Wednesday, 6 May 2020

थप १७ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ९९

वैशाख २४, काठमाडौं । नेपालमा बुधवार थप १७ जनामा कोरोना संक्रमण फेला परेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमितहरु  पर्सा जिल्लाको  वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म १४ हजार ९६ जनाको पीसीआर परीक्षण गरिएको छ भने ५२ हजार ९७० जनाको आरडीटी परिक्षण गरिएको छ ।
त्यसैगरी देशका विभिन्न अस्पतालमा १३६ जना  आईसोलेशनमा रहेका छन्  भने १९ हजार ७३४ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसैगरी २२ जना निको भएर घर फर्किएका छन् ।
योसँगै नेपालका कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

No comments:

Post a Comment

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच वैज्ञानिक  सहकार्यका लागि छलफल  २०८१ पुष २३  नेपाल उद...