Sunday, 24 May 2020

चौथोपटक चार्टर उडान गर्दै

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आइतवार जापानको नारितामा चौथोपटक चार्टर उडान गर्दैछ । बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही जापानी तथा नेपाली लैजान नेपालस्थित जापानी दूतावासले निगमको वाइडबडी जहाज चार्टर गरेको हो ।     
     
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आइतवार राति ९ बजे निगमको वाइडबडी जहाज नारिता अन्तरराष्ट्रिय विमानस्थलका लागि चार्टर उडान गर्ने तालिका रहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । बन्दाबन्दीमा निगमको नारिताका लागि यो चौथोपटकको चार्टर उडान हो । यसअघि जेठ ९ गते निगमको वाइडबडी जहाजले १९७ नेपालीसहित जम्मा २६८ यात्रु लिएर वाइडबडी जहाज नारिता गएको थियो । जसमध्ये १९७ नेपाली छन् । उनीहरु जापानमा बसोबास गर्छन् ।     
     
सोही गन्तव्यमा यसअघि जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रोपटक चार्टर उडान गरेको थियो । गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर उडान भएको थियो । 
नेपालमा रोकिएका केही जापानी तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर उडान गरेको हो । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार जापानको नारिताको चौथोपटकको चार्टर उडानका लागि २६० भन्दा बढी यात्रुको बुकिङ छ ।     
     
नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को संक्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ ।     
     
चीनको चाङशा उड्यो हिमालय एयरलाइन्स     
     
अत्यावश्यक स्वास्थ्य सामग्री लिन हिमालयन एयरलाइन्सको न्यारोबडी ए–३२० जहाज आइतवार बिहान चीनको चाङ्शा उडेको छ । 
कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामग्री हिमालयको जहाज चाङ्शा उडेको विमानस्थलले बताएको छ । चीनबाट निजी व्यवसायीले स्वास्थ्य सामग्री ल्याउन हिमालयको जहाज कार्गो चार्टर गरेको बताइएको छ ।     
     
नेपालबाट अन्तरराष्ट्रिय उडान गर्ने निजी लगानीको हिमालय एयरलाइन्सले बन्दाबन्दीको अवस्थामा चीनका विभिन्न गन्तव्यबाट स्वास्थ्य सामग्री ल्याइरहेको छ । 
पछिल्लोपटक चीनको पेचिङ, क्वान्चाओ, चाङ्शालगायत गन्तव्यबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले कार्गो चार्टर उडानमार्फत स्वास्थ्य सामग्री ल्याइरहेका छन् । 

No comments:

Post a Comment

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच वैज्ञानिक  सहकार्यका लागि छलफल  २०८१ पुष २३  नेपाल उद...