Tuesday, 12 May 2020

नेकपा) स्थायी समितिको बैठक बुधवारलाई तय

वैशाख ३०, काठमाडौं । लामो सयमको आन्तरिक खिचातानीकाबीच सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  स्थायी समितिको बैठक बुधवारलाई  तय भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बुधवार बिहान ११ बजेबाट बैठक शुरु हुँदैछ  ।
यसअघि बैशाख २५ गते बस्ने तय भएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरुबीच सहमति जुट्न नसक्दा स्थगित भएको थियो । सचिवालय बैठकबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष बाहिरिएपछि बैठक बिना निश्कर्ष सकिएको थियो । 
सरकारले वैशाख ८ गते राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ जारी गरेपनि पाटीर्को भित्र विवाद सतहमा आएको थियो ।
आफ्नै दल र प्रतिपक्षबाट समेत विरोध भएपछि सरकारले पाँच दिनपछि दुवै अध्यादेश फिर्ता लिएको थियो । नेकपा नेता खिमलाल भट्टराईका अनुसार बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल हुने जानकारी दिए । 
 

No comments:

Post a Comment

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच वैज्ञानिक  सहकार्यका लागि छलफल  २०८१ पुष २३  नेपाल उद...