका दुई वायुसेवा कम्पनीसहित १२ ओटा कम्पनीले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रस्ताव पेश गरेका छन् । त्यस्तै, आन्तरिकतर्फ हाल सञ्चालनमा रहेका सबै आन्तरिक वायुसेवा कम्पनीले प्रस्ताव पेश गरेको प्राधिकरणले बताएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि साउन ६ गतेसम्म मुलुकभर बन्दाबन्दी लागू गर्दा उद्धार तथा मेडिकल कार्गो उडानबाहेकका सबै व्यावसायिक उडान बन्द थिए ।

झन्डै ५ महीनासम्म बन्द रहेको व्यावसायिक उडान भदौ १ गतेदेखि खोल्ने निर्णय गरेपछि अन्तरराष्ट्रिय उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र निजीक्षेत्रको हिमालय एयरलाइन्ससहित भारतको इन्डिगो एयर, चीनको एयर चाइना र चाइना साउदर्न, ओमानको सलाम एयर, कुवेतको जजिरा एयर, संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई, मलेशियाको मलेशियन एयर र मालिन्दो एयर, साउदी अरबको एयर अरेबिया र टर्कीको टर्किश एयरलाइन्सले उडान शुरू गर्ने प्रस्ताव पेश गरेका छन् ।

यी विमान कम्पनीले सातामा १५८ उडान गर्ने प्रस्ताव गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताए । ‘सोमवारसम्म अन्तरराष्ट्रिय उडानका लागि १२ ओटा कम्पनीले सातामा १५८ उडान गर्ने प्रस्ताव आएको छ । यो संख्या अझै बढ्न सक्छ,’ उनले भने ।

प्राधिकरणका अनुसार नेपाल वायुसेवा निगमले अधिकतम ५७ उडानको प्रस्ताव पेश गरेको छ भने टर्किश, एअर चाइना र चाइना साउदर्नले न्यूनतम एक÷एक उडानका लागि प्राधिकरणमा प्रस्ताव पेश गरेका छन् ।

प्राधिकरणका अनुसार कसलाई कति उडान गर्न दिने भन्ने बारेमा निर्णय भइसकेको छैन । अन्तरराष्ट्रिय उडानको हकमा बन्दाबन्दी अघि हुने उडान संख्याको २५–३० प्रतिशत मात्र उडान अनुमति दिइने योजना प्राधिकरणको छ ।

सुरक्षित उडानका लागि विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड, अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मार्गनिर्देशनलगायत आधारमा प्राधिकरणले स्वास्थ्य प्रोटोकल बनाइसकेको छ । ‘पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको अवस्थामा कहाँ कति उडान गर्ने भन्ने तय गर्न भने बाँकी नै छ,’ क्षत्रीले भने । ‘अन्तरराष्ट्रिय उडानका हकमा गन्तव्यअनुसार कुन एयरलाइन्सलाई कति उडान गर्न दिने  भन्ने बारेमा हामी अझै छलफलमै छाैं ।’

बन्दाबन्दी अघिको अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ३ नेपालीसहित ३० वायुसेवाप्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान गर्दैै आएका थिए । सामान्य अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तरराष्ट्रिय गरी दैनिक करीब ५०० उडान हुने गर्थ्याे ।

आन्तरिक वायुसेवा कम्पनीहरूले आफ्नो स्ट्यान्डर्ड अपरेशन प्रोसिड्युर्स (एसओपी) स्वीकृत गराई उडानका लागि प्रस्ताव प्राधिकरणमा पेश गरेका छन् । आन्तरिक उडानको हकमा अधिकतम ३३ प्रतिशत उडान सञ्चालन गर्न दिने गरी गृहकार्य भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

बन्दाबन्दी अघिको उडानको अनुपातमा भदौ पहिलो साता वायुसेवा कम्पनीले जम्मा १५ प्रतिशतबाट उडान शुरू गर्ने वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेल बताउँछन् । ‘अवस्था हेरी त्यसलाई बढाउँदै लैजाने गरी विमान सेवा कम्पनीहरूले तयारी गरिरहेका छन्,’ उनले भने, ‘शुरूमा यात्रु संख्या कम हुने हाम्रो आकलन छ । देशभित्रै केही स्थानमा कोरोना संक्रमण बढ्दै गएकाले पनि तत्कालै यात्रु बढी हाल्ने देखिँदैन ।’

प्राधिकरणका अनुसार भदौ १ गतेदेखि हुने उडानको अवस्था तथा कोरोना भाइरस संक्रमणको अवस्था र जोखिम हेरेर उडान घटबढबारे थप निर्णय लिइनेछ ।

Sunday, 2 August 2020

उडान शुरु हुँदासम्म हवाइसेवा कम्पनीमा करीब ५ अर्ब नोक्सानीको अनुमान पुरानोे अवस्थामा फर्किन डेढ देखि दुई वर्ष लाग्ने अनुमान

साउन १८, काठमाडौं । कोरोना महामारीको कारण करीब साढे चार महीना व्यवसायिक उडान बन्द रहँदा नेपालको निजी क्षेत्रको हवाई सेवा कम्पनीहरुले करीब रू.५ अर्बभन्दा बढीको नोक्सानी व्यहोर्नु पर्ने स्थिति देखिएको छ । 
 

सिजनकै समयमा चार महीनाभन्दा बढी व्यवसायिक उडानहरु बन्द हँुदा सो नोक्सानी व्यहोर्नु पर्ने अनुमान हवाई सेवा सञ्चालक संघ (आवोन) को रहेको छ । गत वर्ष चैत ११ गतेबाट जारी गरिएको लकडाउन साउन ७ गतेबाट खुला गरिएपनि हवाई उडानहरु भने अझै बन्द छन् ।

सरकारले  आगामी भदौ १ गतेबाट मात्रै उडान सेवा खुला गर्ने बताएको छ ।  
लकडाउनको समयमा केही राहत तथा चार्टर उडानबाहेक कुनै उडान हुन नसक्दा उड्ड्यन क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नु परेको आवोनका प्रवक्ता महासचिव मनोज कार्कीले जानकारी दिए । 

उनले कोरोनाले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र अन्तर्गत उड्डयन क्षेत्र परेकोले यसलाई पहिलेकै अवस्थामा ल्याउन डेढ देखि दुई वर्षको समय लाग्न सक्ने बताए । 
लकडाउनले गर्दा प्रायः उडानहरु ठप्प भएकोले यो अवधिमा निजी क्षेत्रका हवाई सेवा प्रदायकहरुले करीब रू.५ अर्ब बराबरको नोक्सानी व्यहोरेको महासचिव कार्कीले जानकारी दिए । 

‘हवाई सेवा कम्पनीहरुले दैनिक ४ लाख ५० हजार डलर अर्थात् दैेनिक रू.५ करोडभन्दा बढी आम्दानी गर्ने गर्दथे । चैतदेखि भदौ १ सम्ममा यो बीचमा केही अन्तरराष्ट्रिय उडानमा हिमालय एअरलाइन्सका केही राहत तथा मेडिकल उडानहरू, अन्य वायुसेवा कम्पनीका केही राहत उडानबाहेकका उडान नभएको अवस्थामा करीब रू.५ अर्बको नोक्सानी हुने हाम्रो अनुमान छ’, उनले भने । 

अन्तरराष्ट्रिय उद्दार तथा मेडिकल उडानमा नेपाल वायुसेवा निगम र हिमालय एअरलायन्सले केही उडान गरेपनि आन्तरिकमा ज्यादै न्युन उडान भएको र सिजनमै भएको लकडाउनले उड्डयन क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

यो रकममा नेपाल वायुसेवा निगमको नोक्सान भने जोडिएको छैन । यसअघि निजी क्षेत्रका हवाई सेवा प्रदायकले पर्यटन मन्त्रालयमा करीब रू.१० अर्ब नोक्सानी व्यहोर्नु पर्ने आंकलनसहितको विवरण पेश गरेका थिए । 

यस्तै लकडाउनको चार महीनाको अवधिमा उक्र क्षेत्रमा आवद्ध कुल जनशक्तिको १० प्रतिशत जनशक्ति मात्रै काममा आएको र ९० प्रतिशत जनशक्ति घरमै बस्न बाध्य भएको आवोनका प्रवक्ता योगराज शर्मा कंडेलले बताए । 

‘उडानहरु नहँुदा हामीले सबै जनशक्तिलाई काम दिने अवस्था रहेन । यो बीचमा बढीमा १० प्रतिशत जति जनशक्तिलाई मात्र काममा बोलाएका थियौं । अब खुलेपनि तत्कालै सबै जनशक्ति काममा फर्कने अवस्था नरहन पनि सक्छ’, उनले भने, ‘तत्काल उडान शुरु भएपनि पहिले जस्तो यात्रुको चाप नरहन सक्छ । यो अवस्थामा सबै जनशक्ति काममा फर्कन समय पक्कै लाग्ने छ ।’ 

उनका अनुसार उड्डयन क्षेत्रमा प्रत्यक्ष रुपमा करीब ४ हजार र अप्रत्यक्ष रुपमा करीब १५ हजार जनशक्ति आवद्ध छन् । उडान बन्द हुँदा कर्मचारीको पारिश्रमिक भुक्तानीमा पनि असर परेको आवोनले बताएको छ । प्रवक्ता कंडेलका  अनुसार उडान नियमित नभएपनि कर्मचारीहरुको करीब ५० प्रतिशत तलव भुक्तानी गरिएको र ५० प्रतिशत जति बाँकी नै रहेको छ । 

सन् २०२० को जनवरी अर्थात् विसं २०७६ पुसको दोस्रो साता) बाट शुरु भएकोे भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको योजना रहेकाले भ्रमण वर्षले उड्यन क्षेत्रमा आय वृद्धि हुने अपेक्षा गरिएकोमा महामारीको कारणले उड्डयन क्षेत्र नराम्ररी प्रभावित हुन पुगेको आवोनका प्रवक्ता कंडेलले बताए ।  

नेपालमा आउने पर्यटकमध्ये करीब ८० प्रतिशत पर्यटक हवाई मार्गबाट आउने गरेको र यो भ्रमण वर्षमा  अझै बढ्ने अपेक्षा हवाई सेवा कम्पनीहरुको थियो । यसले गर्दा आन्तरिक रूपमा चल्ने विमान कम्पनीको उडान चाप र आम्दानी दुवै बढ्ने अपेक्षा थियो । तर, सन २०२० को शुरुबाट नै महामारीको रुपमा संसारभर फैलिएको कोरोना भाइरसका कारण उड्डयन व्यवसाय ठप्प बन्न पुगेको थियो । 

सरकारले भदौ १ गतेबाट उडान शुरु गर्ने निर्णय गरिसकेकोले अब सञ्चालन खर्च तथा तलब भुक्तानीको लागि कम्पनीहरुलाई तत्काल नगद अभाव रहने हँुदा सरकारले स्थापना गर्ने भनेको रू.५० अर्बको कोष तत्काल व्यवस्था गर्नुपर्ने उनको धारणा छ ।  

हाल नियमित उडानका १० ओटा वायुसेवा कम्पनी र १० ओटा हेलिकप्टर कम्पनी पनि छन् । यी वायुसेवासँग ६० ओटा जहाज नियमित उडानका जहाज र ३३ ओटा हेलिकप्टर रहेको वायुसेवा सञ्चालक संघले जानकारी दिएको छ ।

आन्तरिक उडान गर्ने कम्पनीलाई टिक्न अहिले ठूलो चुनौती सृजना  भएको छ । सिजनमा प्रतिघण्टा २ हजार १०० अमेरिकी डलरसम्ममा उडान गर्ने  विमानको अहिले चार्टर दर करीब १ हजार डलर प्रतिघण्टामा सीमित भएको उनको धारणा छ । 
एक वर्षमा एउटा हेलिकप्टरले १ हजार ५०० घण्टासम्म र फिक्सविङ्सले ८०० घण्टासम्म उडान गर्ने गरेको संघको तथ्यांक छ । आन्तरिक उडानमा विदेशी पर्यटकबाट डलर फेयरमा भाडा लिइने हुँदा वायुसेवा कम्पनीहरुलाई केही राहत हुने गरेपनि अब उडान हुँदा त्यो अवस्था नरहने भएकोले पनि नोक्सानीलाई कभर गर्न समय लाग्ने आवोनको धारणा छ । 

बन्दाबन्दी खुले पनि कोरोना संक्रमणको जोखिम कायमै रहेकाले तत्काल सबै उडान सम्भव नहुने भएकाले भदौ १ देखि आन्तरिक तथा अन्तरराष्ट्रिय दुवैतर्फ सीमित उडान हुने हुनाले उड्यन क्षेत्र लयमा फर्कन समय लाग्ने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयमा महाप्रबन्धक  देवेन्द्र केसीले बताए । 

उडान खुले पनि पहिले जस्तो यात्रुहरू पनि नहुने भएकाले दुवैतर्फ सीमित उडान गरिनेछ । अवस्था हरेर क्रमशः उडानहरु थप्दै लैजाने उनले जानकारी दिए ।

विमानस्थल कार्यालयका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पिक सिजनमा आन्तरिक तथा बाह्य गरी ५०० मुभमेन्ट (उडान तथा अवतरण) हुने गथ्र्यो भने सामान्य अवस्थामा दैनिक ३७० ओटा जति मुभमेन्ट हुने गर्दथ्यो ।

Thursday, 30 July 2020

शुरु भयो चौथो चरणको अन्तरराष्ट्रिय हवाई उद्धार

साउन १६, काठमाडौं । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि शुक्रवारदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फर्काउन शुक्रवारदेखि यही साउन २४ गतेसम्म उद्धार उडान हुने भएको हो ।

नेपालका दुई एयरलाइन्स नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरिसकेका छन् भने नेपालीलाई घर फर्काउन विभिन्न मुलुकका एयरलाइन्सको पनि उडान तालिका बनेको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उद्धार उडान तालिकाअनुसार नेपाल एयरलाइन्सले सो अवधिसम्म जम्मा १८ उडान गर्नेछ । युएईको दुबई, कतारको दोहा, साउदी अरेबियाको दमाम र जेदाह, मलेशियाको क्वालालम्पुर र जापानको नारितामा चार्टर उडान हुने निगमले जानकारी दिएको छ ।

हिमालयले पनि साउन २३ सम्म कुल १८ उडान गर्ने जानकारी दिएको छ । चीनको कुनमिङ, दोहा, अबुधाबी, क्वालालम्पुर र दमामामा चार्टर उडान गर्ने जानकारी दिएको छ । यस्तै नेपालीको उद्धारका लागि विदेशी एयरलाइन्सले पनि चार्टर उडान गर्नेछन् । जजिरा एयरले कुवेत, इतिहाद एयरले अबुधाबी, एयर अरेबियाले सारजाह, फ्लाइ दुबईले दुबई, कतार एयरवेजले दोहाबाट उद्धार उडान गरी नेपाली फर्काउनेछन् । 

नेपाल एयरलाइन्सले शुक्रवार कुवेत र दुबईबाट चार्टर उडान गर्दैछ । हिमालय एयरलाइन्सले दोहा र अबुधाबीबाट नेपाली काठमाडौं ल्याउनेछ । हिमालययकै जहाज शुक्रवार बिहान ७ः०० बजे चीनको कुनमिङ र श्री एयरलाइन्सको जहाज बैंकक प्रस्थान गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । मालिन्दो एयरले क्वालालम्पुरबाट आजै नेपाली ल्याउँदैछ । 

सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयअनुरुप चौथो चरणको उडानका लागि ५४ ओटा उडान अनुमति दिएको छ । 

अहिलेसम्म ३६ हजारभन्दा बढी नेपाली स्वेदश फर्किसकेका छन् । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने निर्णय गरिसकेको छ । 

Sunday, 26 July 2020

स्रोत अभावमा पर्यटन बोर्डको बजेट खुम्चँदै

काठमाडौं । २०७७ असार, ३१ 

कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प भई स्रोतको अभाव हुँदा नेपाल पर्यटन बोर्डको आगामी आर्थिक वर्षको बजेटमा ठूलो कटौती हुने भएको छ । नयाँ बजेटलाई अन्तिम रूप दिँदै गरेका बोर्डका अधिकारीहरूका अनुसार बोर्डको बजेट आर्थिक वर्ष २०७७/७८ का लागि २०–२३ करोडको हाराहारी हुने बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनमा केन्द्रित बोर्डको चालू आवको बजेट १ अर्ब ६३ करोड रुपैयाँको थियो ।

कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प हुँदा स्रोतको अभाव भएकाले बजेट ह्वात्तै घटाइएको बोर्डले बताएको छ । पर्यटकीय गतिविधि सम्पूर्ण बन्द भएको तथा बोर्डसँग नगद मौज्दातसमेत कम भएकाले आगामी वर्षको बजेटको आकार सानो भएको बोर्डको भनाइ छ ।

बोर्डको प्रमुख आर्थिक स्रोत ट्रेकिङमा जाने पर्यटकबाट उठ्ने रकम तथा पर्यटकबाट लिइने टुरिज्म सर्भिस फि (टीएसएफ) बाट आउने रकम हो । अहिले पर्यटक आगमन बन्द हुँदा यी दुवै आय प्रभावित भएको छ । बोर्ड सञ्चालक समितिले बजेटको अन्तिम ड्राफ्ट तयार पारेको र छिट्टै पारित गरिने बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए ।

स्रोत नै नभएको अवस्थामा मितव्ययी भई बजेट निर्माण गरिएको र यो रकम पनि नेपाली पर्यटनको डिजिटल प्रमोशनका लागि केन्द्रित हुने बोर्डका सदस्य तथा बजेट समितिका संयोजक अवधेशकुमार दासले अभियानलाई बताए । विदेशी पर्यटक आउने सम्भावना कम रहेको अवस्थामा आन्तरिक पर्यटन प्रवर्द्धन तथा अत्यावश्यक कामका लागि मात्र बजेट तयार पारिएको उनको भनाइ छ ।

कोरोनाका कारण बोर्डको आम्दानी प्रभावित भएकाले थोरै बजेटबाट नगरी नहुने कामबाहेक अन्य सबै कार्यक्रमको बजेट कटौती गरिएको बोर्डका सूचना अधिकारी मणि लामिछानेले बताए । ‘पर्यटन बोर्डले वर्षमा कम्तीमा पनि विश्वका ३० देखि ४० ठाउँमा प्रवर्धनात्मक कार्यक्रम गर्ने गरेकोमा यसपटक ७÷८ ठाउँमा मात्र कार्यक्रम गर्ने योजना अघि सारिएको छ,’ उनले भने, ‘अन्य कार्यक्रम पनि कटौती भएका छन् ।’

क्यानडामा हुने बर्ल्ड टुरिज्म मार्केट र जर्मनीको बर्लिनमा हुने इन्टरनेशनल टुरिज्म बोर्सी (आईटीबी) जस्ता ठूला कार्यक्रममा अवस्था हेरी सहभागिता जनाउने योजना बोर्डको छ ।
लमिछानेका अनुसार कोरोनाका कारण पहिले जस्तो प्रवर्धनात्मक कार्यक्रम गर्न सम्भव नहुने भएकाले प्रविधिको प्रयोग गरी पर्यटन प्रवर्द्धन गर्ने बोर्डको योजना छ । त्यस्तै, पर्यटनबाट रोजगारी गुमाएका केहीका लागि अल्पकालीन रोजगारी सृजना गर्नेलगायत कार्यक्रम बजेटले समेटेको छ ।

बोर्डले गर्दै आएको काठमाडौंमा गरिने हिमालयन ट्राभल मार्ट र लुम्बिनीमा गरिने लुम्बिनी ट्राभल मार्टजस्ता कार्यक्रम अवस्था हेरेर मात्र अगाडि बढाइने भएको छ ।

लकडाउनकै बीच पर्यटनमा ‘नयाँ प्रडक्ट’को खोजी

काठमाडौं ।२०७७ सावन, १ 

 कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण नेपालको पर्यटन क्षेत्र सुस्त बनिरहेको अवस्थामा पर्यटन व्यवसायीले काठमाडौं उपत्यकाबाटै यात्रा शुरू गर्न सकिने नयाँ ‘पर्यटन प्रडक्ट’को खोजी गरेका छन् । गत चैत ११ देखि देशभर लकडाउन भइरहेको अवस्थामा पर्यटन व्यवसायीले लामो यात्रा गरी राजधानी काठमाडौंसँग जोडिएको नयाँ पदयात्रा मार्गको खोजी गरेका हुन् ।

टोलीले काठमाडौंको बूढानीलकण्ठदेखि रसुवाको गोसाइँकुण्डसम्मको ‘बूढानीलकण्ठ–गोसाइँकुण्ड’ पद मार्गको पहिचान गरेको हो । काठमाडौं, नुवाकोट र रसुवालाई जोड्ने यो पदमार्गको स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा नुवाकोट–रसुवा पर्यटन समाजले गरेको पदयात्रा सम्भाव्यता अध्ययन प्रतिवदन समाजका अध्यक्ष बलराम न्यौपानेले बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीलाई हस्तान्तरण गरेका छन् । जम्मा ८ दिनको यो पदमार्ग बूढानीलकण्ठ–अल्छे–मानेभञ्ज्याङ–समुद्रटार–बाघमारा–सागरकुण्ड–राउचुली–झ्याकुमभुली–गोसाइँकुण्ड पुगेर धुन्चे हुँदै फर्कन सकिनेछ । यो पदमार्गले शिवपुरी नागार्जुन र लाङटाङ राष्ट्रिय निकुञ्जलाई समेटेको छ । यस्तै पदमार्गले गोसाइँकुण्ड–धुन्चे पदमार्ग, गोसाइँकुण्ड–हेलम्बु–मेलम्ची पदमार्ग, लाङटाङ पदमार्ग, फिकुरी पदमार्ग, तामाङ हेरिटेज पदमार्ग, रुबी भ्याली पदमार्ग र गणेश हिमाल पदमार्गसम्मको कनेक्टिभिटी गराउने अध्ययन टोलीले जानकारी दिएको छ । प्राकृतिक, जैविक र सांस्कृतिक विविधताले परिपूर्ण यो पदमार्गमा अनगिन्ती पवित्र हिमाली ताल, विविध जातजाति, उनीहरूको चाडपर्व र जीवनशैलीको प्रत्यक्ष अवलोकन गर्न सकिने अध्ययन टोलीका सदस्यहरूको भनाइ छ ।

प्रतिवेदन बुझ्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले लकडाउनको असहज परिस्थितिमा पनि टोलीले जोखिमपूर्ण रूपमा नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गर्न सफल भएको भन्दै पदमार्गलाई नयाँ प्रडक्टका रूपमा विकास गरिने बताए । ‘नेपालको प्राकृतिक सम्पदा आफैमा सिंगो पर्यटन प्रडक्ट नै हो । र पनि हामीसँग भएका पुराना संरचनाहरूको संरक्षण तथा नयाँ सम्भावनाहरूको खोजी गर्नुपर्ने आवश्यकता छ । पर्यटन बोर्ड सरोकारवालाहरूसँगको सहकार्यमा त्यस्ता कामलाई निरन्तरता दिन चाहन्छ,’ उनले भने । नेपाल आउने पर्यटकको बसाइ लम्ब्याउन यस्ता पदमार्गले सहयोग गर्ने उनले बताए । पर्यटन मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार हाल नेपाल आउने पर्यटक औसत १३ दिन नेपाल बस्ने
गरेका छन् ।

बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले राजधानी काठमाडौंसँग जोडिएको यो पदमार्ग नयाँ नभई उचित ध्यान जान नसकेकाले प्रयोगमा नआएको बताए । यो पदमार्ग नयाँ होइन । बूढानीलकण्ठदेखि गोसाइँकुण्डसम्मै ढुँगे सिँडी पदमार्गमा ठूलो धनराशि खर्चिए तापनि लगानी अनुरूप उपयोग गर्न नसकेको उनको भनाइ छ । महतका अनुसार हालसम्म पदमार्गमा ८० करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ ।  यस्तै पर्यटन बोर्डले हालै ६० लाख रुपैयाँ खर्च गरेर भैगेरी बाघमारा भन्ने स्थानमा सामुदायिक गेष्टहाउस (कम्युनिटी लज)समेत निर्माण गरेको छ ।

पदमार्ग अध्ययन भ्रमण टोलीका संयोजक शिव लामिछानेले यो पदमार्गमा पहिल्यै थुप्रै पूर्वाधार बनिसकेकाले केही पूर्वाधार निर्माण गरी प्रवद्र्धन गरेमा पर्यटन क्षेत्रका लािग नयाँ ‘प्रडक्ट’ हुने बताए । उक्त पदमार्गका जानकार युवा समाजसेवी रमेश महतले वर्षौंअघि पूर्व सम्भाव्यता अध्ययन भई ठूलो बजेट खर्च भइसके पनि यो पदमार्गले अहिले आएर सार्थकता पाएको भन्दै यसलाई प्रमुख व्यावसायिक पदमार्गका रूपमा विकास गर्न सकिने बताए । सडक यातायातको विकासले कतिपय पुराना पदमार्ग लोप हुले अवस्थामा पुगेकाले यसको संरक्षण आवश्यक भएको समेत उनले औंल्याए ।

पर्यटन व्यवसायी लामिछानेको संयोजकत्वमा ६ सदस्यीय टोलीले यही असार १२ देखि १९ गतेसम्म ८ दिन लगाएर यो पदमार्गको स्थलगत अध्ययन गरेको थियो । काठमाडौंको १ हजार ४०० मिटर उचाइदेखि शुरू हुने पदयात्रा ४ हजार ३८० मिटरको गोसाइँकुण्ड पुगेर समाप्त हुन्छ । त्यस्तै विभिन्न गुफा, ओडार, चौंरीगोठ, भेडीगोठ आदिको पनि यो पदमार्गमा अवलोकन गर्न सकिन्छ । उपत्यका, पहाडी र हिमाली दृश्यको फराकिलो दृश्यावलोकनको अवसर पनि मिल्ने भएकाले सबैखाले पर्यटकका लागि यो पदमार्ग उपयुक्त गन्तव्य बन्ने पर्यटन व्यवसायीको विश्वास छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच वैज्ञानिक  सहकार्यका लागि छलफल  २०८१ पुष २३  नेपाल उद...