Wednesday, 27 May 2020

लुम्बनी गुरुयोजना अन्तर्गतका योजनाहरु सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

जेठ १४, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बनी गुरुयोजना अन्तर्गतका योजनाहरु सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् ।
लुम्बिनी विकास कोषका पदाधिकारीहरुसंग बुधवार ‘भर्चुअल मिटिङ’ गदै मन्त्री भट्टराईले लकडाउनको समय भएपनि सामाजिक दूरी लगायतका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दैै स्थानीय तहहरुसमेतको समन्वयमा निर्माण तथा अन्य काम सुचारु गरी रहन निर्देशन दिएका हुन् । 
मन्त्री भट्टराईले पाँच निर्माण सम्पन्नको चरणमा रहेको पाँच हजार अट्ने ध्यान केन्द्र सभाहल निर्माणको काम चाँडो सक्न समेत निर्देशन दिएका छन् । 
त्यस्तै, मन्त्री भट्टराईले कोषका पदाधिकारीहरुलाई अन्तरराष्ट्रिय बुद्धिस्ट संगठनहरुसग पनि भर्चुअल बैठक गरी कोराना महामारी विरुद्ध आफ्ना तर्फबाट पनि ऐक्यबद्धता जनाउन सुझाब दिएका थिए ।  
भर्चुअल मिटिङमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्य सचिव ज्ञानिन राई र योजना शाखा प्रमुख सरोज भट्टराई सहभागी थिए । लकडाउनको समयमा पनि राष्ट्रिय गौरवको आयोजना अन्र्तगको लुम्बिनी विकास कोषमा भइरहेका गतिविधीबारे कोषका पदाधिकारीहरुले मन्त्री भट्टराइलाई जानकारी गराएका थिए ।
लुम्बिनी विकास कोषले कोभिड–१९ को लागि स्थानीय नगरपालिकाको कोषमा १५ लाख नगद जम्मा गरेको समेत कोषका सदस्य सचिव ज्ञानिन राईले बताए । उनले लुम्बिनी क्षेत्र आसपासमा रहेका २२ ओटा क्वारेन्टाईमा समेत विभिन्न खाद्य सामग्री, माक्स सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री समेत प्रदान गरेको उनले बताए ।
सदस्य सचिव राईले लुम्बिनी क्षेत्रमा ध्यान केन्द्रको काम अन्तिम चरणमा पुगेको बताउँदै कर्मचारी आवास गृह, पोखरीको बरिपरी विश्राम स्थल निर्माण गर्ने काम समेत लकडाउनको समयमा पनि नरोकिएको बताए । सानो तिनो गरेर दर्जनौं निर्माणको काम समेत भइ रहेको उनले बताए ।

No comments:

Post a Comment

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच वैज्ञानिक  सहकार्यका लागि छलफल  २०८१ पुष २३  नेपाल उद...