Thursday, 24 September 2020

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि हप्तामा २ दिन बिदाको प्रस्ताव इन्धन मूल्य र हवाई भाडा पुनरवलोकनको ठोस प्रस्ताव पेश गर्न प्राधिकरणलाई निर्देशन

 २०७७ असोज, ९

काठमाडौं । कोरोना महामारीका कारण ठप्पप्राय भएको पर्यटन गतिविधिलाई चलायमान बनाउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन बिदाको प्रस्ताव अघि सारेको छ ।

मन्त्रालयले २ दिन बिदाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्ने तयारी गरेको छ । पर्यटन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालयमा बिहीवार बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा २ दिन बिदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको हो ।

कार्यदलमा पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनञ्जय रेग्मी सदस्य रहेका छन्, जसमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको समेत प्रतिनिधित्व रहनेछ ।

आन्तरिक पर्यटन चलायमान बनाउन यसले सहयोग गर्ने अपेक्षासहित २ दिनको बिदाको प्रस्ताव तयार पारिएको पर्यटन मन्त्री योगेश भट्टराईले बताए । ‘यसले लाखौं मानिस बिदा मनाउन आन्तरिक पर्यटकका रूपमा एक ठाउँबाट अर्को ठाउँमा जान सक्छन्, यसले  पर्यटनलाई चलायमान बनाउन सघाउ पुग्छ,’ उनले भने ।

मन्त्री भट्टराईका अनुसार १ दिनको बिदाले मानिसहरू कहीँ घुम्न जान चाहेर पनि समय अभावमा जान नसक्ने हँुदा २ दिनको बिदा दिँदा टाढा घुम्ने जान चाहनेलाई समय पनि हुनेछ भने बसाइ अवधि लम्बिँदा खर्च पनि बढ्नेछ ।

त्यस्तै बिहीवारको बैठकले पशुपतिनाथ मन्दिर, लुिम्बनीलगायत खोल्ने सम्बन्धमा प्रोटोकल तयार गरी ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) मा पेश गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, पर्यटन क्षेत्रको पुनरुत्थान कार्यक्रम प्रभावकारी बनाउन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्ड मिलेर संयुक्त रूपमा कार्यक्रम बनाएर आउँदो बैठकमा पेश गर्ने निर्णयसमेत गरिएको छ ।

हवाई इन्धनको मूल्य पुनरवलोकन तथा हवाई भाडा सम्बन्धमा ठोस प्रस्ताव तयार गरी हप्ता दिनभित्र मन्त्रालयमा पेश गर्न हवाई महाशाखा र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले बताएको छ ।

बैठकले बंगलादेश, इन्डोनेशिया, रसिया, दक्षिण कोरिया, फिनल्यान्डसँग भएको हवाई सम्झौता असोजभित्र तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने निर्णयसमेत गरेको छ ।
दुईदिने बिदाको प्रस्ताव पारित भएमा पर्यटकीय गतिविधि बढ्ने नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् ।

‘पहिलेदेखि नै यो प्रस्तावका बारेमा छलफल भए पनि कार्यान्वयन हुन सकेको थिएन । अब अहिले त्यो प्रस्तावमा निर्णय गरेर कार्यान्वयनमा लैजाने समय आएको छ । यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउ पुग्छ भन्ने लाग्छ,’ उनले भने ।

यससँगै अहिले पनि विदेशी पर्यटक नेपाल आउन चाहेको र कतिपय बुकिङ अभैm क्यान्सिल नभएको जानकारी दिँदै जोशीले नेपाल आउन चाहने पर्यटकका लागि नेपाल खुला छ भन्ने गरी क्याम्पेन गर्नुपर्ने बताए । ‘अहिले सामान्य अवस्थामा जस्तो पर्यटक आउन सक्ने अवस्था छैन । तर, जो नेपाललाई माया गर्छन्, नेपाललाई राम्रोसँग बुझेका छन्, त्यस्ता ‘नेपाल प्रेमी’ पर्यटक अहिले पनि आफ्नो पुरानो बुकिङ रद्द नगरी पर्खेर बसेका छन् । यो नेपालका लागि सुखद पक्ष हो, त्यसलाई हामीले क्यास गर्नुपर्छ,’ उनले भने ।

नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणिकुमार लामिछानले पर्यटन बोर्डले अन्तरराष्ट्रिय क्षेत्रबाट पर्यटक आगमन हुने अवस्था नरहँदा पनि आन्तरिक पर्यटन चलायमान बनाउन बिदाको अवधारणा ल्याउनुपर्ने लबिङ गरिरहेको सन्दर्भमा यो प्रस्ताव कार्यान्वयन हँुदा नेपाली पर्यटनमा सकारात्मक प्रभाव पार्ने बताए ।

Wednesday, 16 September 2020

हवाई रूट सम्बन्धमा अझै टुंगो लाग्न सकेको छैन

 काठमाडौं । भैरहवामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम सकिनै लाग्दासमेत विमानस्थल सञ्चालनका लागि तय हुने भनिएको महेन्द्रनगर र नेपागञ्ज हवाई रूट सम्बन्धमा अझै टुंगो लाग्न सकेको छैन ।ती दुई रूटबारे भारतले सहमति नदिँदा विमानस्थल सञ्चालनको अन्योल पनि यथावत् छ । हवाई रूटमा भारतको असहमति हटाउन कूटनीतिक पहल आवश्यक भएको विज्ञहरूले बताउँदै आएका छन् ।

प्रधानमन्त्री केपी ओलीको पछिल्लो भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो हवाई रूटका विषयमा छलफल भए पनि त्यसपछि थप प्रगति नभएको पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

उड्डयन क्षेत्रका विज्ञ, मन्त्रालयका अधिकारीहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले यो विषयलाई उच्चस्तरीय कूटनीतिक तहबाटै पहल गर्नुपर्ने बताउँदै आएका छन् ।

हवाई रूटबारे भारतको राजनीतिक नेतृत्वले अहिलेसम्म हुँदैन नभने पनि त्यहाँको कर्मचारीतन्त्रका कारण यो विषय टुंगोमा पुग्न नसकेको पर्यटन मन्त्रालयका अधिकारीहरूको धारणा छ ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन मन्त्रालय सम्हालेयता विभिन्न मञ्चमा यस विषयमा भारतसँग कूटनीतिक पहल गर्ने बताउँदै आए पनि त्यसले कुनै सार्थक परिणाम दिन सकेको छैन ।

मन्त्री भट्टराईले गौतमबुद्ध विमानस्थल अंग्र्रेजी वर्ष सन् २०२१ को शुरूबाट सञ्चालनमा आउने र सोहीअनुरूप सबै काम भइरहेको जिकीर गर्दै आएका छन् ।

२०७५ असार २ गते नेपालमा सम्पन्न दुईपक्षीय वार्तामा भारत नेपाललाई थप चारओटा हवाई रूट दिन सहमत भएको थियो । तर, एयरपोर्ट अथोरिटी अफ इन्डियाले प्राविधिक विषय नमिलेको तथा त्यसको सुरक्षा मूल्यांकन (सेफ्टी एसेसमेन्ट) गर्न थप समय लाग्ने भन्दै तत्काल थप हवाई रूट दिन नसकिने जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो ।

भारतले गत असारमा भैरहवा, जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरबाट पनि प्रवेशबिन्दु दिन सहमति जनाएको थियो । तर, पछि पश्चिमका रूटमा सहमति नदिई भैरहवा र जनकपुरबाट मात्र क्रशबोर्डर हवाई प्रवेशबिन्दु दिन सहमति जनाएको थियो ।

यो रूटमा भारतले सुरक्षा चासो देखाउँदै अनुमति दिन नमानेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीको धारणा छ । पूर्वपश्चिम दुवैतर्पmलाट आउने विमानहरू हालसम्म सिमरा नजीकैको ‘रोमियो’ बिन्दुबाट नेपाल प्रवेश गर्छन् ।

भारत, हङकङ, सिंगापुर, मलेशिया, ढाका, बैंककलगायत ठाउँबाट आउने हवाईजहाज यही विन्दुबाट नेपाल प्रवेश गर्दै आएका छन् ।

नेपालले भारतसँग सिमराबाहेक महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, जनकपुर र विराटनगरको हवाई रूटसमेत उपलब्ध गराउन माग गर्दै आएको थियो ।

नेपाल बाहिर जाने जहाजले महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट बिन्दु प्रयोग गर्छन् । भारतको नयाँदिल्ली ‘फ्लाइट इन्फरमेशन रिजन’ (एफआईआर) बाट नेपाल प्रवेश गर्दा महेन्द्रनगरको प्रवेश बिन्दु छोटो पर्छ ।

तर, अनुमति नभएका कारण सिमरातर्फबाट घुमेर आउँदा इन्धन र हवाई दूरी बढी पर्न जान्छ । यस्तै, पोखराको हकमा नेपालको पश्चिमी भेगबाट आएका विमानहरू सिमरा पुगेर फेरि पोखरातिर मोडिनुपर्ने बाध्यता छ ।

त्यसको साटो नेपालगञ्जको आकाश हुँदै सीधै पोखरा अवतरण गर्दा रूट छोटो पर्ने मात्र नभई इन्धन पनि बचत हुने विज्ञको धारणा छ ।

प्राधिकरणका अनुसार यी दुई नयाँ प्रवेशबिन्दुमार्फत विमानहरू नयाँदिल्लीबाट काठमाडौं अवतरण गर्दा १४ नटिकल माइल दूरी घट्छ । भैरहवामा अवतरण गर्नुपर्दा १ सय ६९ र पोखराका लागि एक १ सय ६५ नटिकल माइल दूरी कम पर्छ । महेन्द्रनगर र नेपालगञ्ज रूट तत्काल नदिए पनि हाल सहमति दिएका रूटलाई व्यवस्थापन गर्ने गरी तयारी थाल्नुपर्ने प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम बताउँछन् । ‘हामीले मागेको पश्चिमका रूट दिन भारत सहमत भए नेपाललाई सहज हुनेछ । तर, त्यो नदिए पनि हाल सहमति भएका क्रशबोर्डर रूटबाटै सञ्चालनको तयारी गर्न बाँकी काम पूरा गर्नुपर्छ,’ उनले भने ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेटेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छन् । हालसम्म विमानस्थलको भौतिक प्रगति ९२ प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत रहेको पर्यटन मन्त्रालले जानकारी दिएको छ ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार अधिकांश उपकरण आइसके पनि अन्तरराष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन नसक्दा जडानका काम प्रभावित भएका छन् । विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ । ब्यागेज ह्यान्डलिङ, यात्रु सुरक्षा परीक्षण मेशिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा रहेको उनले बताए ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ मा शुरू भएको विमानस्थलको काम विभिन्न अवरोधले धकेलिँदै आएको छ ।

पछिल्लोपटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थल निर्माण अवधि थपिए पनि कोरोना संक्रमणका कारण थप ढिलाइ हुने देखिएको छ । विमानस्थल चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन समूहले निर्माण गरिरहेको छ ।

एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रू. ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले बताएको छ ।

५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान

 काठमाडौं । सरकारले असोज १ बाट आन्तरिक उडान खोल्ने निर्णय गरे पनि वायुसेवा सञ्चालकहरूले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्न नसकिने अडान राखेका छन् ।

सोमवारको मन्त्रिपरिषद् बैठकले असोज १ देखि शुरू हुने आन्तरिक हवाई उडानमा सीट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने निर्णय गरेको थियो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुधवार भएको छलफलमा असोज १ बिहीवारदेखि उडान खुला गर्ने निर्णय सार्वजनिक भए पनि ५० प्रतिशत यात्रु राखेर मात्र उडान गर्न नसकिने जानकारी हवाई व्यवसायीहरूले मन्त्रालयलाई दिएका छन् । ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्ने विषय अव्यावहारिक भएकाले असहमति व्यक्त गरेको वायुसेवा सञ्चालक संघका महासचिव तथा समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्की बताउँछन् ।

‘पहिलो कुरा उडानको मितिमै अन्योल देखिएको छ । अर्को कुरा विमान सेवा सञ्चालन गर्दा सबै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिने भएकाले आधा मात्र यात्रु राखेर उडाउनू भन्नु व्यावहारिक भएन । यसले दोब्बर भाडा बढ्छ । यस्तो अवस्थामा यात्रुले कसरी दोब्बर भाडा तिर्न सक्छन् ?’ उनले प्रश्न गरे ।

लामो समयदेखि बन्द उडान शुरू गर्ने सरकारको निर्णय स्वागतयोग्य भए पनि आधा यात्रु राखेर उडान गर्ने निर्णय असान्दर्भिक रहेकाले सच्याउनुपर्ने कार्की बताउँछन् । त्यसका लागि मन्त्रालयमा आग्रहसहितको पत्र दर्ता गरिएको उनले जानकारी दिए ।मन्त्रालयले यसअघि तोकिएको भाडादर लिन पाउने गरी सहमति गर्न प्रस्ताव गरे पनि त्यसरी उडान सम्भव नभएकाले स्ट्रोल र ट्रंक रूटमा तत्काल उडान नभर्ने निर्णय भएको संघका प्रवक्ता तथा हेली एभरेस्टका सञ्चालक योगराज कँडेलले बताए ।

यसबारे पर्यटन सचिवमार्फत सरकारलाई जानकारी गराइएकाले पुनर्विचार गर्नेमा आफूहरू सकारात्मक रहेको उनको भनाइ छ ।सरकारले कोरोना महामारीका कारण करीब ५ महीनाभन्दा बढी समयदेखि बन्द गरेको अन्तरराष्ट्रिय उडानलाई भदौ १६ गते (सेप्टेम्बर १ तारीख) बाट नियन्त्रित रूपमा खोलेको थियो ।

यस्तै, भदौ १६ गतेबाट नै आन्तरिक उडान खोल्ने निर्णय गरे पनि काठमाडौंलगायत विभिन्न जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि आन्तरिक उडानलाई पुनः बन्द गर्ने निर्णय गरेको थियो ।पछिल्लोपटक उडान खोल्न व्यवसायीहरूले दबाब दिँदै आएका थिए । लामो समयदेखि बन्द आन्तरिक उडान खोल्ने निर्णय भए पनि अन्ततः आधा वा पूरा क्षमता भन्ने विषयले उडान हुने÷नहुनेमा थप अन्योल सृजना भएको छ ।

बहराइनका राजकुमार नेपालमा
कोरोना महामारीकै बीच बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीसहितको टोली नेपाल भ्रमणमा आएको छ । बहराइनका राजकुमारसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणका लागि बुधवार काठमाडौं आइपुगेको हो ।महामारीका बीचमै बहराइनका राजकुमारको नेपाल भ्रमण हुनुले पर्यटनमा नयाँ आशा पलाएको व्यवसायीको धारणा छ ।काठमाडौं आइपुगेका राजकुमार ६ दिन गोकर्ण फरेस्ट रिसोर्टमा क्वारेन्टाइनमा बस्ने र सातौं दिन सोलुखुम्बुको लुक्ला प्रस्थान गर्ने कार्यक्रम रहेको सेभेन समिटका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए । १८ जनाको टोलीमध्ये १५ जना बहराइनी र ३ जना बेलायती नागरिक छन् ।

राजकुमारको आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्युड गाइड खटाइनेछ ।

Saturday, 12 September 2020

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल : हवाई रूटबारे अन्योल कायमै

 २०७७ भदौ, २८

काठमाडौं । भैरहवामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम सकिनै लाग्दासमेत विमानस्थल सञ्चालनका लागि तय हुने भनिएको महेन्द्रनगर र नेपागञ्ज हवाई रूट सम्बन्धमा अझै टुंगो लाग्न सकेको छैन ।ती दुई रूटबारे भारतले सहमति नदिँदा विमानस्थल सञ्चालनको अन्योल पनि यथावत् छ । हवाई रूटमा भारतको असहमति हटाउन कूटनीतिक पहल आवश्यक भएको विज्ञहरूले बताउँदै आएका छन् ।प्रधानमन्त्री केपी ओलीको पछिल्लो भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग यो हवाई रूटका विषयमा छलफल भए पनि त्यसपछि थप प्रगति नभएको पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

उड्डयन क्षेत्रका विज्ञ, मन्त्रालयका अधिकारीहरू तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूले यो विषयलाई उच्चस्तरीय कूटनीतिक तहबाटै पहल गर्नुपर्ने बताउँदै आएका छन् ।हवाई रूटबारे भारतको राजनीतिक नेतृत्वले अहिलेसम्म हुँदैन नभने पनि त्यहाँको कर्मचारीतन्त्रका कारण यो विषय टुंगोमा पुग्न नसकेको पर्यटन मन्त्रालयका अधिकारीहरूको धारणा छ ।पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटन मन्त्रालय सम्हालेयता विभिन्न मञ्चमा यस विषयमा भारतसँग कूटनीतिक पहल गर्ने बताउँदै आए पनि त्यसले कुनै सार्थक परिणाम दिन सकेको छैन ।

मन्त्री भट्टराईले गौतमबुद्ध विमानस्थल अंग्र्रेजी वर्ष सन् २०२१ को शुरूबाट सञ्चालनमा आउने र सोहीअनुरूप सबै काम भइरहेको जिकीर गर्दै आएका छन् ।२०७५ असार २ गते नेपालमा सम्पन्न दुईपक्षीय वार्तामा भारत नेपाललाई थप चारओटा हवाई रूट दिन सहमत भएको थियो । तर, एयरपोर्ट अथोरिटी अफ इन्डियाले प्राविधिक विषय नमिलेको तथा त्यसको सुरक्षा मूल्यांकन (सेफ्टी एसेसमेन्ट) गर्न थप समय लाग्ने भन्दै तत्काल थप हवाई रूट दिन नसकिने जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएको थियो ।

भारतले गत असारमा भैरहवा, जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगरबाट पनि प्रवेशबिन्दु दिन सहमति जनाएको थियो । तर, पछि पश्चिमका रूटमा सहमति नदिई भैरहवा र जनकपुरबाट मात्र क्रशबोर्डर हवाई प्रवेशबिन्दु दिन सहमति जनाएको थियो ।

यो रूटमा भारतले सुरक्षा चासो देखाउँदै अनुमति दिन नमानेको नागरिक उड्डयन प्राधिकरणका अधिकारीको धारणा छ । पूर्वपश्चिम दुवैतर्पmलाट आउने विमानहरू हालसम्म सिमरा नजीकैको ‘रोमियो’ बिन्दुबाट नेपाल प्रवेश गर्छन् ।भारत, हङकङ, सिंगापुर, मलेशिया, ढाका, बैंककलगायत ठाउँबाट आउने हवाईजहाज यही विन्दुबाट नेपाल प्रवेश गर्दै आएका छन् ।नेपालले भारतसँग सिमराबाहेक महेन्द्रनगर, नेपालगञ्ज, भैरहवा, जनकपुर र विराटनगरको हवाई रूटसमेत उपलब्ध गराउन माग गर्दै आएको थियो ।

नेपाल बाहिर जाने जहाजले महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट बिन्दु प्रयोग गर्छन् । भारतको नयाँदिल्ली ‘फ्लाइट इन्फरमेशन रिजन’ (एफआईआर) बाट नेपाल प्रवेश गर्दा महेन्द्रनगरको प्रवेश बिन्दु छोटो पर्छ ।

तर, अनुमति नभएका कारण सिमरातर्फबाट घुमेर आउँदा इन्धन र हवाई दूरी बढी पर्न जान्छ । यस्तै, पोखराको हकमा नेपालको पश्चिमी भेगबाट आएका विमानहरू सिमरा पुगेर फेरि पोखरातिर मोडिनुपर्ने बाध्यता छ ।त्यसको साटो नेपालगञ्जको आकाश हुँदै सीधै पोखरा अवतरण गर्दा रूट छोटो पर्ने मात्र नभई इन्धन पनि बचत हुने विज्ञको धारणा छ ।

प्राधिकरणका अनुसार यी दुई नयाँ प्रवेशबिन्दुमार्फत विमानहरू नयाँदिल्लीबाट काठमाडौं अवतरण गर्दा १४ नटिकल माइल दूरी घट्छ । भैरहवामा अवतरण गर्नुपर्दा १ सय ६९ र पोखराका लागि एक १ सय ६५ नटिकल माइल दूरी कम पर्छ । महेन्द्रनगर र नेपालगञ्ज रूट तत्काल नदिए पनि हाल सहमति दिएका रूटलाई व्यवस्थापन गर्ने गरी तयारी थाल्नुपर्ने प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम बताउँछन् । ‘हामीले मागेको पश्चिमका रूट दिन भारत सहमत भए नेपाललाई सहज हुनेछ । तर, त्यो नदिए पनि हाल सहमति भएका क्रशबोर्डर रूटबाटै सञ्चालनको तयारी गर्न बाँकी काम पूरा गर्नुपर्छ,’ उनले भने ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा समेटेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छन् । हालसम्म विमानस्थलको भौतिक प्रगति ९२ प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत रहेको पर्यटन मन्त्रालले जानकारी दिएको छ ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार अधिकांश उपकरण आइसके पनि अन्तरराष्ट्रिय उडान सहज नभएकाले विदेशबाट जनशक्ति ल्याउन नसक्दा जडानका काम प्रभावित भएका छन् । विमानस्थलको टर्मिनल भवनभित्र उपकरण जडानको काम बाँकी छ । ब्यागेज ह्यान्डलिङ, यात्रु सुरक्षा परीक्षण मेशिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा रहेको उनले बताए ।सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ मा शुरू भएको विमानस्थलको काम विभिन्न अवरोधले धकेलिँदै आएको छ ।पछिल्लोपटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थल निर्माण अवधि थपिए पनि कोरोना संक्रमणका कारण थप ढिलाइ हुने देखिएको छ । विमानस्थल चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन समूहले निर्माण गरिरहेको छ ।एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रू. ७ अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले बताएको छ ।

Wednesday, 9 September 2020

काठमाडौं उपत्यकामा शर्तसहितको निषेधाज्ञा थप खुकुलो

 काठमाडौं । व्यावसायिक क्षेत्रले निषेधाज्ञा जारी भए आआफ्ना व्यवसाय सञ्चालन गरी अवज्ञा गर्ने बताइरहँदा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई बिहीवारबाट केही खुकुलो बनाइने भएको छ ।

बुधवार बसेको उपत्यकाका तीनओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भदौ २५ देखि निषेधाज्ञालाई केही खुकुलो पार्दै व्यापार, व्यवसाय र उद्योग कलकारखाना चलाउन शर्तसहित अनुमति दिएको हो ।बैठकले बुधवार मध्यरातदेखि भदौ ३१ गते मध्यरातसम्मका लागि लागू हुने गरी निषेधाज्ञाका बेलामा विभिन्न सेवा सञ्चालन गर्न छूट दिने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गर्दै आएको छ ।

पछिल्लो समय निजीक्षेत्रले सरकारलाई निषेधाज्ञा खुकुलो बनाउन दबाब दिन थालेको थियो । निजीक्षेत्र र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको आइतवारको छलफलमा पनि निजीक्षेत्रको यही माग थियो । यसबीचमा अटोमोबाइल व्यवसायीले निषेधाज्ञा थपिए अवज्ञा गर्ने चेतावनी दिएका थिए भने यातायात व्यवसायीले असोजबाट सार्वजनिक यातायात सञ्चालन गर्ने बताएका थिए ।

स्थानीय प्रशासनको पछिल्लो निर्णयअनुसार उपत्यकाभित्र जोरबिजोर प्रणालीमा निजी र सार्वजनिक यातायात सञ्चालन गर्न पाइने भएको छ । १६ सीट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने, भाडाका ट्याक्सीको हकमा चालकसहित ३ जना र परिवारभित्रमा ५ वर्षमुनिका बालबालिका २ जना राखी चलाउन सकिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै, निजी सवारीसाधन पनि स्वास्थ्य मापदण्ड पालना गरी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न दिइनेछ । तर, मालवाहक तथा अत्यावश्यक सामग्री आपूर्ति गर्ने सवारीसाधनको हकमा भने जोरबिजोर लागू हुने छैन ।

निषेध गरिएका क्षेत्रहरू
जारी निषेधाज्ञामा खुला स्थानमा भीडभाड हुन, भेला हुन तथा जुलुस गर्न तथा नित्य पूजापाठबाहेक धार्मिक स्थलमा अन्य गतिविधि सञ्चालन गर्न पाइने छैन ।

भीडभाड हुने उद्योग कलकारखाना, व्यापार व्यवसायअन्तर्गतका स्वास्थ्य मापदण्डविपरीत हुने क्रियाकलाप गर्न पनि निषेध गरिएको छ ।शैक्षिक संस्थाहरू सञ्चालन गर्न, सुरक्षा मापदण्डविपरीत श्रमिकको ओसारपसार गर्न, सभा, गोष्ठी, तालीम, सेमिनार सिनेमा हल, पार्टी प्यालेस, सैलुन ब्युटीपार्लर, चिडियाखाना सञ्चालनमा पनि रोक लगाइएको छ ।

आलोपालो प्रणालीबाट पसल खोल्न पाइने
बिहीवारदेखि उपत्यकामा वारअनुसार आलोपालो गरी पसल खोल्न दिने व्यवस्था गरिएको छ । बजारमा बढी भीड बढ्न नदिन समय र वारअनुसार पसल खोल्न दिन लागिएको हो ।खाद्यान्न, दूध, फलफूल, तरकारी, मासु विक्री गर्ने पसलहरू दैनिक बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला रहनेछन् । त्यस्तै, विकास निर्माणसँग सम्बद्ध सामग्री विक्री गर्ने पसल व्यवसाय र सोको ढुवानी गर्ने सवारीसाधन दिउँसो २ देखि बेलुका ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।यस्तै, तयारी खाद्यवस्तुको टेकअवे र अनलाइन डेलिभरी दिउँसो १२ देखि बेलुका ७ बजेसम्म मात्र गर्न पाइनेछ ।

सहकारी संस्थाहरू स्वास्थ्य मापदण्ड अपनाएर बिहान ११ देखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सपिङ मल, फेन्सी स्टोर, कपडा, जुत्तापसल, कस्मेटिकलगायत पसल मापदण्ड पालना गरेर साताको सोमवार, बुधवार र शनिवार खोल्न पाइनेछ ।भाँडा र भान्साजन्यका साथै सोही प्रकृतिका अन्य पसल साताको आइतवार, मंगलवार र शुक्रवार मात्र खोल्न पाइनेछ ।

फर्निचर र अटोमोबाइलसम्बन्धी पसल सातामा सोमवार र बुधवार खुला रहनेछन् । फुटपाथ, ठेला, स्टेशनरी इलेक्ट्रिक र इलेक्ट्रोनिक पसल र डिपार्टमेन्ट स्टोरहरू बिहान ११ सम्म र बेलुका ४ देखि ७ बजेसम्म खुल्नेछन् ।सवारीसाधनका वर्कसपहरू बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ । तर, यी सबैमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच वैज्ञानिक  सहकार्यका लागि छलफल  २०८१ पुष २३  नेपाल उद...