पर्यटन पूर्वाधारको लागि रू. १ अर्ब २६ करोड बजेट विनियोजन
टीपी भुसाल
जेठ १५ गते काठमाडौं
सरकारले कोरोना भाइरसका कारण तहसनहस भएको पर्यटन क्षेत्रको राहतको लागि ५० अर्बको छुट्टै कोष खडा गर्ने व्यवस्था गरेको छ । यो कोष घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध प्रयोग गरिने छ ।
बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रको समेत सहभागितामा हिमाली तथा पहाडी क्षेत्रमा पर्यटन क्षेत्रको विकासको लागि सरकारले रू. १ अर्ब २६ करोड बजेट विनियोजन गरेको बताए । सरकारले यो वर्षको बजेटमा पनि विगतमा जस्तै प्रमुख पर्यटकीय स्थानलाई माइस पर्यटन स्थलको रुपमा विकास गर्न स्तरीय सडक, ठूला सभाहल तथा सम्मेलन केन्द्र जस्ता पूर्वाधार विकासमा जोड दिईने बताएको छ । यस्तै सरकारले कोरोना भाइरसबाट थला परेको पर्यटन क्षेत्रलाई राहत स्वरुप आयकरमा २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । अर्थमन्त्री डा. खतिवडाले बजेटमा होटल, ट्राभल र ट्रेकिङ एजेन्सीको आयकरमा २० प्रतिशत छुट दिइएको बताए ।
सरकारले अन्तराष्ट्रिय विमानस्थल निमार्णको लागि रु. १९ अर्ब ४२ करोड विनियोजन गरेको छ । गत आवमा सरकारले पर्यटनमा रू.१८ अर्ब ५३ करोड,पर्यटन पूर्वाधारमा रु. २ अर्ब ६८ करोड र हवाई क्षेत्रमा रु १५ अर्ब ८५ करोड बजेट विनियोजन गरेको थियो । सरकारले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनमा ल्याउन तथा दोस्रो टमिर्नल भवन लगायतका थप पूवार्धार निमार्ण गर्न, त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्न तथा अन्तराष्ट्रि टमिर्नल भवनको स्तरोन्नति र पोखरा विमानस्थलको काम सम्पन्न गर्न आवश्यक रकम व्यवस्था गरेको अर्थमन्त्री खतिवडाले बताए । यस्तै आगामी वर्ष निजगढ अन्तरराष्ट्रिय विमानस्थलको हवाई क्षेत्र भित्रकोे वस्ती स्थानान्तरण गर्न र परिपथ निमार्ण गरिने भएको छ ।
सरकारले आउने वर्ष सबै प्रदेशमा ठूला पर्यटकीय पूर्वाधार विकास गर्ने भएको छ । जसमा एक प्रदेश एक प्रमुख पर्यटकीय गन्तव्य विस्तार गरिने बजेटमा उल्ल्ेख छ । पर्यटन क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न पर्यटन विश्व विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ भने माध्यामिक तह भन्दा माथिको पाठ्यक्रममा पर्यटन विषयको अध्ययन गराइने भएको छ । अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिम कम हुने बित्तिकै नयाँ पर्यटकीय सेवा विकास गरिने बताए । । ‘कोरोनाभाइरसको संक्रमणको जोखिम सकिएपछि राष्ट्रसेवक कर्मचारी र अरू नागरिकलाई देश दर्शन गर्न प्रोत्साहन गरिनेछ,’ खतिवडाले भने,’ यस्तै रारा ताल क्षेत्रको गुरुयोजना तयार गरिने र आन्तरिक पर्यटन प्रवद्र्धन गरिने खतिवडाले बताए ।
बजेटमा अन्तर प्रदेश हवाई सम्पर्क विस्तार गर्न सुर्खेत र भरतपुर विमानस्थललाई प्रादेिशक विमानस्थलको रूपमा स्तरोनन्नति गर्ने ,विराटनगर र नेपालगञ्जमा नयाँ टमिर्नल भवन निमार्ण शुरु गर्न तथा दाङको नारायणपुर र तेह्थुमको चुहान डाँडा लगायतका आन्तरिक विमानस्थलको निमार्ण कार्यअघि बढाइने उल्लेख छ । यस्तै चन्द्रगढी, धनगढी र जनकपुर लगायतका विमानस्थलको सुधार तथा स्तरोन्नति गर्न र ट्रंक रुटका विमानस्थलको स्तरोन्नति एवं विस्तार गरी रात्रीकालीन उडान संचालनयोग्य बनाउन सरकारले बजेट व्यवस्था गरेको छ ।
यसैबीच बजेटमा प्रतिक्रिया दिँदै होटल संघ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले कोरोनाको कारण पर्यटन व्यवसाय सबै भन्दा बढि प्रभावित भएकोले यसमा विशेष प्याकेज आउला भन्ने अपेक्षा भएपनि बजेटले होटल व्यवसायीको अपेक्षा पूरा नगरेको प्रत्रिक्रिया दिइन । उनले बजेटले होटल व्यवसायका अपेक्षा सम्बोधन गर्न नसकेको बताइन । ‘पर्यटन क्षेत्रको राहतको लागि ५० अर्बको छुट्टै कोष खडा गर्ने तथा पूर्वाधार विकासमा बजेट सकारात्मक देखिएपनि बन्द होटल सञ्चालनको लागि दीर्घकालीन योजना बजेटमा देखिएन,’ उनले बजेटका बारेमा बैठक बसेरै हानले औपचारिक प्रतिक्रिया दिने बताइन् ।
यस्तै वायुसेवा सञ्चालक संघ आयोनले भने बजेट सकारात्मक भएको प्रतिक्रिया दिएको छ । आयोनका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बजेटले तुलनातमक रुपमा हवाई क्षेत्रको माग सम्बोधन गरेको बताए । ‘सरकारले वायुसेवा कम्पनीहरूलाई सहुलियत घोषणाले यो क्षेत्रलाई सहयोग गर्छ भन्ने लागेको छ,’ उनले भने । सरकारले बजेट मार्फत लकडाउन र उडान प्रतिबन्धका कारण उडान भर्न नपाई हवाई मैदानमै ग्राउण्डेड कम्पनीका लागि पार्किङ शुल्क छुट दिने,लाइसेन्स नवीकरण तथा हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर समेत मिनाहा गरेको छ ।
यस्तै बुद्ध एअरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले सरकारको यो बजेटले नेपाली हवाई उड््यन क्षेत्रमा यात्रुहरुको लागि सकारात्मक भएको बताए । ‘हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर मिनाहाले अब विमान भाडा व्यापक घट्छ भने अन्य सहुलियतले उडान सेवा कम्पनीलाई पनि राहत दिने छ उनले भने भाडा हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार करकै कारण भाडा महँगो थियो जसले आम उपभोक्ता हवाई यात्रा गर्न सक्दैन थिए अब यसले यात्रुलाई प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ ।’
यस्तै हवाइ क्षेत्रमा राष्ट्रिय आवश्यकताको परिपूर्ति, विश्व्यापी नवप्रवतर्न र प्रविधिको विकासलाई सम्बोधन गर्न र हवाई सुरक्षा सुनिश्चित गर्ने गरी हवाई नीति तर्जुमा गरिने भएकबो छ । नागरिक उडडयन प्राधिकरणको पुर्नसंचरना गरी नियामक र सेवा प्रदायकको छुट्टा छुट्टै संस्थागत व्यवस्था गरिने बजेटमा भाषणमा उल्ल्ेख छ ।
पर्यटन क्षेत्रका मुख्य योजना र बजेट
पर्यटन कर्जा तथा पारिश्रामिक भुक्तानीका लागि रू.५० अर्बको छुट्टै कोष
पर्यटन पूर्वाधारको लागि रू. १ अर्ब २६ करोड बजेट विनियोजन
अन्तरराष्ट्रिय विमानस्थलका लागि रु.१९ अर्ब ४२ करोड विनियोजन
होटल, ट्राभल र ट्रेकिङ एजेन्सीको आयकरमा २० प्रतिशत छुट
निजगढ विमानस्थलको हवाई क्षेत्र भित्रकोे वस्ती स्थानान्तरण गर्न र परिपथ निमार्ण गरिने
दाङको नारायणपुर र तेह्थुमको चुहान डाँडामा आन्तरिक विमानस्थलको निमार्ण अघि बढाइने
क्यानको पुर्नसंचरना गरी नियामक र सेवा प्रदायकको छुट्टा छुट्टै संस्थागत व्यवस्था गरिने
सातै प्रदेशका एउटा प्रमुख पर्यटकीय स्थलाई प्रमुख पर्यटन स्थलको रुपमा विकास गरिने
पर्यटन विश्व विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन
Subscribe to:
Post Comments (Atom)
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच वैज्ञानिक सहकार्यका लागि छलफल २०८१ पुष २३ नेपाल उद...
-
काठमाडौं । संघीय संसद्को सार्वजनिक लेखा समितिले चिनियाँ लगानीको हुवासिन सिमेन्टले धादिङमा ५० वर्षका लागि गरेको जग्गा भाडा सम्झौता रद्द गर्न...
-
भदौ २, काठमाडौं । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को हवाई महानिर्देशकको ५६औं सम्मेलन सोमवारदेखि काठमाडौंमा शुरु भएको छ । उद्घाटन ...
-
काठमाडौं । भैरहवामा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम सकिनै लाग्दासमेत विमानस्थल सञ्चालनका लागि तय हुने भनिएको महेन्द्रनगर ...
No comments:
Post a Comment